Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–३ भन्सार रोडबाट आइतबार एक जना लागुऔषधसहित पक्राउ परेका छन्। गोदावरी नगरपालिका–२ का २७ वर्षीय राजन मल्ल १५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

Read More

अछाम : अछाममा एक कस्मेटिक पसलमा आगलागी भएको छ। जिल्लाको रामारोसन गाउँपालिका–३ मुजाबगर स्थित रतन रावलको ढुङ्गा माटोले बनेको पत्थरले छाएको २ तले ४ कोठे घरको भुईतलामा रहेको कस्मेटिक पसलमा आइतबार आगलागी भएको हो। पसलमा बालेको धूपबाट एक्कासी आगो  सल्केर आगलागी भएको बताइएको छ। आगलागीबाट पसलभित्र रहेका लुगाकपडा, कस्मेटिक सामान गरि अन्दाजी ७५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। उक्त आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो। 

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

काठमाडौं : प्रहरी प्रधान कार्यालयले उमा ज्ञवालीलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा समितिको आइतबार बसेको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङ्गतर्फकी प्रहरी उपरीक्षक (एसपी) ज्ञवालीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो । प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ । उनी नेपाल प्रहरी अस्पताल नर्सिङ विभाग महाराजगंज, काठमाडौंमा कार्यरत छिन् ।

Read More

धनगढी : बझाङको बित्थडचिर गाउँपालिका ९ मा रहेको सुनकुडा माध्यामिक विद्यालयमा विव्यस अध्यक्षका लागि ६१ जनाको उम्मेदवारी परेको छ । कुनै समय जिल्लाको नमुना विद्यालय अहिलेचरम अस्थिरता विवाद र द्वन्द्वमा फसेको छ । फागुन ७ गते अभिभावक भेलाले फागुन १२ गतेभित्र विव्यस गठन गरिसक्ने निर्णय गरेको थियो । जस अनुसार फागुन १२ गते अभिभावक भेला बोलाइयो । तर, स्वार्थ समूहका आ आफ्नै अडान कायम रहे । सहमतिमा विव्यस गठन हुने कुरै भएन । फलस्वरुप ९ सदस्यीय विव्यस गठन गर्नका लागि ६१ जना अभिभावकले नामावली दर्ता गराएका छन् । जसमध्ये अधिकांशको दाबी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नको लागि रहेको छ ।…

Read More

काठमाडौं : डडेल्धुराका विरामिको काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा निशुल्क अपरेशन गरिने भएको छ। कांग्रेस नेता समेत रहेका सांसद डा.सुनिल शर्माको सहयोगमा काठमाडौं मेडिकल कलेज सिनामंगलमा माघ २५ गते डडेल्धुरा अस्पतालमा गरिएको निशुल्क स्वास्थ्य शिविरवाट रिफर भएका विरामीको केएमसीमा निशुल्क उपचार र अपरेशन भइरहेको नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले बताए। आजसम्म २० जना विरामिको विभिन्न रोगको उपचार र अपरेशन निशुल्क भऐको नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले बताए। डडेल्धुराको स्वास्थ शिविरवाट थप उपचार, अपरेसनका लागि रिफर गरेका विरामिको निशुल्क उपचारका लागि सहयोग र समन्वय ऐर र भट्टले गरिरहेका छन्।

Read More

काठमाडौं : रेष्टुरेन्टमा महिलाको गोप्य तस्बिर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डीएसपीविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको छ । डीएसपी तुलसिंह केसीविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर भएको हो । उनी गत ५ फागुनमा स्वयम्भुस्थित रेष्टुरेन्टबाट पक्राउ परेका थिए । एक युवती शौचालयमा गएका बेला बाथरुमको माथिल्लो खुल्ला भागबाट उनले तस्बिर तथा भिडियो खिचेका थिए। युवतीलाई शंका लागेपछि रेष्टुरेन्टमै विवाद गरेकी थिइन् । पछि प्रहरीलाई खबर गरेर पक्राउ गरिएको थियो । डिएसपी केसीले माफी मागे पनि युवतीले उजुरी दिएर उनलाई थुनाएका हुन् । पोखरा बाहिनीमा कार्यरत डिएसपी केसी सशस्त्रका अन्य अधिकृतसहित रेष्टुरेन्टमा बसेर मदिरा पिएका थिए ।…

Read More

काठमाडौँ : नेपाली सेनाका तीनजना उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सेनाको सहायक रथीबाट उपरथीमा बढुवा भएका सुनिल श्रेष्ठ, अनुपजंग थापा र प्रकाश देउजालाई प्रधानसेनापति प्रभुराम शर्माले आज जंगी अड्डामा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उनीहरू नेपाल सरकारको ६ फागुनको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका हुन् । बढुवा भएका उपरथी श्रेष्ठको मध्यपश्चिम पृतनापति, उपरथी थापा राष्ट्रिय सुरक्षा परिषद्‍को सचिवालयको सह–संयोजक र उपरथी देउजा, संभाररथी विभागमा नियुक्त भएका छन् ।

Read More

धनगढी : कैलालीमा नयाँ एसपी आएपछि प्रहरी एक्सनमा उत्रिएको छ । प्रहरी प्रमुखका रुपमा एसपी पदमबहादुर बिष्ट आएपछि जिल्लामा सुरक्षा व्यवस्था तैनाथ पारिएको छ । कैलाली प्रहरीले विभिन्न मुद्दाका १० जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । प्रहरीले दुई सय रुपयाँ जरिवाना तोकेका फरार प्रतिवादीलाई समेत पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको टोलीले विभिन्न ठाउँबाट फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरेर जिल्ला अदालत कैलालीमा बुझाइएको छ । यी हुन् पक्राउ परेका फरार प्रतिवादी १ ला.औ.खैरो हेरोइन मुद्दाको जिल्ला कैलाली गोदावरी न.पा.०२ बस्ने बर्ष ३२ संजय जनाला सुनार १ महिना २०…

Read More

धनगढी : शनिबार राति सुर्खेतमा भएको गोली प्रहारको विषयमा प्रहरीले आफ्नो प्रारम्भिक अनुसन्धानको विवरण सार्वजनिक गरेको छ। आइतबार साँझ पत्रकार सम्मेलन गर्दै सुर्खेत प्रहरीले घटनाको बारेमा जानकारी गराएको हो। वीरेन्द्रनगरमा गएराति साढे ८ बजेको समयमा विनोद गिरीमाथि गोली प्रहार भएको थियो। प्रहरीले घटनामा संलग्न भएका चार जनालाई सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२ बस्ने १८ वर्षीय ईन्द्र विक, १८ वर्षीय भरत भुल, भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगञ्ज जोसीपन मोहल्ला बस्ने १९ वर्षीय रोहित राजपुत र वीरेन्द्रनगर नगरपालिकाका राजन गिरी रहेको प्रहरीले जनाएको छ। यसरी भयो हत्या गर्नेे योजनाकैलालीको गौरीगंगा नगरपालिका–२ बस्ने १८ वर्षीय ईन्द्र विकको घटनामा शंकित…

Read More