काठमाडौं : यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०ः५१ बजे परेको छ। नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिले एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएको हो। हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ। टीका लगाउन साइत हेर्ने चलन रहेको छ। तर, साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म लगाउने प्रचलन पनि रहेको छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौ : राष्ट्रपति रामचन्द्र पौडेलले एक साताभन्दा लामो युरोप भ्रमण अन्तिम समयमा स्थगित गरेका छन् उनी आज जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा जाँदैछन्। १६ कात्तिकको मन्त्रिपरिषद् बैठकले २२ देखि १ मंसिरसम्मका लागि राष्ट्रपतिको भ्रमण स्वीकृत गरेको थियो। देशमा भूकम्पका कारण सयौँ नागरिकको ज्यान गएर शोकमग्न भएका बेला विदेश जान लागेको भन्दै आलोचना भएपछि पौडेलले भ्रमण स्थगित गरेका हुन्। पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति पौडेल आज बिहान सबा १० बजे भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिमसहितका क्षेत्रमा जाने जानकारी दिए।
डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिकाले मालमवासीसँग फोहोर व्यवस्थापन गर्न भन्दै मागेको तीन महिना सकिएको छ। आफ्नो घरजाने सडक(मालम दोबाटो) छेउमै नगरपालिकाले फोहोर फाल्ने गरेको भन्दै अमरगढी–१ मालम गाउँबासीले साउन २२ गते आन्दोलित बनेका थिए। उनीहरुले बसपार्कबाट जुलुस निकालेर नगरपालिकानै घेरेपछि फोहोर व्यवस्थापन सम्बन्धमा आन्दोलनरत पक्ष र अमरगढी नगरपालिकाबीच दुई बुँदे सहमति भएको थियो। अमरगढी नगरपालिका र मालमबासी मिले, यस्तो भयो सहमति सहमतिअनुसार फोहोरमैला व्यस्थापनका लागि नगरपालिकाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश भएको प्रस्ताव तत्काल स्वीकृतका लागि पहल गरी यथासक्य छिटो उक्त फोहोर व्यवस्थापन गर्ने भनिएको थियो। त्यस्तै हाल अमरगढी नगरपालिकाले फोहोरमैला व्यस्थापनका लागि प्रयोग गरिरहेको स्थानलाई थप व्यवस्थापन गरी…
काठमाडौँ । तीन करोडभन्दा बढी लगानीमा सञ्चालनमा आएको त बस सेवा अलपत्र परे पनि सडक विभागले त्यसलाई प्रभावकारी बनाउने भन्दै करिब २० लाख रूपैयाँ थप खर्च गर्ने तयारी गरेको छ । बस सेवाका लागि रातो रंग लगाउन र संकेत अक्षर राख्न तीन करोड १० लाख रूपैयाँ भुक्तानी गर्न चारवटा कम्पनीबाट सडक विभागमा बिल पेस भइसकेको छ । बिल भुक्तानी नहुँदै विभागले द्रुत बस सेवा रुटमा डिभाइडर राख्न अरू २० लाख खर्च गर्ने भएको हो । द्रुत बस सेवा रुटलाई डेडिकेटेड (छुट्टै लाइन) बनाउन विभागले करिब ६ सय वटा गहुँगो किसिमका डिभाइडर खरिद गर्ने भएको छ । एउटा डिभाइडरको बजार मूल्य तीन…
काठमाडौँ: हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक-दुई स्थानमा भने मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बुधबार पनि एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
धनगढीः कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिकाको बौनियाबाट उनीहरू पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय, सुखडका अनुसार पक्राउ पनेमा बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का २० वर्षीय उमेश सुनार र वडा नम्बर २ का २२ वर्षीय वीरेन्द्र सिंह रहेका छन्। उनीहरूको साथबाट सोमवार २ सय मिलिग्राम लागुऔषध ९ब्राउनसुगर० समेत प्रहरीले बरामद गरेको छ। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
टीकापुर : टीकापुर अस्पतालमा पहिलो पटक पित्तथैलीको पत्थरीको अप्रेसन गरिएको छ। टीकापुर अस्पतालमा कार्यरत जनरल सर्जन डाक्टर नवीनचन्द्र भट्ट, एनेस्थेसियोलोजिस्ट डाक्टर अनु शर्मा, एनेस्थेसिया सहायक सन्तोष जोशी लगायत स्वास्थ्यकर्मीको टोलीले पित्तथैलीको पत्थरीबाट पीडित टीकापुर नगरपालिका(२ की ३७ वर्षीया रमिता चौधरीको सफल अप्रेसन गरिएको हो । अस्पतालमा रहेको ल्याप्रोस्कोपी दुरविन प्रविधिको प्रयोग गरिएको अप्रेसन गरिएकी चौधरी आज अस्पतालबाट डिस्चार्ज भएकी छन्। उनी लामो समयदेखि पत्थरीबाट पीडित थिइन्। डाक्टर भट्टको नेतृत्वमा दैनिकजसो जनरल अप्रेसनहरू हुँदै आएका छन्। जटिल अप्रेसन मानिने पित्तथैलीको अप्रेसन सफल रुपमा सम्पन्न गर्न सकेको भन्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले अब यस्ता समस्याको नियमित अप्रेसनहरू सुरु गरिने बताए…
नयाँ दिल्ली : भारतकाे नयाँ दिल्लीमा एक साताका लागि निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने घोषणा गरिएको छ। दीपावलीका बेला वायु प्रदूषण अझै बढ्ने आकलन गर्दै विषाक्त धुवाँबाट राजधानीवासीलाई राहत दिने उद्देश्यले नयाँ दिल्लीमा एक साताका लागि निजी सवारीसाधन चलाउन रोक लगाइने अधिकारीहरूले सोमबार घोषणा गरेका छन्। तीन करोड जनसंख्या रहेको दिल्लीलाई प्रत्येक वर्ष हिउँदयामको शुरूमा विषाक्त धुवाँले ढाक्दछ। छिमेकी कृषि प्रधान राज्यहरूमा किसानले पराल जलाएका कारण दिल्लीलाई धुवाँले ढाकेको हो। नयाँ दिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित शहरमध्ये एक मानिन्छ। यहाँको वार्षिक धुवाँ प्रत्येक वर्ष सयौँरहजारौँ मानिसको अकाल मृत्युको कारण बन्ने गर्छ। अहिलेसम्म सरकारको नेतृत्वमा गरिएका प्रयासले वायु गुणस्तरको समस्यालाई सम्बोधन…
काठमाडौं : विहे गर्न लिखित कागज गरेका नेपाल प्रहरीका पूर्वएआइजी रणबहादुर चन्द र स्वःघोषित सामाजिक अभियन्ता तारा बरालले कुरा फेरेकी छन् । उक्त कागजको वैधानिकतामाथि प्रश्न उठाउँदै चन्दले सामाजिक सञ्जालमा लगातार स्टाटस लेखेर बिहे नगर्ने बताएपछि बरालले पनि मन फेरेकी हुन् । आज फेसबुकमा उनले लेखेको लामो स्टाटसमा आफूलाई बिहे गर्ने कुनै रहर नभएको तर चन्दकै आग्रहमा उक्त कागज गरिएको उल्लेख छ । ‘मलाई बिहे गर्नसँग त्यत्रो शोख छैन त्यसमाथि परिवारको सल्लाह बिना अपर्झट गरेको कागजले पछि सम्झिदै लाँदा मलाई नै पारिवारिक, कानुनी तनाव धेरै नै थपिएको थियो’, उनले भनेकी छन्, ‘सबैले सोध्न थालेपछि के गरेँ गरेँ भनेर झनै तनाव…
कैलाली : नेकपा एमाले कैलालीले आयोजना गर्ने तयारी गरिएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम स्थगित गरेको छ । गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर आएको भूकम्पले ठूलो मानवीय क्षति गरेपछि कार्यक्रम स्थगित गरिएको हो । कैलाली एमालेका कार्यबाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले सोमबार एक विज्ञप्ति जारी गरेर पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको जानकारी दिए । उनले पार्टी कमिटीले १ लाख ११ हजार १११ रुपैयाँ भूकम्प पीडितका लागि सहयोग गर्नेसमेत जानकारी दिए ।