जाजरकोट : जाजरकोट रामीडाँडामा शुक्रबार राति गएको भूकम्पमा परी ज्यान गुमाएका १ सय ५३ जनामध्ये १ सय ४७ जनाको अन्तिम संस्कार गरिएको छ।
भूकम्पमा परी ज्यान गुमाएका जाजरकोटका १ सय १ जनामध्ये ९५ जनाको शव आफन्तले बुझेर अन्तिम संस्कार गरेका छन्। यसअघि जाजरकोटका तीन पालिकामा १ सय ५ जनाको मृत्यु भएको भनिए पनि मृतकको संख्या भने घटेको छ मृतक चार जनाको नामावली दोहोरो परेको पाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष रोकाका अनुसार ६ जनाको शव आफन्तले अझै बुझेका छैनन्।
यस्तै, रुकुम पश्चिममा मृत्यु भएका ५२ जनाकै आफन्तद्वारा अन्तिम संस्कार गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुकम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज भट्टाईले मृतकहरूको आइतबार नै अन्तिम संस्कार गरिएको बताए।
हेर्नुहाेस् विवरण :
Facebook Comments Box