Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपालले हङकङमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : ४५ मा मोगं कोगंमा सुरु हुनेछ । नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो । नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो । एकै दिन दुई खेल खेलेको पपुवा न्युगिनीले हङकङलाई १० विकेटले हराएको थियो ।नेपालले पपुवा न्युगिनीविरुद्ध पहिला ब्याटिङ गर्दै १९८ रन बनाएको थियो । नेपालका कुशल भुर्तेलले ५९ रन बनाउनुको साथै ४ विकेट लिएका थिए । भुर्तेल लयमा आउनु नेपालको लागि सकारात्मक पक्ष हो । त्यस्तै सन्दीप जोराले ५६ रन बनाएका थिए…

Read More

धनगढी : सत्ता गठबन्धन फेरिएसँगै आन्तरिक विवादको भूमरीमा फसेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बुधबार बिहान लामो फेसबुक स्ट्याटस लेखेर अहिलेको परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । यतिबेला नागरिक उन्मुक्तिभित्र केन्द्रमा पुष्पकमल दाहालको गठबन्धन सरकार र सोही अनुरुप बन्ने प्रदेश सरकारहरुमा पनि समर्थन गर्नुपर्ने अडानमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ छिन् । तर पार्टीका संरक्षकसमेत रहेका रञ्जिताका श्रीमान भने नवगठित सरकारलाई समर्थन गर्न नहुने अडानमा छन् । ‘मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय, र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन,’ रेशमलालले लेखेका छन्, ‘आज लोग्नेस्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ । तिम्रो…

Read More

पर्सा: पर्सा प्रहरीले दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह भाँडेर विवाह नगरी फर्किन थालेका बेहुलासहित पाँचजनालाई नियन्त्रणमा लिई मंगलबार विवाह सम्बन्धी कसूरमा मुद्दा चलाएको छ । बारा जिल्ला कलैया उप महानगरपालिका वडा नम्बर ४ का २८ वर्षीय उमेश साह गोढले पर्सा जिल्ला वीरगञ्ज महानगरपालिकाका रामगढवामा सोमबार राती विवाह समारोहमा दाइजोमा सुनको सिक्री नपाएको कारण देखाउँदै विवाह भाँडेर फर्केका थिए । विवाह नगरी फर्किन लागेको बेला प्रहरीले नियन्त्रणमा लिएको र पर्सा जिल्ला अदालतबाट दुई म्याद थप गराई थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभयो । …

Read More

धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिने तयारी गरेका छन् । अहिले सम्म माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत लिने निर्णय गरेका छन् । कांग्रेस, जनमत लगायतले भने विश्वासको मत नदिने निर्णय गरेका छन् । नागरिक उन्मुक्ति पार्टीमा भने अहिलेसम्म पनि विश्वासको मत दिने र नदिने भन्ने विषयमा मत बाझिएको देखिन्छ । सोमबार कैलालीको टिकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यहरूको दुई तिहाइ बहुमतले नयाँ गठबन्धनको सरकारमा सहभागी नहुने, प्रतिपक्षमा बस्ने र सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो । आज ज्येष्ठ संस्थापक केन्द्रीय सदस्य तथा वार्ता समिति संयोजक…

Read More

धनगढी : पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको गढवा गाउँपालिका १ कालाकाटेमा मंगलबार राति बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । तुलसीपुरबाट काठमाडौं जाँदै गरेको प्रदेश ०३–०१–००६ख–०९७४ नम्बरको रात्रि बस कालाकाटेमा दुर्घटना हुँदा बसमा सवार तीन यात्रु घाइते भएका हुन् । घाइतेको अवस्था सामान्य रहेको र उनीहरुको भालुबाङमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । बस सडकदेखि पाँच मिटर दायाँको सालको रुखमा ठोक्किन पुगेको ईलाका प्रहरी कार्यालय गढवाकी प्रमुख प्रहरी निरीक्षक नबिन वलीले बताइन् । यात्रुहरुलाई अर्को गाडीमा राखेर काठमाडौं पठाइएको वलीले जानकारी दिइन् ।

Read More

धनगढी : डडेल्धुराको परशुराम नगरपालिकाको राउटे समुदायका दुई जना सम्मानित भएका छन् । सम्मानित हुनेमा नगरपालिका-४ की अस्मिता राउत र वडा नम्वर १२ की सावित्री राउटे रहेकी छिन् । उनीहरु दुवैजनालाई बालविवाह न्यूनिकरण तथा पुर्णखोप अभियानमा राउटे समुदायमा योगदान गरेबाफत बास नेपालले सम्मान गरेको हो । युनिसेफ नेपालको आर्थिक सहयोगमा परशुराम नगरपालिकाकाको सहकार्य र बास नेपालद्वारा सञ्चालित सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोण मार्फत सामाजिक तथा व्यवहार परिवर्तन कार्यक्रम अन्तर्गत उनीहरुलाई नगद, प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ।

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सदस्य कैलाश चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई मत नदिने बताएका छन् । टिकापुरमा संस्थापक केन्द्रीय सदस्यहरूको छलफलमा चौधरीले आफुलाई कारबाही गरेपनि सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने बताएका हुन । बैठकमा सहभागी एक नेताले भने, ‘कैलाश चौधरीले बरु मलाई कारबाही गर्नुहोस् म यो सरकारलाई विश्वासको मत दिन्न भनेर निस्किनु भएको हो ।’ बैठकमा सहभागी ती नेताका अनुसार नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीमा दाबी गर्नु पर्ने, नागरिक उन्मुक्तिबाट मुख्यमन्त्री हुँदा मात्रै आफूले विश्वासको मत दिने नत्र नदिने कैलाश चौधरीले पटक पटक बताएका थिए । बैठकमा सुदूरपश्चिम प्रदेशका सात मध्ये ६ जना प्रदेश सभा सदस्यहरू उक्त बैठकमा उपस्थित…

Read More

जनकपुरधाम : पर्साको वीरगञ्जमा सुनको सिक्री नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित पाँचजनामाथि विवाह सम्बन्धी कसुरमा दुईदिन प्रहरी हिरासतमा राख्ने म्याद थप भएको छ । बेहुला बाराको कलैया नगरपालिका ४ का २८ वर्षीय उमेश साहसहित पाँचजनालाई जिल्ला अदालत पर्साले विवाह कसुरमा दुईदिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । पर्साका प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाका अनुसार पक्राउ परेका बेहुलाका बुवा ६० वर्षीय बच्चालाल साह, दाई द्वय ४२ वर्षीय राकेश कुमार साह र ४० वर्षका मुकेश कुमार साह र बेहुलाका भिनाजु बाराको परवानीपुर गाउँपालिका ५ बस्ने वर्ष ४५ का रामएकवाल साहलाई पक्राउ गरी अदालतमा म्याद थप गरि अनुसन्धान गरिरहेको छ । विवादमा…

Read More

धनगढी : प्रतिनिधि छनौटको विषयमा विवाद परेपछि नेकपा एमाले डोटीको नवौं अधिवेशन अनिश्चित बनेको छ । चैत २ र ३ गतेका लागि तय भएको अधिवेशन अब कहिले हुन्छ भन्ने कुनै निश्चित छैन । मापदण्ड विपरीत अधिवेशन प्रतिनिधि छनौट भएको भन्दै पार्टी केन्द्रीय संगठन बिभागमा उजुरी परेपछि विभागले सो विषयमा छानबिन गर्न सुदूरपश्चिम प्रदेश अध्यक्षलाई निर्देशन दिएको छ । आयोजक कमिटीका सदस्यहरू वडाबाट चुनिएर आउनुपर्नेमा त्यसो नभई स्वतः प्रतिनिधि भएको, प्रतिनिधिहरुको छनौट समावेशी नभएको, पार्टीको विधान अनुसार मापदण्ड पूरा नभएका व्यक्ति प्रतिनिधि चुनिएको, निष्क्रिय तथा गठन नभएका जनसङ्गठनबाट समेत प्रतिनिधि बनाइएको लगायतका आरोप सहित लिखित र मौखिक उजुरी परेको संगठन विभागले…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखबाट बर्खास्तमा परेका देवराज जोशीले आफू अब सक्रिय राजनीतिमा लाग्ने बताएका छन् । २८ महिना प्रदेश प्रमुख रहेर सोमवार पदमुक्त भएका जोशीले मङ्गलवार धनगढीमा पत्रकारसँगको भेटघाटमा पहिलेजस्तै सक्रिय राजनीतिमा लाग्ने बताएका हुन्। उनी प्रदेश प्रमुख हुनु भन्दा अघि सम्म नेपाली काँग्रेसको सक्रिय राजनीतिमा थिए । बाजुरा निवासी जोशी २०४८ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए भने २०६४ सालमा संविधान सभामा निर्वाचित भएका थिए । जिल्ला पार्टी सभापति समेत भइसकेका जोशी थुप्रै पटक महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि भए । २०७८ को कात्तिक २३ मा प्रदेश प्रमुखमा नियुक्त भएका जोशीलाई सोमबार सरकारले पदमुक्त गरेको हो…

Read More