धनगढी : यो वर्षको भाइटीकाकाे शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिले सोमवार एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो। यो वर्ष भाइटीका कार्तिक २९ गते बुधवार परेको छ। ‘भाइटीकाको शुभ साइत कार्तिक २९ गते बुधवार बिहान १०ः५१ बजे रहेको जानकारी गराइन्छ,’ समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार कात्तिक २५ गतेदेखि शुरू हुँदैछ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : विश्वकपमा भारतसँगको लज्जास्पद हारको केही दिनपछि श्रीलङ्काका खेलमन्त्री रोशन रणसिङ्घेले सोमवार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरे। व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक सङ्कटमा परेको देशको सबैभन्दा धनी खेल संस्था श्रीलङ्का क्रिकेट बोर्ड र मन्त्रीबीच विवाद कायम छ । श्रीलङ्काको सन् १९९६ विश्वकप विजेता कप्तान ५९ वर्षीय अर्जुना रणतुङ्गालाई नयाँ अन्तरिम बोर्डको अध्यक्षमा नियुक्त गरिएको खेलमन्त्रीको कार्यालयले जनाएको छ। कोलम्बोमा मन्त्री रणसिङ्घले भने, ‘पूर्वकप्तान रणतुङ्गा क्रिकेटलाई पुनःजीवन दिन सबैभन्दा उपयुक्त व्यक्ति हुन्थ्यो, टिमलाई राम्रो प्रदर्शन गराउनु प्राथमिकता हो।’ उनले भ्रष्टाचारको अनुसन्धानमा सहयोगका लागि सात सदस्यीय प्यानलमा तीन जना न्यायाधीशलाई समावेश गरिएको जानकारी दिनुभयो । रणतुङ्गाले क्रिकेट पुनःनिर्माणको चुनौती स्वीकार गरेको…
काठमाडौं : सुर्खेतबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा जाने र आउने घाइते तथा कुरुवालाई निःशुल्क यातायात सुविधा उपलब्ध हुने भएको छ । सुर्खेतस्थित संयुक्त यातायात व्यवस्थापन कमिटिको बैठकले यस्तो निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कर्णाली प्रदेश संयोजक रमेशकुमार सापकोटाले जानकारी दिए ।
महोत्तरी : जलेश्वर नगरपालिका- ८ रतवारा गाउँमा गए राति डाकाहरुको समूहले बन्दुकको आडमा ५० लाख बढीको लुटपाट गरेका छन्। जयकिशोर चौधरीको घरमा गए राति १ः३० बजे पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश गरेका नकाबधारी पाँच डाकाको समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए। डाकाहरुले घरधनी ५० वर्षीय जयकिशोर चौधरी, ४८ वर्षीय उनकी पत्नी सीमा, ६७ वर्षीय बुवा भुवनेश्वर र ६५ वर्षीया आमा शैलदेवी चौधरीमाथि पेस्तोल देखाउँदै नियन्त्रणमा लिएर सबैलाई भान्सा कोठामा बन्द गरेका थिए। मल्लका अनुसार कोठाभित्र रहेका दराज, बक्सालगायत तोडफोड गरी लाखौँको सुन, चाँदी र नगद लुटपाट गरेका छन्।…
सिरहा : गोबजार नगरपालिका–३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। विद्यालयको निमार्णधीन तेस्रो तल्लाको सभाहलमा झुण्डिएको अवस्थामा आइतबार साह भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता तथा प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए। मिर्चैया नगरपालिका–६ निवासी प्रधानाध्यापक साहको मोटरसाइकल विद्यालयमै भेटिए पनि उहाँ नभेटिएपछि लामो समयसम्म खोजी भएको थियो। खेजीको क्रममा शिक्षक साह विद्यालयमै झुण्डिएको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बिहानै विद्यालय पुगेका शिक्षक साह किन झुण्डिएको भन्ने विषयमा अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ।
डडेल्धुराः ६ दिन अघि डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिका–५ बगरकोट रोडमा ३ वटा पसल तोडफोड भएर चोरी भयो। २ दिन अघि मात्रै बगरकोट रोडस्थित कर्णसिंह रावल उर्फ ‘मम्याल बाजे’को घरमा डेरा गरी बस्नेहरूको कोठामा तोडफोड गरेर चोरी भयो। ४ दिन अघि अमरगढी नगरपालिका–५ विद्युत रोडमा रहेको तारा बोहराको घरमा बस्ने उत्तमसिंह कार्कीको कोठाबाट साढे पाँच तोला सुन चोरी भयो। तर, प्रहरीले भने चोर पत्ता लगाउन सकेको छैन्। जिल्ला सदरमुकाममै राती चोरी हुन थालेपछि स्थानीय सशंकित छन्। चोरीका घटना बढेपछि स्थानीय निरज रावलले जिल्ला सदरमुकाममै प्रहरीले सुरक्षा दिन नसकेको हो ? भनि आक्रोश पोखे। यता, डडेल्धुरा प्रहरीले भने चोरीका घटनामा अनुसन्धान जारी…
जाजरकोट : जाजरकोट रामीडाँडामा शुक्रबार राति गएको भूकम्पमा परी ज्यान गुमाएका १ सय ५३ जनामध्ये १ सय ४७ जनाको अन्तिम संस्कार गरिएको छ। भूकम्पमा परी ज्यान गुमाएका जाजरकोटका १ सय १ जनामध्ये ९५ जनाको शव आफन्तले बुझेर अन्तिम संस्कार गरेका छन्। यसअघि जाजरकोटका तीन पालिकामा १ सय ५ जनाको मृत्यु भएको भनिए पनि मृतकको संख्या भने घटेको छ मृतक चार जनाको नामावली दोहोरो परेको पाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष रोकाका अनुसार ६ जनाको शव आफन्तले अझै बुझेका छैनन्। यस्तै, रुकुम पश्चिममा मृत्यु भएका ५२ जनाकै आफन्तद्वारा अन्तिम संस्कार गरिएको छ। जिल्ला प्रहरी…
जाजरकोट : जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा सङ्ख्या बालबालिका रहेको पाइएको छ। प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका एक सय ५७ मध्ये ७८ बालबालिका रहेका छन्। जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाको भूकम्पमा परी मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिए। उनका अनुसार दुवै जिल्लामा गरी मृत्यु हुने झण्डै आधा बालबालिका रहेका छन्। जाजरकोटमा मृत्यु भएका एक सय पाँचमध्ये बालक २७ र बालिका २३ जना रहेका रोकाले बताए। रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकामा २८ बालबालिकाले रहेका जिल्ला प्रहरी प्रमुख…
कञ्चनपुर : पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटकको सङख्या बढ्न थालेको छ। इस्वी सम्बत्को अक्टोबर महिनासम्म आठ सय ८७ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। गत वर्षको डिसेम्बर महिनासम्म पाँच सय ४२ पर्यटक भित्रिएका थिए। गत वर्षभन्दा यस वर्षको अक्टोबरसम्म मात्रै तीन सय पाँच बढी पर्यटक भित्रिएका हुन्। कोरोनाको सङ्क्रमण घटदै गएसँगै आवतजावतका लागि वातावरण सहज भएकाले विदेशी पर्यटक आउने क्रम बढदो रुपमा रहेको हो। भारतबाट स्थलमार्ग हुदै सीमा नाकाबाट भित्रिने पर्यटकमा फ्रान्स, इजरायल, रुस, संयुक्त अधिराज्य (युके), संयुक्त अधिराज्य अमेरिका, जापानलगायत युरोपेली मुलुकका रहेका छन्। गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अधिकृत पदमराज भट्टका अनुसार सबैभन्दा बढी पर्यटक अक्टोबर महिनामा एक सय…
डडेल्धुरा : डडेल्धुरा सदरमुकाम क्षेत्रको सडक विस्तारका लागि सडक क्षेत्रमा पर्ने संरचना भत्काउन सुरु गरिएको छ। सोमबार अमरगढी नगरपालिकाले सडक क्षेत्रमा पर्ने संरचना हटाउन डोजर चलाएको हो। घरधनीले मुआब्जा पाएको महिनौं पुगे पनि सडक क्षेत्रमा पर्ने संरचना भत्काउन अटेरी गरेपछि अमरगढी नगरपालिकाले डोजर चलाएको नगरपालिका–५ का वडाअध्यक्ष टंकबहादुर क्षेत्रीले जानकारी दिए। वडा कार्यालय र नगरपालिकाले पटकपटक आग्रह गर्दा पनि बेवास्ता भएपछि १३ गते सात दिनको म्याद दिएर अन्तिम पटकका लागि संरचना हटाउन नगरपालिकाले सूचना जारी गरेको थियो। ‘सडक क्षेत्रमा पर्ने संरचना नहटाएपछि बाध्य भएर डोजर लगाएका हौं। डोजर लगाएर सडक र बजार व्यवस्थित गर्ने कार्यमा लागेका छौं,’ उनले भने। सदरमुकामको…