Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको आइतबार दिउँसो २ बजेका लागि बोलाइएको विशेष अधिवेशनको पहिलो बैठक स्थगित भएको छ। सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुख नजिर मियाँले विशेष अधिवेशन आह्वान सम्बन्धि पठाएको पत्र बैठकमा सुनाउँदै बैठक स्थगित भएको जानकारी गराए। उनका अनुसार अर्को सूचना नआउञ्जेलसम्म प्रदेश सभा बैठक स्थगित भएको हो। बजेट अधिवेशन अन्त्य गर्दै मुख्यमन्त्री सोडारी अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा रहँदा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदले गत शुक्रबार प्रदेश प्रमुख मियाँलाई विशेष अधिवेशन आह्वान गर्न लिखित अनुरोध गरेका थिए।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रालय सङ्ख्या घटाएको छ । १० वटा मन्त्रालय बनाइएकोमा मन्त्रालय सङ्ख्या घटाइएर ७ वटा मन्त्रालय सङ्ख्या कायम गरिएको हो । मन्त्रिपरिषदको साउन ६ गते बसेको बैठकले मन्त्रालय सङ्ख्या घटाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता समेत रहेका जलस्रोत तथा सहरी विकास मन्त्री अक्कल रावलले जानकारी दिए । मन्त्री रावलले भने, ‘त्यतिबेला हामी नेकपा एमाले सरकारमा हुँदा एमालेकै दबाबमा मन्त्रालय सङ्ख्या बढाएका थियौ । जुन अनुपयुक्त थियो । जुनकारण पहिलेकै मन्त्रालय कायम राख्ने निर्णय भएको छ ।’ सो निर्णय प्रदेश प्रमुख नजिर मियाँबाट प्रमाणीकरण हुन भने बाँकी रहेको बताइएको छ । एमाले, माओवादी, एकीकृत समाजवादी, नाउपा (रञ्जिता…

Read More

काठ्माडौं : पछिल्लो समय नेपालमा पुरुषहरुमा बाँझोपन बढ्दै गइरहेको छ । लामो समयदेखि निसन्तान दम्पतीलाई सन्तान सुख प्रदान गर्दै आएकी प्रजनन् विशेष डा.नेहा हुमागाईंले पुरुषको समस्यालाई ढाकछोप गर्ने र बाँझोपन महिलाको मात्रै समस्या हो भन्ने भ्रमबाट समाज बिस्तारै बाहिर निस्कँदै गएको बताउँछिन्। विश्वभरि नै शुक्रकीटको मात्रा खस्किरहेको र निसन्तानपनको प्रमुख कारण बन्दै गएको उनको तर्क छ। ‘बाँझोपनाको लगभग आधाभन्दा धेरै समस्या पुरुषमा हुन्छ। बाँझोपनको समस्यामध्ये झण्डै ७५ प्रतिशत पुरुषमा हुन्छ। डा.नेहा भन्छिन्, ‘तर महिला बाँझोपनाको तुलनामा पुरुष बाँझोपनाको चर्चा कम हुने गर्छ। चर्चा भएसँगै पुरुषहरूले पनि बाँझोपनको समस्या स्वीकार गर्न थालेका छन्।’ पछिल्ला केही वर्षयता बाँझोपनको समस्या ह्वात्तै बढेको उपचारमा…

Read More

काठमाडौँ : प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने भएका छन् । बैठकको कार्यसूचीअनुसार सांसदहरूको मौखिक प्रश्नको जवाफ मन्त्रीहरूले दिनेछन् । स्वास्थ्य तथा जनसङ्ख्या, बन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् । बैठकमा सभामुखले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ । सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची छ । त्यस्तै प्रतिमा गौतमले “डेंगीको प्रकोप तीव्र रूपमा देशभरि फैलिई जनस्वास्थ्य सङ्कट उत्पन्न…

Read More

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। यतिबेला (मंगलबार बिहान) देशभरको मौसम साधारणदेखि पूर्णतया बदली छ। बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।…

Read More

धनगढी : कैलालीमा सञ्चालित दुई सय ८९ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कच्चापदार्थ अभाव, उत्पादित सामग्रीले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायतका कारण ती उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । कतिपय उद्योग सञ्चालक रोजगारीका लागि वैदेशिक रोजगारीमा गएकोसमेत देखिएको छ । कार्यालयका लेखा अधिकृत टिकेन्द्रप्रसाद जोशीले खाने तेल, सिमेन्ट ब्लक, पोल्ट्रीफार्म, ब्युटीपार्लर जस्ता घरेलु उद्योग बन्द भई खारेजीमा परेको जानकारी दिए । पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्य रूपमा बढ्दै गएको छ । महिलाका नाममा प्राइभेट फार्म दर्तामा छूटको व्यवस्था गरिएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको हो । रू एक करोड सम्मको…

Read More

काठमाडौं : पोखरास्थित एक क्लबभित्र घुसेपछि विवादमा आएका डिएसपी हेडक्वाटर तानिएका छन्। बर्दि लगाएर मदिराले लठ्ठिएर ब्रेथलाइजर र ट्राफिक प्रहरीसहित क्लबभित्रै छिरेका वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी राजेन्द्र कुमार श्रेष्ठ हेडक्वाटर तानिएका हुन्। विवादमा आएपछि प्रहरी प्रधान कार्यालयले उनलाई तानेको हो। स्रोतका अनुसार उनीविरुद्ध प्रहरी प्रधान कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृहमन्त्रालयमा समेत उजुरी पुगेको थियो। अहिले उनको ठाउँमा डिएसपी सन्तोष निरौलालाई खटाइएको छ।

Read More

धनगढी : मोहना नदीमा आएको बाढीमा फसेका २५ जनाको सकुशल उद्धार गरिएको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१४ का वासिन्दाहरु नदि पार गरी घाँस काट्न गएकोमा सो नदिमा एक्कासी पानीको बहाव बढेपछि अलपत्र परेका थिए । उनीहरुको सशस्त्रको बिओपी फुलवारीले रबर बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो ।

Read More

काठमाडौं : नेपाल प्रहरीको प्राविधिक तर्फका ६ जना वरिष्ठ हवल्दार असई बढुवाका लागि सिफारिस भएका छन् । आज बसेको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो । सिफारिस हुनेमा संजिव श्रेष्ठ,गौतमराज गुरुङ,पदम बहादुर पुन, श्यामसुन्दर कुर्मी, दिनेश खड्का र दिपक चौलागाई रहेका छन् ।

Read More

धनगढी : दार्चुलामा घाँस काट्दै गर्दा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका(१ काँटैकी सरिता साउँदको मृत्यु भएको हो। साउँदको आइतबार घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको उनका आफन्त दीपकबाबु साउँदले बताए। यस्तै कञ्चनपुरमा एक १८ वर्षीया किशोरी बेपत्ता भएकी छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० झलारीकी १८ वर्षीया ममता नेपाली बेपत्ता भएकी हुन्। अहिले प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ।

Read More