Author: महेन्द्रनगर पोष्ट

धनगढी: कञ्चनपुरमा चितुवा देखिएपछि स्थानीय त्रसित बनेका छन्। शुक्रवार राति बेलडाँडी गाउँपालिका–२ चन्दनवस्तीमा चितुवा देखिएपछि स्थानीय त्रसित बनेका हुन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमै रहेको बस्तीमा राति चितुवा देखिएपछि स्थानीय र सुरक्षा निकाय उक्त क्षेत्रमा छन्। अहिले उक्त क्षेत्रमा त्रास बढेको छ। 

Read More

धनगढीः कैलालीबाट सवारी ज्यान र बिना इजाजत वन पैदावार ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। सवारी ज्यान मुद्दामा दुई महिना दुई दिन कैद सजाय र दुई हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–१३ झलारी बस्ने ३२ वर्षीय गोपाल राना र बिना इजाजत वन पैदावार ओसारपसार मुद्दामा १२ हजार ८२० जरिवाना तोकिएको जोशीपुर गाउँपालिका–६ सिमरी बस्ने ४२ वर्षीय आशिष कठरीया पक्राउ परेका हुन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर गरेपछि फरार रहेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरेको जनाएको छ।

Read More

धनगढीः धनगढीमा १२ जना जुवाडे पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका-१ पशुपती टोलमा कमल मल्लको टिनले छाएको १ तले घरमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरिएको हो। सोही ठाउँ बस्ने ४१ वर्षीय कमलराज अधिकारीसहित १२ जना पक्राउ परेका हुन्। उनीहरुलाई वडा प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नगद २७ हजार ६५ रुपैँया र १ गड्डी ताससहित पक्राउ गरेको बताएको छ।

Read More

बैतडी: बैतडीमा अटो दुर्घटनामा परी घाइते भएका चार जनामध्ये एकजनाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–२ की ४५ बर्षीया बसन्ती भनिने हरिना जोशीको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।दुर्घटनामा घाइते भएकी जोशीलाई जिल्ला अस्पताल बैतडीबाट धनगढी रेफर गरिएको थियो। धनगढी लैजाने क्रममा दशरथचन्द राजमार्गअन्तर्गत पाटन–खोड्पे सडकखण्डमा शुक्रबार साँझ ६ बजे उनको मृत्यु भएको हो।शुक्रबार दिउँसो साढे १२ बजेतिर महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–३ खोचलेक नजिकै सुपप्र ०१००१ ह ६०७० नम्बरको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। सिल्लेगडाबाट खोचलेकतर्फ जाँदै गरेको अटो सडकबाट एकसय मिटर तल खस्दा घाइते…

Read More

काठमाडौं: सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा पुगाइएको छ। जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै पूर्वगृहमन्त्री लामिछानेलाई शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरिएको थियो। बालाजुस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै पोखरा ल्याइएको हो। लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय, कास्कीमा राखिएको छ। लामिछानेलेलाई आज सार्वजनिक बिदा परेकाले आइतबार (भोलि) मात्रै अदालतमा उपस्थित गराइने छ।

Read More

काठमाडौँ: प्रतिपक्ष दलको शुक्रबारको बैठकमा सरकारलाई समर्थन गरेका लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी सहभागी भएपछि त्यसको तरंग बालुवाटार र बूढानीलकण्ठसम्म पुगेको छ। प्रतिपक्षको बैठकलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई टेलिफोन गरी चासो राखे भने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जानकारी लिएका थिए। लोसपा र नागरिक उन्मुक्ति नहुँदा सरकारलाई समस्या नपर्ने भए पनि उनीहरू प्रतिपक्षमा जाँदा अर्को राजनीतिक सन्देश जाने भएकाले गठबन्धनका दुई शीर्ष नेताले चासो राखेका हुन्। प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आफैंले टेलिफोन गरी लोसपा अध्यक्ष ठाकुर र उन्मुक्ति अध्यक्ष रञ्जिता श्रेष्ठलाई बैठकमा बोलाएका थिए। माओवादीले संसद् भवन नयाँ बानेश्वरमा बोलाएको बैठकमा सहभागीबारे…

Read More

धनगढी: सरकारले कैलालीमा रहेको टीकापुर विमानस्थल पुनः सञ्चालनको तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टीकापुर विमानस्थल सञ्चालन गर्न सरकार पूर्ण रूपमा तयार रहेको जनाएको हो। मन्त्रालयले एक पत्र लेख्दै  विमानस्थल सञ्चालनका लागि स्थानीय तहबाट दुवैतर्फको बाटो बन्द गरी उचित सरसफाइ गर्ने व्यवस्था मिलाइदिन टीकापुर नगरपालिकालाई आग्रह समेत गरेको छ।  शाखा अधिकृत अनिशा आचार्यद्वारा हस्ताक्षरित पत्रमा विमानस्थल मर्मतको लागि सडक बन्द गर्ने व्यवस्था मिलाउन नगरपालिकालाई आग्रह गरिएको हो। 

Read More

काठमाडौं: प्रतिनिधिसभा सदस्य रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन्। संविधानको धारा १०३ को उपधारा ६ मा प्रतिनिधि सभा सदस्य पक्राउ भएपछि तत्काल सदनको नेतृत्वकर्तालाई सूचना दिनुपर्ने व्यवस्था छ। अब प्रहरीले सभामुखलाई लामिछाने पक्राउ परेको जानकारी दिनेछ। लामिछानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा पक्राउ गरेको हो। तर, लामिछानेको सांसद पद तत्काल जाने छैन।प्रतिनिधिसभा नियमावलीको नियम २२५ मा प्रतिनिधिसभा सदस्यको पक्राउ र सांसद पद निलम्बन हुने सम्बन्धी व्यवस्था छ। नियमावली २२५ को उपनियम ३ मा प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी…

Read More

काठमाडौं: तत्कालीन गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ। लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो। त्यसपछि सिआइबीबाट प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको गएको टोलीले उनलाई पक्राउ गरेको हो। पार्टी कार्यालय वनस्थलीमा पक्राउ गर्न पुगेको प्रहरीसँग मिडियासँग छोटो प्रतिक्रिया दिने अनुमति पाएका लामिछानेले संक्षिप्त सम्बोधन गरेर प्रहरीसमक्ष आन्मसर्पण गरे। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई कारबाही सिफारिस गरेको थियो। समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन गएको भदौ ३१…

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको छ। उनलाई समात्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पार्टी कार्यालय, बनस्थली पुगेको छ। सीआईबीका प्रवक्ता समेत रहेका एसपी होबिन्द्र बोगटीको नेतृत्वमा टोली केहीबेर अघिमात्रै त्यहाँ पुगेको हो। सीआईबी प्रमुख एआईजी दीपक थापाले लामिछाने आजै समातिने र उनलाई पोखरा लगिने जनाए। आजमात्रै सहकारी ठगीमा अनुसन्धान गर्न लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले शुक्रबार लामिछानेसहित १४ जनालाई पक्राउ गर्न अनुमति दिएको हो। पक्राउ पुर्जी जारी भएकाहरुमा रवि लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक…

Read More