Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : मोरङमा झुण्डिएको अवस्थामा फेला परेका सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्यालको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइने भएको छ । पाल्पाबाट परिवारका सदस्य आइपुगेपछि प्रहरीले बस्यालको शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरेको मोरङ प्रहरी प्रमुख नवराज कार्कीले जानकारी दिए । घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय रंगेलीले घटनास्थलबाट सुसाइड नोट फेला पारेको छ । इलाका प्रहरी कार्यालय स्रोतका अनुसार बस्यालले सुसाइड नोटमा राजीखुसीले निर्णय लिएको र कसैलाई दोष नलगाउन भनेका छन् । पाल्पा स्थायी घर भएका ३८ वर्षीय बस्याल क्वार्टरको भान्सामा दिउँसो झुन्डिएको अवस्थामा फेला परेका थिए । उनी धनपालथान गाउँपालिका-३ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभाग…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा सामाजिक विकास मन्त्री झपट साउँदसहित माओवादीका मन्त्रीहरुलाई बर्खास्त गरिएको छ । केन्द्रमा कांग्रेस माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बर्खास्त गरेका हुन् । जादाजादै मन्त्री साउँद र उनको सचिवालयका कर्मचारीको सेवासुविधमा ३१ लाख बढि खर्च भएको पाइएको छ । गत ५ जेठमा सामाजिक विकास मन्त्रीमा नियुक्त भएका साउँदले ९ महिनाको अवधीमा ३१ लाख ४७ हजार रुपैयाँ खर्च गरेका छन् ।यो उनी मात्र नभएर उनका निजी सचिवालयका कर्मचारी र सुरक्षाकर्मी समेतको खर्च भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी भुवन जोशीले उपलब्ध गराएको सूचनाअनुसार ९ महिनामा मन्त्री साउँद…

Read More

डोटीः डोटीमा चितुवाले ११ वटा बाख्रा मारेको छ। आज (मंगलबार) जिल्लाको सिलगढी–दिपायल नगरपालिका–७ टुसाखालस्थित बाटुलाखानका सोभानसिंह विष्टका ११ वटा बाख्रा चितुवाले आक्रमण गरेर मारेको हो। गोठभित्र बाँधिएका बाख्रा जंगली जनावर चितुवाले आक्रमण गरेर विष्टका ११ वटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Read More

काठमाडौं : नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित भएका छन् । एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलाले प्रमुख सचेतकको जिम्मेवारी पाएका हुन् । संसदी दलका नेता केपी शर्मा ओलीले यसअघि सचेतक रहेका बर्तौलालाई प्रमुख सचेतक मनोनित गरेका हुन् । यस्तै सचेतकमा भने सुनिता बराल मनोनित भएकी छन् ।

Read More

धनगढी: सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका सबै मन्त्री बर्खास्त गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारमा रहेका माओवादीका दुई जना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरिएको हो। केन्द्रमा कांग्रेस-माओवादी र एकीकृत समाजवादीकाे गठबन्धन भंग भएर एमालेसहितकाे नयाँ गठबन्धन बनेपछि काँग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बर्खास्त गरेका हुन्। शाहले उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेशसिंह धामी, सामाजिक विकास मन्त्री झपट साउँद र राज्यमन्त्री गितादेवी माललाई आज (मंगलबार) बर्खास्त गरेका हुन्। तर शाहले नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई भने कायम राखेका छन्।सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज सबै मन्त्री बोलाएर बैठक गरेका छन्। आज (मंगलबार) मुख्यमन्त्री निवासमा काङ्ग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीका मन्त्रीलाई मुख्यमन्त्री शाहले बोलाएका थिए। छलफलमा मुख्यमन्त्री शाहले काङ्ग्रेसका भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउवा, काङ्ग्रेसकै आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट माओवादी केन्द्रका सामाजिक विकास मन्त्री झपट साउद र आर्थिक मामिला मन्त्री नरेश शाहीसंग छलफल गरेका हुन्। छलफलमा तत्काल आफूले राजीनामा नदिने र सरकार ढल्ले अवस्था पनि नरहेको जिकिर गरेका थिए। मुख्यमन्त्री शाह काङ्ग्रेसका हुन्।यस्तै मन्त्रीहरूलाई पनि राजीनामा नदिन भनेको बताइएको छ। ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा अहिले ५२ जना प्रदेश सभा सदस्य…

Read More

धनगढी : नयाँ सत्ता समीकरण बनेसँगै दलहरूबीच शक्ति बाँडफाँटको विषयमा छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा थप दललाई जोड्न र मन्त्रिपरिषद् विस्तार गर्न छलफल थालेका छन् । गठबन्धनका दलहरूबीच मन्त्रालय बाँडफाँटको बहस सुरु भएको छ । गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चारवटा मन्त्रालय दाबी गरेको छ । रास्वपाकाबाट उपसभापति डोलप्रसाद अर्याल सोमबार नै बिनाविभागीय मन्त्री बनिसकेका छन् । रास्वपाका सभापति रवि लामिछाने उपप्रधानसहित गृह मन्त्रालय लिएर सरकारमा जाने अडानमा छन् । ‘शीर्ष नेताहरूबीच कुरा भइसकेको छ । उपप्रधानसहित गृहमा सभापति आफैं जानुहुन्छ,’ रास्वपाका एक सांसदले भने, ‘अहिले उहाँ सरकारमा नजाने भन्ने छैन ।’ ती सांसदका…

Read More

महेन्द्रनगर : नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले आगामी छ महिनाभित्र कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाहको काम अघि बढ्ने बताएका छन् । कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय औद्यागिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्दै प्रमुख सचेतक लेखकले भारतको सहयोगमा निर्माण गरिने सुक्खा बन्दरगाह बनाउने विषयमा भारतसित सम्झौता भएर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनिसकेको बताए । “ ६ महिनाभित्र सुक्खा बन्दरगाह निर्माणको काम अघि बढ्नेमा विश्वस्त छु,” उनले भने, “आज नयाँ गठबन्धन बनाएका प्रधानमन्त्रीजीले नै गत वर्ष यही महोत्सवमा आएर पनि भनेर जानुभएको हो ।” उनले आज राजनीतिक परिर्वतन भएको बताउँदै नयाँ बनिरहेको गठबन्धनका…

Read More

धनगढी : कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन् । उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए । तलबभत्ता रोकिएपछि दैनिक जनजीवन चलाउन मुस्किल हुन थालेको उनीहरूको भनाइ छ । “आएको तलबभत्ताबाटै घर खर्चदेखि बालबालिकाको विद्यालयको शुल्कलगायत आधारभूत खर्चको जोहो गर्नुपर्ने बाध्यता छ । त्यो भन्दा अरु आयस्रोत हामीसँग छैन ।” गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी प्रमोद कठरियाले भने, “समयमा पैसा नआएपछि जनजीवन चलाउन समस्या हुन थालेको छ । घर–व्यवहार चलाउन मुस्किल हुँदै गएको छ भने बैंकको ब्याज तिर्न सकिएको छैन ।” सङ्घीय तहबाट स्थानीय तहमा समायोजन भएर आएका स्वास्थ्यकर्मीले पाउँदै आएको तलबभत्ता गाउँपालिकाले…

Read More

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फोन गर्दै स्वास्थ्यलाभ कामना गरेका छन् । उनले नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड आउँदै गरेको भन्दै उनले अघि बढाउने प्रस्तावमा आफ्नो पनि सहमति रहेको बताए । अस्वस्थताले केही दिनयता कोटेश्वर निवासमा आराम गरिरहेका नेपाललाई आइतबार साँझ ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाटै फोन गरेका थिए । ओलीले नेपाललाई फोन गर्दा प्रधानमन्त्री प्रचण्डसहित माओवादी र एमालेका केही नेता पनि साथै थिए । कुराकानीमा सहभागी माओवादी उपमहासचिव वर्षमान पुनका अनुसार आइतबार साँझ ओलीले नेपाललाई फोन गर्दै भने, ‘स्वास्थ्यलाभको कामना छ । म बाहिर जानुपर्ने भएकाले तपाईंलाई भेट्न आउन सकिनँ । प्रधानमन्त्रीजी त्यहाँ…

Read More