Author: महेन्द्रनगर पोष्ट

दार्चुला : दार्चुलाको खलंगा सदरमुकाममा रहेको नेपाल भारत अन्तर्राष्ट्रिय सीमा जोड्ने दार्चुला–धारचुला झोलुङ्गे पुलमा आवतजावत बन्द गरिएको छ। पुलको आइतबार दिउँसो २ बजेसम्म मर्मत कार्य हुने भएकाले आवतजावत बन्द गरिएको हो। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गर्दै आज बिहान ९ बजेबाट दिउँसो २ बजेसम्म पुल मर्मत कार्य हुने हुँदा सो समयमा पुल बन्द गर्नुपर्ने भनी भारतीय पक्षबाट जानकारी आएको बताउँदै पुलबाट आवतजावत बन्द गरिएको जनाएको छ।

Read More

काठमाडौं : सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) तुलसिंह केसी नौ दिनदेखि थुनामा छन्। ४ नम्बर बाहिनी पोखरामा कार्यरत केसीलाई प्रहरीले ५ फागुनमा पक्राउ गरेको हो । उनलाई स्वयम्भू प्रहरी वृत्तको थुनामा राखिएको छ। डीएसपी केसीमाथि स्वयभूस्थित न्यु इभन पोइन्ट रेष्टुरेन्ट खाजा खान पुगेकी एक युवतीको गोप्य भिडियो खिचेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो। युवतीले उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। प्रहरीले उनीमाथि वैयक्तिक गोपनीयता सम्बन्धि ऐनअनुसार अनुसन्धान गरेको थियो। वैयक्तिक गोपनीयतासम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार अनुमतिबिना कसैको तस्बिर वा भिडियो खिच्न पाइँदैन। र, यो पनि :अश्लील भिडिओ खिच्ने सशस्त्रका डीएसपी प्रहरी खोरमा

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) खारेज गरिएको छ। स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख (डीआइजी) रबिन्द्र केसीले आरआइटी खारेज गरेका हुन्। आरआइटी संरचना विवादमा तानिएकाले खारेज गरिएको बताइएको छ। हाल एक सईसहित ४ जनाको नेतृत्वमा आरआइटी टोली थियो। यस अगाडी पनि डीआईजी केसीले उक्त टोलीभित्र हेरफेर गरेका थिए। उनले आरआइटी टिमका केही सदस्यलाई रमाना गरेका थिए भने एक जनाको जिम्मेवारी खोसेका थिए। त्यसबेला आरआइटीको इन्चार्जसमेत रहेका वरिष्ठ सई डेनी स्वारलाई जिम्मेवारीबाट हटाएर प्रदेश प्रहरीमै ड्रेसको ड्युटी लगाइएको थियो भने सईद्वय अनिल विष्ट र दिपेन्द्र किमाडीसहित एक हवल्दार शङ्कर कार्कीलाई दरबन्दी भएकै ठाँउ रमाना गरिएको थियो। त्यसबेला डीआइजी केसीले…

Read More

काठमाडौं : आईसीसी लिग-२ अन्तर्गत नेदरल्यान्डसँगको जारी खेलमा नेपाल ४९.३ ओभरमा १७२ रन बनाउँदै अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले जितका लागि नेदरल्यान्ड्सलाई १७३ रनको विजयी लक्ष्य दिएको हो । १७१ रन बनाउँदा नवौँ विकेट गुमाएको नेपालले १७२ रन बनाउँदा दशौँ विकेट गुमाएको हो। दशौँ विकेटका रूपमा करण केसी आउट भएपछि नेपाल अलआउट भएको हो। यसअघि नवौँ विकेटका रूपमा आरिफ शेख आउट भएका थिए। ५० बलको सामना गरेका शेखले २२ रन बनाए। उनको विकेट बिबिएन किङ्ग्माले लिएका हुन्। नेदरल्यान्डसविरुद्ध १३५ रन बनाउँदा नेपालले आठौँ विकेट गुमाएको थियो। आठौँ विकेटका रूपमा गुल्सन झा आउट भएका थिए। उनले…

Read More

सुर्खेत : तरुण दलका जिल्ला सदस्य विनोद गिरीलाई गोली हानेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर-१ कालागाउँ देउती थाननजिकै गएराति ९ बजेतिर भएको घटनामा गिरी चढेको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । गोली हानेको आरोपमा पक्राउ गरिएका चारजनालाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने डीएसपी लक्ष्मण शाहीले नेपाल प्रेसलाई बताए ।प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोलीको खोका र १ थान मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

Read More

काठमाडौं : सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराबाट गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ। आइतबार बिहान सशस्त्र प्रहरीले गाँजासहित को १ च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो।  चतराबाट सूर्यकुण्ड जाने भित्री सडक खण्डमा शङ्कास्पद अवस्थामा रोकी राखेको सो एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३.१३० के.जी. गाँजा सुरक्षा बेस चतराले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताए। बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको जनाएको छ।

Read More

 काठमाडौं : नेकपा एमालेले  छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा एमालेले यस्तो माग गरेको हो । एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र स्वास्थ्य तथा जनसंख्यामन्त्री महेश बस्नेतलाई बर्खास्त गर्नुपर्ने माग राख्दै आएको छ । आकस्मिक समय लिएर एमालेका प्रमुख सचेतक पदम गिरीले विवादित मन्त्रीहरुको सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । उनले भने, ‘हामी कहिले पनि संसद अवरोध होस् भन्ने चाहँदैनौं । तर, प्रतिपक्षले उठाएका विषय नसुन्ने गर्न खोज्दा संसद अवरोध विगतमा भएका छन्,’ विवादित मन्त्रीहरुबारे छिटोभन्दा छिटो प्रधानमन्त्रीले जवाफ दिनुहोस् ।

Read More

काठमाडौं : आईसीसी लिग-२ अन्तर्गत नेदरल्यान्डसँगको जारी खेलमा नेपालले ९३ रन बनाउँदा पाँचौँ विकेट गुमाएको छ। पाँचौँ विकेटका रूपमा दिपेन्द्रसिंह ऐरी आउट भएका हुन् । ११ बलको सामना गरेका ऐरी १ रन बनाउँदै २७.४ ओभरमा रनआउट भएका हुन् । यसअघि नेपालको चौथो विकेटका रूपमा कप्तान रोहित पौडेल आउट भएका थिए । ४० बल खेलेका पौडेल १६ रन बनाउँदै आउट भएका हुन् । पौडेलको विकेट नेदरल्यान्डसका आर्यन दत्तले लिएका हुन् । नेपालले ८७ रन बनाउँदा चार विकेट गुमाएको थियो । त्यस्तै ५४ रन बनाउँदा नेपालले तेस्रो विकेट गुमाएको थियो । तेस्रो विकेटका रूपमा कुशल मल्ल आउट भएका हुन् । मल्लको विकेट…

Read More

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । गत हप्ता शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार कारोबार भएको थियो । त्यसै गरी, आज चाँदीको मूल्य पन बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलाको १३९५ रुपैयाँमा कारोबार…

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलको बारा,बरेनियास्थित बोर्डर आउटपोस्टमा आगलागी हुँदा हतियार नष्ट भएको छ । भारतीय सीमाना नजिकै भाडाको घरमा भएको आगलागीमा मानवीय क्षति भने हुन पाएन । सशस्त्र स्रोतका अनुसार आगलागीमा ६ थान एसएलआर जलेको छ । टिनको छानो भएको उक्त घरमा बिजुली सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । हिजो साँझको आगलागीमा त्यहाँ तैनाथ कर्मचारीका सबै कपडा, खाद्यान्न पनि जलेको छ।

Read More