Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेपाल प्रहरीका वरिष्ठ सई सोभान सिंह कार्कीको बढुवा गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत कार्कीको इन्सपेक्टरमा बढुवा भएको हो। उनी निकट भविष्यमै अनिवार्य अवकाशमा जादैछ्न्। बैतडी घर भएका उनी ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका हुन्।

Read More

धनगढी: बझाङमा मतगणना जारी छ। अहिलेसम्मको नतिजामा एमाले अगाडि छ। एमालेका उम्मेदवार दमन भण्डारी अग्र स्थानमा छन् भने अविशेक सिंह (काँग्रेस) ले उनलाई पछ्याउँदै छ। यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेकोमा नेकपा एकीकृत समाजवादी पुछारमा छ। एमाले उम्मेदवारले सुरुदेखि अग्रता लिएकोमा अहिलेसम्म कायमै राखेका छन्। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो। बझाङ प्रदेश सभा (१) २८२२ मत गणना एमाले (दमन भण्डारी) : १३०३कांग्रेस (अभिषेक सिंह) :६५६माओवादी केन्द्र (जनक बुढा) : ४६१राप्रपा (किशोर खड्का) :१८एकीकृत समाजवादी (दिलबहादुर सिंह) :३६९

Read More

धनगढी: बझाङमा मतगणना जारी छ। अहिलेसम्मको नतिजामा एमाले अगाडि छ। एमालेका उम्मेदवार दमन भण्डारी अग्र स्थानमा छन् भने अविशेक सिंह (काँग्रेस) ले उनलाई पछ्याउँदै छ। यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेकोमा नेकपा एकीकृत समाजवादी पुछारमा छ। एमाले उम्मेदवारले सुरुदेखि अग्रता लिएकोमा अहिलेसम्म कायमै राखेका छन्। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो। यस्तो छ अहिलेसम्मको मतपरिणामसूर्य: १२६२रूख : ६३६हँसिया हथौड़ा : ३५२कलम : ३१६

Read More

धनगढी: बझाङमा मतगणना जारी छ। अहिलेसम्मको नतिजामा एमाले अगाडि छ। एमालेका उम्मेदवार दमन भण्डारी अग्र स्थानमा छन् भने अविशेक सिंह (काँग्रेस) ले उनलाई पछ्याउँदै छ। यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेकोमा नेकपा एकीकृत समाजवादी पुछारमा छ। एमाले उम्मेदवारले सुरुदेखि अग्रता लिएकोमा अहिलेसम्म कायमै राखेका छन्। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो। यस्तो छ अहिलेसम्मको मतपरिणामदमन भण्डारी (एमाले)-७५७अविशेक सिंह (काँग्रेस)-३८०जनक बुढा (माओवादी)-२२६दिल बहादुर सिंह (समाजवादी)-११५

Read More

धनगढी: बझाङमा मतगणना सुरु भएको छ। अहिलेसम्मको नतिजामा एमाले अगाडि छ। एमालेका उम्मेदवार दमन भण्डारीले १५७ मत पाउँदा अविशेक सिंह (काँग्रेस) ले१३२ मत पाएका छन्। यस्तै माओवादीका जनक बुढाले ४७ मत पाउँदा किशोर खड्का (राप्रपा)ले १ मत र दिल बहादुर सिंह (समाजवादी)५१ पाएका छन्। अहिलेसम्म ४ सय मत गणना भएको बताइएको छ।

Read More

धनगढी: इलाम क्षेत्र नम्बर २ मा मतगणना भइरहेको छ। प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का अगाडि छन्। उनले एक हजार एक सय ४५ मत ल्याएका छन्। उनलाई नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन्। नेम्वाङले एक हजार ६३ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १८८, रास्वपाका उम्मेदवार मिलन लिम्बूले ११५ र राप्रपाका लक्ष्मी गुरूङले ४ मत ल्याएका छन्। इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना भइरहेको छ। फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ मा खसेको मत गणना गरिएको हो। इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो

Read More

धनगढी : बैतडीमा अल्टो कार दुर्घटना हुँदा २ जना घाइते भएका छन् । धनगढीबाट दार्चुला जाँदै गरेको सुपप्र ०१००१ च ३८२१ नम्बरको अल्टो कार दोगडाकेदार गाउँपालिका ३ श्रीकोटमा आइतबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा चालक दशरथचन्द नगरपालिका १ गुरुखोलाका नरेन्द्र भट्ट र कारमा सवार दार्चुलाको शैल्यशिखर नगरपालिकाका अन्दाजी २८ वर्षीय शेरबहादुर बोहरा घाइते भएका प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घाइते दुबैको अवस्था गम्भीर रहेकोले राति नै जिल्ला अस्पताल बैतडीबाट डडेल्धुरा अस्पताल रिफर गरिएको छ । कार अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

Read More

काठमाडौं : चीन सरकारले आगामी बुधबारदेखि नेपालबाट उता जाने नेपाली नागरिकलाई भिसा निःशुल्क गर्ने भएको छ । नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन र नागरिकहरूको भ्रमण आदानप्रदानलाई थप सहज बनाउन उक्त निर्णय गरिएको बताइएको छ । काठमाडौंस्थित चिनियाँ राजदूतावासका अनुसार आगामी मे १ तारिख (बुधबार) देखि उक्त निर्णय लागु हुने छ । नियमित तालिकाबमोजिम भिसा आवेदन गर्नेलाई निःशुल्क गरिएको छ । जरुरी र अति जरुरी अर्थात् एक्सप्रेस २ र एक्सप्रेस १ मा भीसा आवेदन गर्नेलाई पहिलेको शुल्कको तुलनामा ५० प्रतिशत कम गरिएको छ । प्राप्त विवरणअनुसार एक्सप्रेस २ र एक्सप्रेस १ लाई क्रमशः एक हजार ३५० र दुई हजार तोकिएको…

Read More

धनगढी : कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना युवा युवती पक्राउ परेका छन । प्रहरीले गोदावरी नगरपालिका-२ रिङरोड स्थित निसा होटलबाट अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै ३ जना युवा युवतीलाई पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले शनिबार साँझ उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुको नाम भने खुलाइएको छैन । पक्राउ पर्नेमा एक पुरुष र २ महिला रहेका छन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

इलाम : प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनको मतगणाना सुरु भएको छ । सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकको निर्णय अनुसार गौतम बुद्ध सभागृह (सिटी हल) मा मतगणना सुरु गरिएको हो । फाकफोकथुङ गाउँपालिकामा रहेका केन्द्रका ब्यालेटबक्स खोलेर मतगणना सुरु गरिएको छ । बिहान ११ बजेदेखि सुरु गर्ने भनिए पनि केही ढिला गरी मत गणना सुरु भएको हो । मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । इलाम-२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत…

Read More