धनगढी : दार्चुलामा घाँस काट्दै गर्दा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका(१ काँटैकी सरिता साउँदको मृत्यु भएको हो।
साउँदको आइतबार घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको उनका आफन्त दीपकबाबु साउँदले बताए।
यस्तै कञ्चनपुरमा एक १८ वर्षीया किशोरी बेपत्ता भएकी छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० झलारीकी १८ वर्षीया ममता नेपाली बेपत्ता भएकी हुन्। अहिले प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ।
Facebook Comments Box