काठमाडौं: बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय स्टोरमा आगलागी हुनुमा मानवीय त्रुटी जिम्मेवार ठहर्याइएको छ।
ठूलो मात्रामा हातहतियार क्षति हुनेगरी भएको आगलागीको कारण पहिल्याउन गठित समितिले सुरक्षा कमजोरीका कारण घटना भएको निष्कर्ष निकालेको हो। समितिले घटनामा जिम्मेवार ठहर गर्दै दुई एसपीसहित सात जनालाई विभागीय कारबाहीको लागि सिफारिससमेत गरेको छ।
एआईजी वंशीराज दाहाल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको नेतृत्वमा दुई छानविन समिति बनाइएको थियो। दुबै समितिले ९ नम्बर पशुपति बाहिनीका एसपी अर्जुन खत्री र भण्डार महाशाखाका एसपी राजेन्द्र श्रेष्ठसहित सात जनालाई कारबाहीको सिफारिस गरेको छ।
उनीहरुले आगोको धुवाँ देख्नबित्तिकै तत्काल ‘रेस्पोन्स’ गर्न नसकेको छानबिन समितिको निष्कर्ष छ।
Facebook Comments Box