धनगढी : सुदूरपश्चिम प्रदेश सभाको आइतबार दिउँसो २ बजेका लागि बोलाइएको विशेष अधिवेशनको पहिलो बैठक स्थगित भएको छ।
सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुख नजिर मियाँले विशेष अधिवेशन आह्वान सम्बन्धि पठाएको पत्र बैठकमा सुनाउँदै बैठक स्थगित भएको जानकारी गराए। उनका अनुसार अर्को सूचना नआउञ्जेलसम्म प्रदेश सभा बैठक स्थगित भएको हो।
बजेट अधिवेशन अन्त्य गर्दै मुख्यमन्त्री सोडारी अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा रहँदा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदले गत शुक्रबार प्रदेश प्रमुख मियाँलाई विशेष अधिवेशन आह्वान गर्न लिखित अनुरोध गरेका थिए।
Facebook Comments Box