दार्चुला : भारतमा मजदुरीका लागि गएका दार्चुलाका एक जनाको मृत्यु भएको छ ।
शुक्रबार भारत पिथौरागढ जिल्लाको मुन्स्यारीमा दुहु गाउँपालिका-२ हिकिला बस्ने दानसिंह धामीको खाल्डोमा पुरिएर मृत्यु भएको हो ।
जग खन्ने क्रममा शुक्रबार बेलुका ढिस्कोले पुरिएर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
Facebook Comments Box