Author: महेन्द्रनगर पोष्ट

काठमाण्डौ – आगलागीबाट क्षति भएको कर्णाली पुलको प्राविधिक टोलीले अवलोकन तथा प्रारम्भिक परीक्षण शुरु गरेको छ । सडक डिभिजन कार्यालय नेपालगञ्ज र पुल महाशाखा काठमाण्डौको सात सदस्यीय प्राविधिक टोलीले प्रारम्भिक अध्ययन थालेको हो । पुलमा आगलागी भएर क्षति भएको जानकारी प्राप्त भएपछि प्रारम्भिक अध्ययन थालिएको पुल महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर कृष्णराज अधिकारीले बताउनुभयो । उहाँले क्षतिका साथै पुलको मर्मत सम्भारबारे पनि अध्ययन भैरहेको जानकारी दिनुभयो । प्रारम्भिक विवरण आएपछि विज्ञलगायतसँग छलफल र सल्लाह गरी पुलको अवस्था, पुलको क्षतिको विवरण, मर्मत सम्भार गर्नुपर्ने वा थप के गर्ने भन्नेबारे निर्क्याैल हुने पनि उहाँले बताउनुभयो । ना ५ ख ५२९७ नम्बरको ट्रकमा अस्ति…

Read More

धनगढी । कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका—१ बसन्तपुरबाट २ ग्राम २३० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित बझाङ्गको केदारस्युँ गाउँपालिका —७ बस्ने ३८ वर्षीय खडक धामीसहित दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध फेला पारी दुबैलाई पक्राउ गरेको बताएको छ।

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद सामाजिक सञ्जालमा पुगेको छ। आन्तरिक विवाद चरम उत्कर्षमा पुग्दै अहिले सोसल मिडियामै आरोप प्रत्यारोप भैरहेको छ। स्मरण रहोस्, बुढा रेशमलाल चौधरी र उनकी बुढी रञ्जिता श्रेष्ठबीचको विवाद बढ्दै जाँदा पार्टी विवाद छताछुल्ल भएको हो। रेशमलालकी अर्की पत्नीसमेत छिन्। विवादको चुरो कुरो भनेको हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारे लगायतको हो। सोही विवाद अहिले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलालले फेसबुकमा छताछुल्ल पारेका छन्। यो विषयमा पत्नीलाई सम्झाउन आफू कैलालीको धनगढीबाट काठमाडौंसम्म गएको र रन्जितासँग दुई घण्टा छलफल गरेको तर सम्झाउन नसकेको रेशमलालले फेसबुकमा लेखेका छन्। ‘म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ।…

Read More

धनगढी : दार्चुलामा मेयरका ड्राइभरले प्रहरीमाथि हातपात गर्दा दुई जना प्रहरी घाइते भएका छन्। जिल्लाको शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामी चढ्ने गाडीका चालक सुरेश बिष्टले प्रहरीमाथि हातपात गरेका हुन्। घाइते हुनेमा ईलाका प्रहरी कार्यालय गोकुलेमा कार्यरत प्रहरी हवल्दार मेघराज बिक र प्रहरी जवान नरेन्द्र बोहरा रहेका छन्। बिष्ट हिजो (मंगलबार) गोकुलेको मेलामा प्रहरीमाथि जाइ लागेको बुझिएको छ। प्रहरी स्रोतका अनुसार मेलमा ३/४ जनाले गाजा (चरेस) भरेर खाइरहेका छन् भन्ने खबर ईलाका प्रहरी कार्यालय गोकुलेमा घुमुवा प्रहरीले गरेका थिए। स्रोतले भन्यो, ‘प्रहरीको टोलीले उनीहरू माथि चेकजाँच गर्दा ड्राइभर बिष्टले आफ्नो भाइ भएको भन्दै छोड्दिन प्रहरीलाई धम्की दिएका थिए। तर, हवल्दार बिकले…

Read More

खानाको विषयलाई लिएर बेहुला र बेहुली पक्षबिच कुटाकुट भएपछि भाँडिएको बिहे गए राती सम्पन्न भएको छ। पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं-४ को मधवल टोलमा गत सोमबार बेहुला पक्षधरहरुले खानामा माछा नखुवाएको भन्दै भनाभन गरेपछि कुटाकुट नै भएको थियो। मधवल टोलमा गत सोमबार सखुवा प्रसौनी गाउँपालिकाको महुवनबाट आएको जन्तीमा बेहुला पक्ष र बेहुली पक्षबिच कुटाकुट हुँदा बेहुली नलिइ बेहुला सहितको जन्ती फिर्ता भएको थियो। जन्तीमा आएका बेहुला पक्षधरहरूले खानामा माछा नपाएको भन्दै भनाभन गरेपछि कुटाकुटमा भएको थियो। कुटाकुटमा परी बेहुलाका बुबा घाइते समेत भएका थिए। कुटाकुट पछि जन्ती आएकाहरू सबै जना भागेका थिए तर बेहुली पक्षकाहरुले बेहुलालाई घेरेर राखेका थिए। इलाका प्रहरी…

Read More

बारा: बारामा चर्को आवाजमा डीजे बाजा बजाउँदै ध्वनि प्रदूषण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–९ रामपुर बस्ने ३० वर्षीय मनौवर मियाँ रहेका छन् ।सोमबार दिउँसो उपमहानगरपालिकाको बजार एरियामा चर्को आवाजमा डीजे बजाउँदै गरेको अवस्थामा नेपाल सुनिल बैण्डका मियाँलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनलाई डीजे गाडीसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको न्यौपानेको भनाई छ ।

Read More

कठमाण्डौ – अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा ६ महिनाको मिसन पूरा गरेर चार देशका चार जना अन्तरिक्ष यात्री पृथ्वीमा फर्किएका छन् । नासाका सामुद्रिक हेलिकप्टर पाइलट ज्यास्मिन मोघबेलीले, डेनमार्कका एन्ड्रियास मोगेन्सन, जापानका सातोशी फुरुकावा र रुसका कन्स्टेन्टिन बोरिसोभको फिर्ती टोलीको नेतृत्व गर्नुभएको थियो । यो टोली गएको अगस्टमा अन्तरिक्ष स्टेसनमा गएको थियो । झण्डै आधा वर्षको मिसन पूरा गरी उनीहरुको क्याप्सुल हिजो फ्लोरिडाको पेनह्यान्डल नजिकै मेक्सिकोको खाडीमा सुरक्षित रुपमा अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चार जनाको यो टोलीले एक सय ९९ दिन कक्षमा बिताएका थिए ।

Read More

काठमाडौं : नेपालले हङकङमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : ४५ मा मोगं कोगंमा सुरु हुनेछ । नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो । नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो । एकै दिन दुई खेल खेलेको पपुवा न्युगिनीले हङकङलाई १० विकेटले हराएको थियो ।नेपालले पपुवा न्युगिनीविरुद्ध पहिला ब्याटिङ गर्दै १९८ रन बनाएको थियो । नेपालका कुशल भुर्तेलले ५९ रन बनाउनुको साथै ४ विकेट लिएका थिए । भुर्तेल लयमा आउनु नेपालको लागि सकारात्मक पक्ष हो । त्यस्तै सन्दीप जोराले ५६ रन बनाएका थिए…

Read More

धनगढी : सत्ता गठबन्धन फेरिएसँगै आन्तरिक विवादको भूमरीमा फसेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बुधबार बिहान लामो फेसबुक स्ट्याटस लेखेर अहिलेको परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । यतिबेला नागरिक उन्मुक्तिभित्र केन्द्रमा पुष्पकमल दाहालको गठबन्धन सरकार र सोही अनुरुप बन्ने प्रदेश सरकारहरुमा पनि समर्थन गर्नुपर्ने अडानमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ छिन् । तर पार्टीका संरक्षकसमेत रहेका रञ्जिताका श्रीमान भने नवगठित सरकारलाई समर्थन गर्न नहुने अडानमा छन् । ‘मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय, र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन,’ रेशमलालले लेखेका छन्, ‘आज लोग्नेस्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ । तिम्रो…

Read More

पर्सा: पर्सा प्रहरीले दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह भाँडेर विवाह नगरी फर्किन थालेका बेहुलासहित पाँचजनालाई नियन्त्रणमा लिई मंगलबार विवाह सम्बन्धी कसूरमा मुद्दा चलाएको छ । बारा जिल्ला कलैया उप महानगरपालिका वडा नम्बर ४ का २८ वर्षीय उमेश साह गोढले पर्सा जिल्ला वीरगञ्ज महानगरपालिकाका रामगढवामा सोमबार राती विवाह समारोहमा दाइजोमा सुनको सिक्री नपाएको कारण देखाउँदै विवाह भाँडेर फर्केका थिए । विवाह नगरी फर्किन लागेको बेला प्रहरीले नियन्त्रणमा लिएको र पर्सा जिल्ला अदालतबाट दुई म्याद थप गराई थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभयो । …

Read More