धनगढी: कैलालीको धनगढीबाट दुई लाख बढीको चिनी बरामद गरिएको छ। भन्सार छलेर चिनी ल्याइरहेका दुई जनालाई पक्राउ गरिएको छ।
मध्यराति परिचालित सशस्त्र प्रहरी बल नेपालको टोलीले दुई लाख बढीको भन्सार छलीका सामानसहित दुई जनालाई पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका- १८ फुलवारीस्थित थापाघाट सीमा इलाकाको बाटो हुँदै भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ भित्र्याइरहेको दुई सय ५० किलो चिनी र सो चिनी बोक्न प्रयोग गरिका मोटरसाइकल तथा तीन वटा साइकल बरामद गरिएको छ।
सशस्त्र प्रहरी निरीक्षक धनबहादुर नाथको कमाण्डमा खटिएको टोलीले तस्करीमा संलग्न धनगढी उहानगरपालिका-१८ बस्ने सुरज बिष्ट र २९ वर्षीय हरिष बिकलाई पनि पक्राउ गरेको छ।
तस्करीमा संलग्न दुबै जनालाई कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ। १२/१५ जना युवाहरुले होहल्ला गरी धरपकड गर्न खोजेको र हवाई फायर गर्न खोजेपछि मात्र नियन्त्रणमा लिन सकिएको सशस्त्र प्रहरीले जनाएको छ।