कञ्चनपुर : विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ । निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलो पटक देखापरेको हो । शुक्लाफाँटा नगरपालिका-२ ढकनियास्थित स्थानीय किसानको खेतमा बगाले बगेडी चरा फेला परेको संरक्षणकर्मी सुवन चौधरीले बताए । भँगेरा जस्तै तर रङ्गीन ३२ वटा बगाले बगेडी चरा आफूले देखेको उनले बताए । धेरै वर्षपछि विश्वमै दुर्लभ मानिएको चरा देखापरेपछि नियमित निरीक्षण गर्दै आएको संरक्षणकर्मी चौधरीले बताए । ‘फरक प्रजातिको चरा देखेपछि तस्वीर खिचेर नेपाल पक्षी संरक्षण सङ्घलाई पठाएँ’, उनले भने, ‘यो दुर्लभ प्रजातिको चरा भएको जानकारी प्राप्त भएको छ ।’ नेपाल पक्षी संरक्षण…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : नेकपा एमालेले इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले रिक्त प्रतिनिधिसभाको वैशाख १५ गते हुने उपचुनावमा सुहाङलाई अघि सार्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि यो क्षेत्र खाली थियो । सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् । पेशाले अधिवक्ता सुहाङले पछिल्लो समय इलाममा राजनीति गतिविधिसँगै भेटघाट र अन्तरक्रिया बढाएका छन् ।
काठमाडौं : नेकपा एमालेको केन्द्रीय सदस्यमा ऐन महरको कारबाही फिर्ता भएको छ । पार्टीको सचिवालय बैठकले महरलाई केन्द्रीय सदस्यमा पुनः मनोनीत गर्ने निर्णय गरेको हो । केही समयअघि पार्टीले कारबाही गर्दै पदबाट राजीनामा दिएको विज्ञप्ती जारी गरेको थियो । उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको बैठकपछि उमहासचिव प्रदपी ज्ञवालीले जानकारी दिएका हुन् । र यो पनि ! यौन विचलनको गम्भीर आरोपपछि गुम्यो ऐन महरको केन्द्रीय सदस्य पद ! ऐन महर भर्सेज रश्मिलाः साइबर ब्यूरो पुग्यो उजुरी एमाले सुधार्न ऐन महरले संघर्ष गर्ने केन्द्रीय सदस्यबाट ऐन महरले दिए राजीनामा
काठमाडौं : नेकपा एमालेले बझाङको उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको पार्टी सचिवालय बैठकले बझाङ प्रदेशसभा १ बाट भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
धनगढी : बझाङको बित्थडचिर गाउँपालिका-८ धरानमा होली समुहलाई चन्दा नदिएपछि हातपात गरेको घटना बाहिरिएको छ । शनिबार बेलुका ५ बजेतिर होली खेलिरहेको एक सुमहले चन्दा नदिएपछि गाडी चालकमाथि हातपात गरेको बुझीएको छ । शनिबार बिहानैदेखी स्थानिय युवाहरुले होलीको नाममा गाडीहरुलाई रोक्दै चन्दा मागीरहेका थिए । बेलुका ५ बजेतिर बझाङबाट धनगढीका लागि छुटेका बसहरुलाई पनि उनीहरुले रोकेर रोडमा होली खेलेको चन्दा मागेका थिए तर सुदूरपश्चिम यातायातको बसले ढोका नखोलेपछि आक्रोसित भएका युवाहरुले बाटो जाम गरे । त्यसलगत्तै खप्तड यातायातको बस पुग्यो र अर्कोतर्फबाट ट्रक आयो होली समुहले बाटो जाम गरेपछि ट्रकको ब्रेक नलागेर नालीमा फस्यो । बाटोभर होलीको नाममा चन्दा मागेर…
काठमाडौँ : आयरल्यान्ड वुल्भ्ससँगको तीन टी–२० र तीन एकदिवसीय सिरिजका लागि नेपाली ए टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार आयरल्यान्ड वुल्भसँगको खेलका लागि १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो। क्यानले टी–२० र एक दिवसीय खेलका लागि विनोद भण्डारीको कप्तानीमा दुई फरक टोलीको घोषणा गरेको छ। आयरल्यान्ड वुल्भ्ससँगको खेलका लागि कमल सिंह ऐरिले टोलीमा पुनरागमन गरेका छन्। सन् २०२२ मा मलेसियाविरुद्धको खेलमा घाइते भएका कमलले लामो समयपछि टोलीमा पुनरागमन गरेका छन्। कमलले टी–२० र ओडिआई दुवै सिरिजमा स्थान बनाएका छन्। ए टोलीको प्रशिक्षणमा परेका आरिफ शेख, देव खनाल, बसिर अहमद र विकास अग्रीले दुवै सिरिजका लागि…
धनगढीः कैलालीमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन्। मोहन्याल गाउँपालिका–३ सांघुरे खोलामा सुर्खेतको चौकुने गाउँपालिका–३ का ४२ वर्षीय भक्तबहादुर राना मगर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको बताए। उनकाअनुसार इलाका प्रहरी कार्यालय सुगरखालका प्रहरी वरिष्ठ नायब निरीक्षक बमबहादुर खड्का, इप्रका चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगी र इलाका प्रहरी कार्यालय लम्कीको संयुक्त टोली घटनास्थलमा गएको छ।
बैतडी–बैतडीमा भीरबाट लडेर एक बालिका घाइते भएकी छन् । जिल्लाको पुर्चौंडी नगरपालिका १० महरागाउँका लोकेश महराकी ८ बर्षीया छोरी भावना महरा लडेर घाइते भएकी हुन् । शनिबार बिहान ११ बजेतिर घर नजिकैको वनमा बाख्रा चराउन गएकी महरा लडेर घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । भीरबाट लडेकी महराको टाउको र दाहिने हातमा चोट रहेको उनले बताए । घाइते महराको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।
दार्चुलाः दार्चुलामा एक जना मृत अवस्थामा फेला परेका छन्। महाकाली नगरपालिका–४ बाङ्गाबगड स्थित सोही नगरपालिका–५ मोहती जाने बाटो नजिक महाकाली नगरपालिका–१ कटौजे घर भई हाल खलंगा दार्चुला बस्ने ४४ वर्षीय चन्द्रसिंह कुँवर शनिवार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रवहादुर सिंहले बताए। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली खटिई आवश्यक अनुसन्धान गरिरहेको छ।
धनगढीः कैलालीमा अबैध काठ बरामद गरिएको छ। गौरीगंगा नगरपालिका-७ सोनपाल सामुदायिक वन स्थित सानटोन्द्रा भन्ने ठाउँबाट बेवारिसे अवस्थामा राखिएको सालको १२ गोलिया (९८.२९ क्युफिट) अबैध काठ शनिवार दिउँसो प्रहरीले बरामद गरेको हो।इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोली र सव डिभिजन वन कार्यलय मसुरियाबाट खटिएको संयुक्त टोलीले उक्त अबैध काठ बेवारिसे अवस्थामा फेला पारि कारवाहीको लागि सव डिभिजन वन कार्यालय मसुरियाको जिम्मा लगाएको छ।