काठमाडौं : पोखरा भइरहेको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबका ओपनर कुशल भुर्तेलको शतकको मदतमा पुलिस क्लबले मधेश प्रदेशलाई दियो १७६ रनको लक्ष्य दिएको छ। मधेश प्रदेशविरूद्ध टस जितेर पहिले ब्याटिङ गरेको पुलिसका लागि कुशलले १०२ रन जोडेका हुन्। उनले ५७ बलमा ८ चौका र ७ चौका प्रहार गरे। कुशलको शतकसँगै पुलिसले ५ विकेटको क्षतिमा १७५ रन जोड्यो। पुलिसका लागि अर्का ओपनिङ ब्याट्सम्यान सुनिल धमलाले ४५ रन बनाए। उनले ४७ बलमा ४ चौका प्रहार गरे। धमला र कुशलबीच पहिलो विकेटका लागि १६ ओभरमा १३८ रनको साझेदारी भयो। समूह सी को यो खेलमा पुलिसका लागि करण केसीले ५…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : नेपाल प्रहरीले तीन जना प्रहरी उपरीक्षक (एसपी)हरूको काज सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालको मानव स्रोत विभागले रञ्जु सिग्देल, अनुपम शम्शेर जबरा र राजेन्द्रप्रसाद धमलाको काज सरुवा गरेको हो। सिग्देल प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा महेन्द्रनगरबाट प्रहरी शिक्षालय महाराजगञ्ज काठमाडौंमा खटाइएका छन्। प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा रहेका जबरालाई नेपाल प्रहरी–सशस्त्र प्रहरी गण नं. १ नक्साल र धमलालाई प्रहरी प्रधान कार्यालय कानून शाखाबाट काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगञ्जमा काज सरुवा गरिएको छ।
काठमाडौं : नेपाली सिनियर क्रिकेट टिमका अलराउन्डर गुल्सन झाले यू–१९ एसिया कप खेल्ने भएका छन्। यू–१९ टिमका प्रशिक्षक जगत टमटाले सिनियर टिमबाट अनुभव बटुलिसकेका गुल्सनको आगमनले टिम सन्तुलित हुने बताए। सिनियर टिमबाट समेत एसिया कप खेलिसकेका गुल्सनले एकै वर्ष दुई वटा एसिया कप खेल्ने भएका हुन्। ‘टेष्ट राष्ट्रहरुसँग खेल्ने भएकाले उसको आगमनले टिम थप बलियो हुन्छ। उसको लागि पनि यो खेल खेल्दा अनुभव बढ्दै जान्छ’ प्रशिक्षक टमाटाले भने। सिनियर टिमबाट खेल्नका लागि पनि गुल्सनलाई यू–१९ एसिया कपको अनुभवले सहयोग पुग्ने टमाटाको भनाइ छ। यू–१९ क्रिकेट टिम ६ मंसिरदेखि एसिया कपको तयारीका लागि बन्द प्रशिक्षणमा छ। गुल्सन सहभागी भए पनि टिमको…
काठमाडौं : डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई पदमुक्त गर्न माग गरेका छन्। स्वास्थ्य मन्त्री बस्नेतले डा. केसी मेडिकल गिरोहबाट सञ्चालित रहेको आरोप लगाएका थिए। आफूमाथि स्वास्थ्य मन्त्रीले ‘घोर आपत्तिजनक अभिव्यक्ति’ दिएको डा. केसीले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ जीका स्वास्थ्य मन्त्री माफीयाहरूका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बरखिलाप हो, निजलाई तत्काल पदमुक्त गरियोस्,’ डा. केसीले निकालेको विज्ञप्तिमा उल्लेख छ।
काठमाडौं : भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० खेल आज हुँदैछ। यो खेल तिरुवनन्तपुरममा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ। भारतले बिहीवार भएको पहिलो खेलमा अस्ट्रेलियालाई २ विकेटले हराउँदै पाँच खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ। दुई देशबीचको तेस्रो खेल पर्सि मङ्गलवार, चौथो खेल शुक्रवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ। गएको आइतवार अस्ट्रेलियाले भारतलाई हराउँदै कीर्तिमानी छैटाैँ पटक एकदिवसीय विश्व कप क्रिकेटको उपाधि जितेको थियो।
काठमाडौँ : साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनकाे मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ६०० रुपैयाँले बढेको जनाएको छ। महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलाकाे १४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १५ रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
दार्चुला : दार्चुला प्रहरीले खैरो रंगको बाख्रा फेला पारेको छ। जिल्लाको महाकाली नगरपालिका-४ राधाकृष्ण चोकमा बेवारिसे अवस्थामा खैरो रंगको बाख्रा फेला पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। शनिबार राती साढे ११ बजेको समयमा बाख्रा फेला पारेको र कार्यालयमा राखिएको हुँदा बाख्रा मालिकले यस जिल्ला प्रहरी कार्यालय दार्चुलामा सम्पर्क राख्न दार्चुला प्रहरीले अनुरोध गरेको छ।
झापा : वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगे। अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोजी तथा उद्धार गरेर नेपाल पठाएको हो। उनकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोपालको खोजी भएको थियो। शुक्रवार क्लालाम्पुरबाट काठमाण्डाै आएका गोपाल शनिवार घर आइपुग्नुभएको सांसद एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए। मलेसियामा खोज्न र उद्धार गरेर नेपालसम्म ल्याउन पहल गरेका सांसद शर्माले आमा सानीको कारुणिक अपिलपछि मलेसियामा रहेको नेपाली जनसम्पर्क समितिको सक्रियता र त्यहाँको नेपाली राजदूतावासको सहयोगमा गोपालको सकुशल उद्धार सम्भव भएको बताए। ‘गोपाल भाइ मलेसियामा भेटिएका मात्र होइनन्…
कञ्चनपुर : वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई सीप सिकाइ व्यवसाय उन्मुख गराउनका लागि शुक्लाफाँटा नगरपालिकाले तथ्याङ्क सङ्कलनको काम सुरु गरेको छ। वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि वडा कार्यालय र नगरपालिकाको रोजगार शाखामार्फत तथ्याङ्क सङ्कलन हुन थालेको हो। स्वदेशमै उद्यमशीलता विकास गर्न सक्ने गरी तालिम प्रदान गर्नका लागि तथ्याङ्क सङ्कलन कार्य अगाडि बढाइएको नगरपालिकाको रोजगार शाखाका प्रमुख कृष्णराज भट्टले बताए। उनका अनुसार विवरण सङ्कलन कार्य गरिसकिएपछि त्यसकै आधारमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डको सचिवालयले सेवाप्रदायकमार्फत सीपमूलक तालिमका लागि छनोट गरिने छ। वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको सीप परीक्षण तथा प्रमाणीकरण, श्रम बजारको आवश्यकतामा आधारित व्यावसायिकसँगै…
काठमाडौं : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९१औं महासभामा सहभागी हुन आइतबार बिहान अष्ट्रियातर्फ प्रस्थान गरेका छन्। इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गरेका हुन्। नेपालका प्रमुख समेत रहेका कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर ज.ब.रा. र प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली समेत त्यसतर्फ प्रस्थान गरेका हुन्। महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्।