Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल प्रहरीले मुद्धा चल्ने प्रहरी कार्यालयहरूमा हिरासतमा पुस्तकालय अभियान सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरी कार्ययोजना, २०८० अन्तर्गत नवप्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अनुरूप फौजदारी कसुरको अनुसन्धान गर्ने प्रत्येक प्रहरी कार्यालयहरूले हिरासत पुस्तकालयको व्यवस्था गर्ने प्रावधान अनुसार अभियान सञ्चालन गरिएको हो । विभिन्न मुद्दाको अनुसन्धान प्रक्रियाको क्रममा आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा पक्राउ परेका व्यक्तिहरूमा सकारात्मक सोचको विकास गर्ने उद्देश्य अभियानको रहेको छ । छोटो समयमा नै अभियान प्रभावकारी हुँदै गएको छ । हालसम्म नेपाल प्रहरीका २२१ वटा मुद्धा चल्ने कार्यालयमध्ये २०० कार्यालयमा हिरासत पुस्तकालय अभियान सुचारू गरिएको छ । ती मध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्तर्गत १९…

Read More

धनगढी : सामाजिक विकास समितिले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. नीरज अर्याललाई हटाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । आज बसेको बैठकले फोहर मैला व्यवस्थापन प्लान्ट खरिदमा अर्याल विवादमा मुछिएको भन्दै छानबिन नहुँदा सम्म अटाउन निर्देशन दिने निर्णय गरिएको हो । उक्त निर्णयमा तीन सांसदले असहमति जनाएका छन् । एमालेका हिरा सार्की, धर्मराज पाठक र निर्मला साउदले नोट अप डिसेन्ट लेखेका हुन् । उक्त विषय छानबिनको लागि काठमाडौँबाट विज्ञ टोली मगाउने पनि समितिले निर्णय गरेको छ । ९ करोड २० लाख बजेट विनियोजन भएको उक्त कार्यक्रममा टीकापुर अस्पताल, महाकाली अस्पताल, बैतडी र बझाङ अस्पताल फोहर…

Read More

धनगढी : धनगढीमा हिजो बिहानै एउटा खबर भाइरल बन्यो। खबर थियो, धनगढीको नयाराम होटलका म्यानेजरसमेत रहेका भाष्कर भट्टले आफ्नी आमालाई फोन गरेर आफूलाई आक्रमण भएपछि लापता भएको। यो खबरपछि जिल्ला प्रहरी कार्यालय कैलालीसहित मातहतको प्रहरी अलर्ट भयो। भट्टको खोजी व्यापक पारियो। उनको मोबाइल लोकेसन ट्रेस गर्नेदेखि विभिन्न कोणबाट खोजी थालियो। प्रहरीलाई १९ वर्षीय भट्टकी आमाले आफूलाई छोराले कञ्चनपुरको डोकेबजारबाट अन्तिमपटक फोन गरेर अब आउँदिन्, मेरो हातखुट्टा काटिएको छ भनेर भनेको भन्ने जानकारी दिएपछि खोजी सुरु गरिएको थियो। त्यसक्रममा उनीबारे थुप्रै असलियत सतहमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, एसपी पदमबहादुर बिष्टले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार आफू बेपत्ता भएको नाटक…

Read More

धनगढीः कैलालीबाट दुई जना फरार दोषी पक्राउ परेका छन्। लागुऔषध र बैँकिङ् मुद्धामा फरार रहेका दुई जना आइतवार पक्राउ परेका हुन्। लागुऔषध मुद्धामा १ महिना २० दिन कैद सजाय भई फरार रहेका गोदावरी नगरपालिका–२ का ३२ वर्षीय संजय सुनार पक्राउ परेका छन्। यस्तै बैँकिङ् कसुर मुद्दामा दोषी गोदावरी नगरपालिका–१० का २४ वर्षीय पवन रावत पक्राउ परेका छन्। रावतलाई अदालतले बैँकिङ् मुद्धामा २ लाख ८५ हजार जरीवाना तोकेको थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए। दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

Read More

काठमाडौँ : झापास्थित दमकको ३ सय ८४ रोपनी ८ आना जग्गा निजीकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कर्मचारी सहित १ सय ८७ जना विरुद्ध मुद्दा दायर गरेको छ । नापी कार्यालय चन्द्रगढीका ९ जना कर्मचारी सहित १ सय ८७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता (सहसचिव) नरहरि घिमिरेले बताए । ६५ जनाले साबिकको नापीमा सरकारी देखिएको जग्गालाई नयाँ नापी हुँदा ‘स्वबासी’ जनाएर निजीकरण गरेको अख्तियारको अनुसन्धान निष्कर्ष छ । आयोगले सुरु जग्गा दर्तावालाहरू केशावती पुरी सहित ६५ जनालाई प्रतिवादी कायम गरेको छ । जग्गा फिर्ता लिने प्रयोजनका लागी ११३ जनालाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ…

Read More

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग २ अनतर्गत घरेलु मैदानमै भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ । घरेलु मैदानमै भएको लिग २ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासागको दुवै खेलमा पराजित भएको थियो । त्रिवि मैदान कीर्तिपुरमा नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । डच टोलीका लागि विक्रमजित सिंहले ९२ बल खेल्दै ७ चौका मदतमा अविजित रहँदै सर्वाधिक ५६ रन बनाए । यस्तै साएब्रान्ड एंगलब्रेक्टले७५ बल खेल्दै ३ चौका मदतमा अविजित ४६ रन बनाए । यो जोडीले तेस्रो विकेटका लागि १०२ रनको साझेदारी…

Read More

काठमाडौं : न्याय परिषदले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न सिफारिस गरेको छ । परिषदको आज आइतबार बसेको बैठकले उनीहरुको आचरण र कार्यक्षमतामा प्रश्न उठाइ बर्खास्तको सिफारिस गरेको हो ।

Read More

दार्चुला : दार्चुलाको महाकाली नगरपालिकामा कार्यरत एक नगर प्रहरी मृत फेला परेकी छिन् । आइतबार दिउँसो महाकाली नगरपालिका- ४ खलंगास्थित डेरा गरी बस्ने वडा नम्बर ८ कि २२ वर्षीया रविना पल्याल कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिए । आफ्नै कोठामा रहेको पंखाको झुण्डिएको अवस्थामा मृत फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

दार्चुला : भारतमा मजदुरीका लागि गएका दार्चुलाका एक जनाको मृत्यु भएको छ । शुक्रबार भारत पिथौरागढ जिल्लाको मुन्स्यारीमा दुहु गाउँपालिका-२ हिकिला बस्ने दानसिंह धामीको खाल्डोमा पुरिएर मृत्यु भएको हो । जग खन्ने क्रममा शुक्रबार बेलुका ढिस्कोले पुरिएर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Read More

काठमाडौं : निर्वाचन आयोगले ०८१ वैशाख १५ गते उपनिर्वाचन गर्ने घोषणा गरेको छ। नेपाल सरकारसँगको परामर्शमा निर्वाचन आयोगले उपनिर्वाचन मिति घोषणा गरेको हो। आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालले २०८१ वैशाख १५ गते शनिबार इलाम र बझाङमा उपनिर्वाचन गर्ने निर्णय भएको जानकारी दिए। इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य रिक्त छ। ०७९ मंसिरमा भएको चुनावमा त्यस क्षेत्रबाट नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए। नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यो क्षेत्र खाली छ। प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ को (१) मा उपनिर्वाचन हुँदैछ। त्यस क्षेत्रमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए। उनको दुर्घटनामा निधन…

Read More