लखनउ: भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथलाई नेकपा एमाले सुदूरपश्चिमका सदस्यले भेटेका छन्। एमाले नेता प्रशान्त थापाले योगिलाई भेटेका हुन्।
थापाले भेटमा आफूले नाकाको सहजता, नाकाक्षेत्रमा सडक सहज बनाउने विषयमा छलफल गरेको बताए।
भेटमा नेपालीलाई सीमामा सहजता दिलाउने कुरामा योगिले आफू सकारात्मक रहेको उनको भनाई छ। यस्तै भेटमा नेता थापाले सीमाका अन्य पनि समस्या पोखेका थिए।
Facebook Comments Box