Author: महेन्द्रनगर पोष्ट

धनगढी: दार्चुलामा बाघको छालासहित एक युवा समातिएका छन्। आज (आइतबार) जिल्ला प्रहरी कार्यालय दार्चुला र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले बाघको छालासहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाघको छालासहित नौगाड गाउँपालिका ४ सिफ्टी बस्ने अन्दाजी ३६ वर्षीय शेरसिंह धामी पक्राउ परेका हुन्। उनलाई २ थान छालासहित मार्मा गाउँपालिकाबाट समातेको बताइएको छ। अहिले घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : पछिल्लोसमय एकपछि अर्को व्यक्तिसँग विवादित सम्बन्धका कारण नाम जोडिदै चर्चामा आएकी धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका-७ स्थायी घर भएकी जानुका पाठक उर्फ ‘शोभा’को अर्को कनेक्सन खुलेको छ। ३१ वर्षीया शोभाले चौथोपटकसम्म बिहे गरेकोदेखि अनेक षडयन्त्र गरेर विभिन्न उच्च ओहदाका व्यक्तिलाई हनीट्रयापमा पारेकोबारे विविध कुराहरु यस अगाडि नै खुलिसकेका छन्। शोभाले विगतदेखि नै विभिन्न व्यवसायी, राजनीतिक दलका नेता तथा सुरक्षाकर्मीसहित विशिष्ट व्यक्तिहरुसँगको सम्बन्ध जोडेर फाइदा उठाउने गरेको पाइएको थियो। जसमा शोभाले डडेल्धुरा अस्पतालका पूर्वध्यक्ष लक्ष्मण सिंहदेखि मधेश दलका एक पूर्वमन्त्री र माउन्टेन टेलिभिजनका सञ्चालक राजु कँडेलसमेतलाई दुस्ख दिएको प्रमाणहरुसहित महेन्द्रनगरपोष्टले खुलासा गरिसकेको छ। उनै शोभाको थप अर्को विवादित कनेक्सन फेला…

Read More

धनगढी: सुदूरपश्चिमस्थित उच्च अदालत दिपायलका रजिस्ट्रार भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। आइतबार विशेष अदालतले रजिस्ट्रार रणबहादुर कटवाललाई रकम हिनामिना गरेको भन्दै भ्रष्टाचारी ठहर गरेको हो। न्यायाधीशद्वय खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले कटवाललाई ९ महिना कैद र चार लाख ९८ हजार रुपैयाँभन्दा बढी जरिवाना तोकेको हो। कटवालले श्रीमतीको नाममा काल्पनिक कागजात तयार गरी हलुका सवारीचालक र कम्प्युटर अपरेटरका रूपमा करारमा राखी त्यसबापत पारिश्रमिक भुक्तानी लिने प्रयास गरेका थिए। त्यसक्रममा एक लाख १२ हजार रुपैयाँका लागि लेखा शाखामा प्रस्तुत गरेको भेटिएको थियो। साथै, विभिन्न शीर्षकमा उनले अदालतबाट झन्डै पाँच लाख रुपैयाँ हिनामिना गरेको भेटिएको थियो। त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६…

Read More

धनगढी : अछाममा आफ्नै बाबुले छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ। हिजो (शनिबार) मंगलसैन नगरपालिका वडा नम्बर १४ मा ३५ वर्षीय बाबुले १२ वर्षीया छोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। नाबालिका छोरी बलात्कारको आरोपमा ३५ वर्षीय बाबुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। शनिबार साँझ ४ बजेतिर छोरीलाई बाबुले घरभित्रै मादक पदार्थ सेवन गरेर बलात्कार गरेको प्रहरीले जनाएको छ। घरमै रहेकी आमाले घटना थाहा पाएपछि प्रहरीले जानकारी पाएको थियो। अहिले बाबुलाई नियन्त्रणमा लिइएको र म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक…

Read More

काठमाडौं : विभिन्न उच्चपदस्थ व्यक्तिहरुसंग जोडिएर चर्चामा आएकी जानुका उर्फ शोभा पाठकले ‘डिर्भोस’पछि ‘कुमारी रहेको प्रमाणपत्र बनाएको भेटिएको छ । पटकपटक बिहे गर्दै डिर्भोस गर्दै आएकी उनले अन्ततः अविवाहित रहेको सिफारिस बनाएर प्रयोग गरिरहेको भेटिएको हो । धादिङ ज्वालामुखी ७ की शोभाले पहिलो बिहे २०७० भदौ ११ गते शिवराम भण्डारीसँग गरेकी थिइन् । शोभाको फेरि २०८० सालको वैशाख १४ गते आफूभन्दा निकै कान्छा कालिकोटका २६ वर्षीय कपिलबहादुर शाहीसँग बिहे गरेकी थिइन् । तर, गत पुस २९ गते उनले डिर्भोस गरेकी थिइन् । यसविचमा शोभाले अन्य दुईजनासँग बिहे गरेको चर्चा छ । उनले पटकपटक गरेको बिहे दर्ता र डिर्भोस प्रमाणपत्र सञ्जालमा…

Read More

काठमाडौं : गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई अनुहार, पद, प्रतिष्ठा नहेर्न आग्रह गरेका छन् । उनले प्रमाण जुटाउँदै निष्पक्ष भएर अनुसन्धान तथा कारवाही गर्नुपर्ने सल्लाह दिए । प्रहरी मुख्यालय निरीक्षणपछि उच्च प्रहरी अधिकृतहरुलाई निर्देशन गर्दै उपप्रधानमन्त्री लामिछानेले भने, ‘तपाईंहरुलाई देख्दा बदमासहरूलाई डर होस् र आम सर्वसाधरणलाई भर होस् ।’ उनले मीटरब्याज र सहकारी पीडितहरूको समस्या ठूलो चुनौति रहेको उल्लेख गर्दै आर्थिक अपराध, ठगी, साइबर क्राइम लागूऔषध कारोबारलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिएका छन् । मन्त्री लामिछानेलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेको बताइन्छ ।

Read More

धनगढी : धनगढीमा जंगली बदेल र चित्तलको ६१ किलो मासु बरामद गरिएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी कैलाली गाउँबाट खटिएको टोलीले आइतबार धनगढी उपमहानगरपालिका–१३ बाट ६१ किलो मासु बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले से २ प ३७९६ नम्बरको मोटरसाइकलमा बेवारिसे अवस्थामा उक्त मासु बरामद गरिएको जानकारी दिए । उनकाअनुसार जंगली बदेलको जस्तो देखिने ३८ किलो र चित्तलको जस्तो देखिने १६ किलो गरेर ६१ किलो मासु बरामद गरिएको हो । जसमा ७ किलो आन्द्रा, भुडीसहितकाे रहेकाे छ । बरामद गरिएको मोटरसाइकल र मासु आवश्यक कारवाहीका लागि डिभिजन…

Read More

धनगढी: एमाले बैतडीको नवौं अधिवेशनको तयारी पूरा भएको छ। भोलिदेखि पाटनमा शुरु हुने जिल्ला अधिवेशनको तयारी पूरा भएको हो। अधिवेशनको उद्घाटनका लागि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बैतडी पुगिसकेका छन्। अधिवेशनका लागि ६ सय ३१ प्रतिनिधि छनौट भएका छन्। यस्तै अधिवेशनबाट अध्यक्ष बन्नका लागि आधा दर्जन जतिले इच्छा प्रकट गरेका छन्। जसमध्ये युवा तथा विद्यार्थी नेता एवं अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष गोविन्द गिरीले आफ्नो सशक्त दाबेदारी रहेको महेन्द्रनगरपोष्टलाई बताए। उनले आफू उम्मेदवार रहने बताउँदै सहमतिमै नेतृत्व चयनको प्रयास गरिने जनाए। उनी युवाहरू माझ लोकप्रिय मानिन्छन्। उनीसहित नरेश विक, लोकेन्द्र भण्डारी, नरेन्द्र बिष्ट र हजारी साउँद लगायतले पनि अध्यक्षमा आकांक्षा देखाएको बताइन्छ।

Read More

काठमाडौं : स्वार्थको मन्त्रालय जोडिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डिपी अर्याललाई तत्काल मन्त्रालय हेरफेर गर्नुपर्ने भन्दै प्रधानमन्त्री कार्यालयमा निवेदन परेको छ। निवेदन युवराज सफलले आज प्रधानमन्त्री कार्यलय सिंहदरबारमा पुगेर दिएका हुन्। उनले निवेदनमा रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको निज गृहमन्त्रीमा रहदा आफ्नो राहदानी सम्बन्धी मुद्धाको अनुसन्धान प्रभावित पार्ने एवम् प्रमाण नष्ट गर्ने संभावना देखिएको तथा सहकारी ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेकोले उनी गृहमन्त्री हुँदा अनुसन्धान प्रभावित र प्रमाण नष्ट गर्न सभावना देखिएको बताएका छन्। त्यस्तै, निज रवि लामिछानेमाथि सम्पत्ति शुद्धिकरण विभागले समेत अकुत सम्पत्ति कमाएको आरोपमा आवश्यक अनुसन्धान एवम् छानविनसमेत गरिरहेकोले उनी तत्काल पदमा रहिरहन…

Read More

काठमाण्डौ: युक्रेन युद्धमा रुसी सेनाको तर्फबाट भारतीयहरु पनि भिडिरहेको जनाइएको छ। दर्जनौं भारतीय रुसी सेनामा भर्ति भएको र यसबीच दुई जनाको मृत्यु भएको समाचार छ। भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले यसबारे रुससँग कुरा भइरहेको र रुसी सेनामा भारतीयलाई भर्ना नगराउन आग्रह गरिएको जानकारी दिएका छन्। संघीय अनुसन्धान एजेन्सी र केन्द्रीय अनुसन्धान ब्यूरोले भारतबाट मानव तस्करी गरेर रुस पुर्याइएको र सेनामा भर्ना गराइएको तथ्य फेला पारेको विदेश मन्त्रालयले बताएको छ। सञ्चार माध्यमहरुका अनुसार कम्तीमा तीन दर्जन भारतीय रुसी सेनामा भर्ना भएका छन्। उनीहरुलाई पहिले डेलिभरी ब्वाई र हेल्परको रुपमा लगिएको पाइएको छ। तर, सोही उद्देश्यमा मस्को पुगेका भारतीयहरुले रुस सरकारले आफूहरुलाई स्थायी…

Read More