Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : सुदूरपश्चिममा भिटौलो पर्व सुरु भएको छ। चैत्र महिना सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा भिटौलो पर्व सुरु भएको हो । विशेषगरी दाजुभाई तथा दिदीबहिनी बीचको प्रेम सम्बन्ध दर्शाउने पर्वका रुपमा रहेको भिटौलो बैतडी, दार्चुला, डडेल्धुरा, बझाङसहित सीमावर्ती भारतीय गाउँतिर विवाह भईसकेकी चेलीबेटीलाई माइतीका तर्फबाट दाजुभाईले भेट्ने चलनको रुपमा प्रचलित छ। चैत्र महिनालाई खडेरीको महिनाको रुपमा पनि लिने गरिन्छ । महिना दिनसम्म मनाइने यस पर्वमा भण्डारण गरेर राखिएको खाद्यान्न पनि सकिएर जाने भएकाले चेलीबेटीलाई माइतीले मिठो मसिनो खानेकुरा कोसेलीसहित भेट्ने चलन रही आएको छ । परम्परागत कथनअनुसार भारतको कुमाउमा एक दाजुले आफ्नी बहिनीलाई चैत्र महिनामा भेट्ने बताएको र पछि व्यस्तताका कारण…

Read More

काठमाडौंः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का दुई जना डीएसपी प्रहरी प्रधान कार्यालय तानिएका छन्। सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले कारबाही गर्न सिफारिस गरेको डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई प्रहरी प्रधान कार्यालय तानिएको हो। समितिको प्रतिवेदनले कुँवर र दाहाललाई कारबाही गर्न सिफारिस गरेपछि उनीहरुलाई सीआईबीबाट हटाएर प्रधान कार्यालय तानिएको हो। यस्तै तत्कालीन एसपी सञ्जय सिंह थापालाई पनि कारबाही गर्न आयोगले सिफारिस गरेको छ भने ब्यूरो प्रमुख किरण बज्राचार्यको पनि सरुवा गरिएको छ। सुन काण्डमा मुछिएका एसपी सन्जयसिंह थापा हाल नुवाकोटका जिल्ला प्रहरी प्रमुख थिए। सुसुन काण्डको अनुसन्धानमा आरोपीलाई उन्मुक्ति दिन खोजेको जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि केन्द्रीय…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख नजिर मियाँले पदभार ग्रहण गरेका छन्। शुक्रबार धनगढी आइपुगेका मियाँले प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण कार्यक्रममा बोल्दै प्रमुख मियाँले सबै पक्षसँग समन्वय र सल्लाह गरेर कामकाज गर्ने प्रतिबद्वता जनाएका छन्। मियाँ मुस्लिम समुदायबाट प्रदेश प्रमुख बनेका पहिलो व्यक्ति हुन्। १५ माघ २००८ सालमा अर्घाखाँचीको साविक पालि गाविस– २ तथा अहिलेको पाणिनी गाउँपालिका–८ मा जन्मिएका मियाँलाई सरकारले सुदूरपश्चिमका प्रदेश प्रमुखमा नियुक्त गरेको थियो। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका थिए। उर्दु र नेपाली भाषामा माध्यमिक तहसम्मको अध्ययन गरेका मियाँ एमालेबाट २०६४ सालमा समानुपातिक संविधानसभा सदस्य बनेका मियाँ…

Read More

काठमाडौं : सरकारले आजैको क्याबिनेट बैठकबाट अर्थ सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउनै लागेको छ । सो स्थानमा अर्थ मन्त्रालयकै राजश्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिन लागिएको अर्थ मन्त्रालय स्रोतले बतायो । पुष्करलाई गत असोज ४ गतेदेखि अर्थ सचिवको जिम्मेवारी दिइएको थियो । बीचमा केही समय उक्त जिम्मेवारीमा नरहेका उनलाई अघिल्लो सरकारले सोही अर्थ सचिवमा सरुवा गरेर ल्याएको हो । यसवीच नयाँ अर्थमन्त्री बर्षमान पुनले नजानु भन्दाभन्दै अस्ति पुष्कर अमेरिका गएको बुझिएको छ । सचिवमा गृहतिर एकनारायण अर्याललाई ल्याइएपछि पुष्करलाई हटाइएको ब्युरोक्रेसीतर्फको यो दोश्रो ठूलो हेरफेर हो ।

Read More

काठमाडौं : सुन तस्करी प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनलाई पक्राउ गरेको हो । २ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा परेका थिए । तर, सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख छ । सुनसम्बन्धी जाँच आयोगले पनि बिहीबार बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेको थियो । सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका दावा छिरिङसँग दिपेशको बाक्लो…

Read More

काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली पठाइएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सीआईबीमा ज्ञवालीलाई पठाउने निर्णय गरेको हो। यसअघि सीआईबीकी निर्देशक रहेकी एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारी दिएर सरुवा गरिएको छ। सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनको सरुवा गरिएको हो। आयोगले सीआईबी प्रमुख बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रूगम कुँवर र दुर्गा दाहाललाई कारबाही गर्न सिफारिस गरेको छ। यस्तै अहिले जिम्मेवारी पाउने ज्ञवाली पनि विवादित एआइजी नै हुन्। जबकी उनलाई पनी सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका जीवन चलाउनेले…

Read More

काठमाडौँ : सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका जीवन चलाउनेले प्रहरीका एआइजी श्याम ज्ञवालीले आईजिपी बन्न एक करोड मागेको खुलाएका छन्। उनले आज पत्रकारलाई अन्तरवार्ता दिँदै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी सञ्जयसिंह थापाको घर बनाउन डीएसपी दुर्गाराज दाहालले ६० लाख रुपैयाँ मागेको पनि बताएका छन्। ६० लाख नभए अहिले ३० लाख भने पनि दिन आग्रह गरेका पनि उनले बताए। उक्त प्रकरणका प्रतिवादी रहेका चलाउनेले पैसा नदिएकै कारण आफूलाई फसाउने चाल रचेको पनि दावी गरेका छन्। उनी आफू आएर प्रतिवाद गर्ने र अदालतमा पुगेर आत्मसमर्पण गर्नेसमेत बताएका छन्। उनले आफू दिल्लीमा रहेको पनि खुलाएका छन्।

Read More

धनगढी: धनगढीमा प्रहरीले ठूलो मात्रामा लागुऔषध (खैरो हेरोईन) सहित एकजनालाई पक्राउ गरेको छ। आज (शुक्रबार) धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फुलबारी तुलसिबारी चोकबाट उनलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भारत लखिमपुर पलियाकला खिरी बस्ने २० वर्षीय करन राना रहेका छन्। रानालाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १७ ग्राम २४० मिलीग्राम हेरोईनजस्तो देखिने धुलो पदार्थ फेला पारी बरारामद गरिएको बताइएको छ। उनलाई नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरको वरिष्ठ सई केशब जोशी नेतृत्वको टिम र स्थानीय प्रहरीको टोलीले पक्राउ गरेको हो। यस सम्बन्धना प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

धनगढी: अछामका सुरज कडायतले २६ फागुनमा आफ्नी श्रीमती डल्लीसँग अन्तिमपटक फोन सम्पर्क गरे। उनले त्यसबेला उनीसहित परिवारसँग कुरा गर्दै ‘स्वास्थ्य राम्रै छ। छोराछोरीको ख्याल गर्नू। बुवाले मेरो चिन्ता नगर्नू’ भनेका थिए। तर उनले त्यस्तो भनेको एक महिना नबित्दै उनी उतै बिलाएका छन्। डल्ली कडायत अस्ति बुधबार बिहान घाँस ल्याउन जङ्गलतिर गएकी थिइन्। सोही दिन उनको जीवनमा अप्रत्याशित घटना घट्यो। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ की डल्लीलाई बिहानै फोन आउँछ। काठमाडौंबाट आएको उक्त फोनले उनलाइ एकाएक एकाएक छाँगाबाट खसेजस्तै बनायो। सो फोन मेनपावर कम्पनीको थियो र त्यो कलको सन्देश थियो, कुवेतमा २७ वर्षीय सुरज बहादुर कडायतको निधनको। सुरज डल्लीका श्रीमान् हुन्। सुरजको…

Read More

काठमाडौँ: सुन तस्करी जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यसहित ४ प्रहरी अधिकृतलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ। त्रुटिपूर्ण अनुसन्धान गरेको र सुनमा संलग्नहरूसँग ‘नेक्सस’ देखिएको आरोपमा एआईजी बज्राचार्य, अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी नायव उपरीक्षक (डीएसपी)द्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरिएको हो। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा सो सिफारिस गरेको हो। ६० केजी सुन र भेपमा उनीहरुले त्रुटिपूर्ण अनुसन्धान गरेको आयोगको ठहर छ। 

Read More