अछाम : अछाममा ‘क्यूआर कोड’मार्फत प्रहरीमा उजुरी दिन सकिने भएको छ । नागरिकमैत्री सेवा दिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय अछामले ‘क्यूआर कोड’मार्फत उजुरी वा सुझाव दिन सक्ने व्यवस्था गरेको हो । मंगलबार एक कार्यक्रमकाबीच अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष पाठकले ‘क्युआर कोड’ सार्वजनिक गरेका हुन् । उनले जिल्ला प्रहरी कार्यालयको मुल गेटमा क्यूआर कोडको उद्घाटन गरेका थिए । प्रहरी सेवा प्रवाहलाई छिटो, व्यवस्थित, जवाफदेहिता, पारदर्शिता र जिम्मेवारी बोध गराई नागरिक सुसम्बन्ध एवम् सुशासन कायम राख्ने प्रयोजनका लागि गुनासो व्यवस्थापन गर्न क्यूआर कोड ल्याइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । सो क्यूआर कोड अब जिल्ला प्रहरी…
Author: महेन्द्रनगर पोष्ट
महोत्तरी : प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पार्टीका कार्यकर्ताको रुपान्तरणको सवाल मुलुकसँग गाँसिएको बताएका छन् । महोत्तरीको गौशालामा आज आयोजित पार्टीको तीनमहिने रुपान्तरण अभियानको मधेस प्रदेशस्तरीय समीक्षा बैठक र प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्रीले पार्टीका नेता कार्यकर्ता रुपान्तरित भएमात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबल हुने बताए । “मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बिगुल नेकपा माओवादीले फुकेको हो”, प्रधानमन्त्री प्रचण्डले नेता तथा कार्यकर्तालाई प्रेरित गर्दै भने, “यसको स्थायित्व र सबलीकरणको नेतृत्व पनि हामीले नै गर्नुपर्छ ।” स्वार्थभन्दा माथि उठेर काम गर्न उनले निर्देशन दिए । “हामीमाथि मुलुकको बृहत् कार्यभार छ, हामीले आफ्नो चरित्र बिगार्नु हुँदैन, गलत बाटोमा लागेको भए…
काठमाडौँ: अर्घाखाँचीको गोरुसिङ्गे-सन्धिखर्क सडकमा राखिएका होर्डिङ बोर्ड हटाउन सडक डिभिजन कार्यालय शिवपुरले सात दिने सूचना जारी गरेको छ । सडक डिभिजन कार्यालयले सडकको दायाँबायाँ तथा आवतजावतमा प्रभावित पार्ने गरी राखिएका होर्डिङ बोर्ड हटाउन सूचना जारी गरेको हो । दुर्घटना निम्ताउने गरी विभिन्न सङ्घ–संस्था, कम्पनी र व्यक्तिले राखेका होर्डिङ बोर्ड सात दिनभित्र हटाउन भनेको र नहटाए सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने शिवपुर सडक डिभिजन कार्यालयले जनाएको छ ।
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी सङ्गठनले आज काठमाडौँमा राँके जुलुस निकाली विरोध प्रदर्शन गरेको छ। आफ्ना पार्टीका नेताहरूलाई अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भन्दै विद्यार्थी सङ्गठनले प्रदर्शन गरेको हो। मङ्गलवार नेपाल कम्युनिस्ट पार्टीले विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जीको विरोधमा सङ्घर्ष गर्ने घोषणा गरेको थियो। काठमाडौँ जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर सोमवार महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’सहित नेताहरू खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’‚ माइला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको थियो। त्यसकै विरोधमा मङ्गलवार मसाल जुलुस प्रदर्शन गर्ने, २० गते बुधबार न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने कार्यक्रम छ।
काठमाडौँ : यसअघिको लुम्बिनी प्रदेश सरकारले नियुक्त गरेका अस्पताल विकास समितिका पदाधिकारीलाई समय अगावै खारेज गरी नयाँ नियुक्तिको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्याधिवक्ता नहकुल सुवेदीको एकल इजलासले मङ्गलवार उक्त आदेश जारी गरेको हो । लुम्बिनी प्रदेश सरकारले गत कार्तिक १ गते अस्पताल विकास समिति खारेज गर्ने निर्णयसँगै अस्पताल विकास समिति गठन तथा सञ्चालन नियमावली २०८० पारित गरेको थियो । यसैगरी सोही नियमावली अनुसार प्रदेशका १३ वटा अस्पतालहरूमा नयाँ अध्यक्ष नियुक्ति गरेको थियो । सरकारले नयाँ नियमावली अनुसार कार्तिक २३ गते लुम्बिनी प्रदेश सरकार मातहतका अस्पताल विकास समितिका अध्यक्षहरूको नियुक्ति गरेको थियो…
धनगढी : कैलालीको एक घरमा आगलागी भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ सडकपुरका ४२ वर्षीय धनीराम देवकेटाको घरमा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कुलदिप चन्दका अनुसार आगलागीबाट एक लाख ५० हजार बराबरको क्षति भएको छ। विद्युतको तार सर्ट भएर घरमा आगलागी भएको हो। दुई कोठे दुई तले घरमा लागेको आगोबाट खाद्यान्न, लत्ताकपडा लगाएतका सामान जलेका छन। घर पूर्ण रूपमा जलेको प्रहरीले बताएको छ।
काठमाडौं : नेपाली सेनाका तीनतारे जर्नेल सीताराम खड्का आजबाट बिदामा बसेका छन् । उनी अवकाशपूर्व अनिवार्य बिदामा बसेको बताइन्छ । खड्का बिदामा बसेपछि वरिष्ठताको आधारमा अशोक सिग्देललाई कार्यभार हस्तान्तरण गरिएको छ । सिग्देल रथी हुने लाइनमा छन् । उनको पनि उमेर बिबाद निस्किरहेकै छ । आगामी भदौमा प्रधानसेनापति प्रभुराम शर्माको अवकाशपछि उक्त पदका लागि अशोकको लाइन क्लियर हुँदै गएको बताइन्छ ।
काठमाडौँ : रुकुम पश्चिमको सोती घटना प्रकरणमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको छ । मङ्गलवार रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको सूचना अधिकारीगोविन्दप्रसाद कोइरालाले जानकारी दिए । यस्तै अदालतले ८ जनालाई सफाइ दिएको अदालतले जनाएको छ । २०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीसहित मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीगाउँमा पुगेका थिए । त्यहाँ पुगेका उनीहरूमाथि स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराज विकसहित ६ जनाको हत्या भएको थियो । अरू १२ जना घाइते भएका थिए । घटनामा नवराज विकसहित उनका साथीहरू सन्दीप विश्वकर्मा,…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान अयोगका आयुक्त जयबहादुर चन्दकी छोरीले बबण्डर मच्चाएकी छन्। बालुवाटारमा रहेको एक आफन्तको घरमा आयुक्त चन्दकी छोरीसहितको समूहले बाउको धम्की दिँदै बबण्डर मच्चाएको हो। आइतबार साँझ बालुवाटारमा रहेको आफ्नो घरमा सुप्रभा चन्दसहितको समूह गएर बबण्डर मच्चाउँदै तोडफोड गरेको पीडित मनिषा बास्कोटाले बताइन्। नाताले छोरीकी जेठानी पर्ने सुप्रभा चन्दसहितको समूह आफूहरु घरमा नभएको समयमा प्रवेश गरी तोडफोड गरेको उनको भनाइ छ। उनकाअनुसार सुप्रभा अख्तियारका आयुक्त जयबहादुर चन्दकी छोरी हुन्। बुवा अख्तियारको आयुक्त भएको धम्की र पावर देखाउँदै आफूहरुको घरमा आएर तोडफोड गरिएको उनको दाबी छ। प्रहरीले पक्राउ गर्न खोज्दासमेत सुप्रभाले आयुक्तकी छोरी हुँ भन्दै धम्की दिएपछि प्रहरी…
काठमाडौं : अहिले सामाजिक सञ्जालका विभिन्न माध्यममा म्युजिक भिडिओ छायांकनका क्रममा खिचिएको कलाकार प्रकाश सपुत र जुना विश्वकर्माको भिडिओ भाइरल छ । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा रहेको इनारमाथि नाचेको भन्दै उनीहरूको चर्को आलोचना भएको हो । छायांकनका क्रममा खिचिएको सो भिडिओ क्लिप चार महिनाअघिको हो । ‘कमाउने नि हो, रमाउने नि हो’ बोलको म्युजिक भिडिओका लागि उक्त दृश्य खिचिएको थियो । त्यही क्रममा छायांकन हेर्न आएकामध्ये कुनै दर्शकले भिडिओ खिचेका थिए । विश्वसम्पदा सूचीमा सूचीकृत भएको वसन्तपुर दरबारमा ररेको सो इनार कुमारी (जीवित देवी)ले खानेपानीका लागि प्रयोग गर्ने र त्यसरी इनारमाथि चढ्दा नेवाः सम्प्रदाय र संस्कृतिमाथि प्रहार…