Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने बताएका छन्। त्रिविले ०७१/७२ देखि व्यवस्थापन संकायतर्फ चारवर्षे स्नातक कार्यक्रम सुरुवात गरेको थियो। विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पदबहाली गरेपछि त्यहाँ उपस्थित विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकहरूलाई सम्बोधन गर्दै उपकुलपति प्राडा बरालले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपेको बताए। ‘बाहिरको शिक्षा प्रणालीअनुकूल बनाउने जनाउँदै चारवर्षे गरियो, तर छिमेकी भारत, युरोपेली मुलुकलगायत थुप्रै ठाउँमा अहिले पनि तीनवर्षे स्नातक कार्यक्रम नै चलिरहेको छ,’ उनले भने। अमेरिकालगायत केही देशमा चारवर्षे स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै उपकुलपति बरालले…

Read More

धनगढी : नेकपा एमालेनिकट अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा स्वास्थ्य विभाग प्रमुख कमल जोशीमाथि कुटपिट भएको छ। अनेरास्ववियु क्याम्पस कमिटीद्वारा शुक्रबार अस्कल क्याम्पसमा आयोजित कार्यक्रममा सहभागी भएर निस्किँदै गर्दा नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीको टोलीले कुटपिट गरेर घाइते बनाएको अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले बताए। ‘आक्रमणको अनेरास्ववियु निन्दा र भर्त्सना गर्दछ’ पौडेलले विज्ञप्ति निकालेर भनेका छन्, ‘तत्काल सीसीटीभी फुटेजको सहयोगमा दोषीलाई पक्राउ गरेर कारबाही अघि नबढाए प्रतिरोधमा उत्रिने चेतावनी दिन चाहान्छौँ।’ अस्कल क्याम्पसमा पटक पटक भइरहेको आपरधिक गतिविधिलाई अन्त्य नगरे निर्णायक लडाइँका लागि संगठन तयार रहेको उनले उल्लेख गरेका छन्। कुटपिटमा संलग्नलाई राज्यको संरक्षण मिलेको आरोप अनेरास्ववियुले जनाएको छ। क्रान्तिकारीलाई र…

Read More

धनगढी : गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजनसम्बन्धी विधेयक छिट्टै संशोधन गरेर पास गर्ने बताएका छन् । शुक्रबार नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । गृहमन्त्री श्रेष्ठले प्रदेशमा प्रहरी समायोजनका लागि समिति बनाइसकिएको र अझैपनि केही कानुनी जटिलता रहेको भन्दै संशोधन पास गर्ने तयारी भइरहेको बताए । उनले त्यसकालागि केही दिनमै संशोधन प्रस्ताव विधेयक सदनमा पेश गरिने बताए । प्रहरी संगठनका हरेक योग्य कर्मचारी त्यसको उच्च नेतृत्वमा पुग्ने गरी समायोजन प्रक्रिया अगाडि बढाइएको गृहमन्त्री श्रेष्ठको भनाइ छ । उनले प्रदेशलाई अधिकारसम्पन्न बनाउन अब क्रमशः निजामती ऐन, शिक्षा ऐन र स्थानीय प्रशासन ऐन समेत संसद्मा अघि…

Read More

दार्चुलाः दार्चुलामा बैंकको एटीएम फोड्न खोज्ने एक जना पक्राउ परेका छन्। विहिबार राति जिल्लाको महाकाली नगरपालिका–४ सैनिक गेट अगाडी रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाएर चोरी गर्न खोज्ने एक जना पक्राउ परेका हुन्। नगद चोरी गर्ने नीयतले एटीएम फुटाउन खोज्ने दुहुँ गाउँपालिका–४ पोक्सेका २९ वर्षीय दिलेन्द्रसिंह कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोबिन्द भण्डारीले बताए। कार्कीले बिहिवार राती साढे १२ बजेको समयमा एटीएम फोड्ने प्रयास गरेका थिए। बिहान मात्रै बैंकका कर्मचारीले एटीएम बक्सको केही भाग फोडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। एटीएम कक्षको सीसीटिभी क्यामेराको फुटेजमा देखिएको हुलियाको आधारमा शुक्रवार दिउँसो साढे १२ सदरमुकाम खलंगाबाट उनलाई पक्राउ…

Read More

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका रवि लामिछानेका तत्कालीन व्यवसायिक साझेदार रहेका जिबी राईका नामले चिनिने (गितेन्द्रबाबु) मलेसियामा लुकेर बसेको अनुमान गरिएको छ। प्रहरीले अनुसन्धानका क्रममा सहकारी ठगीका मुख्य नाइके राई मलेसियामा लुकेको पाइएको बताइन्छ। यस्तै राइको सवालमा अर्को तथ्य पनि सार्वजनिक भएको छ। सहकारीको रकम हिनामिनाको आरोप लागेका राईले सन् २०१९ मै मलेसियामा अपार्टमेन्ट खरिद गरेका थिए। राईले मलेसियाको राजधानी क्वालालम्पुरस्थित देशापन्डनमाहालको नेपाली सात करोड २३ लाख ५८ हजार रुपैयाँ बराबरको अपार्टमेन्ट खरिद गरेको जिबीनिकट व्यवसायीको दाबी छ। अपार्टमेन्टबाहेक राईले मलेसियाकै अर्को सहर साइबरजयामा एक सपिङ मार्ट समेत सञ्चालन गरेको ती व्यवसायीको भनाई छ। राईमाथि पोखरास्थित सूर्यदर्शन…

Read More

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले नापी कार्यालयमा कार्यरत सर्वेक्षक रामविर यादव, लेखापढी काम गर्ने दिनेश बन्जरा, विनोद अधिकारी, प्रदिप पौडेल, आशिषराज बस्नेत र बिचौलि दिनेश बन्जारावविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारको टोलीले नापी सर्भेक्षक यादव, लेखापढी व्यवसायी बन्जरा र अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरेकनो थियो। जग्गा कित्ताकाँटगरी जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग उनीहरूले घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारले अनुसन्धान शुरू गरेको थियो। ५ जना उपर घुस लिई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए। अख्तियारले नापी…

Read More

काठमाडौं : अभिनेत्री रेखा थापा आमा बनेकी छन्।  रेखाले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गर्दै आफू आमा बनेको जानकारी दिएकी हुन्। उनले शुक्रबार अमेरिकामा छोरीलाई जन्म दिएकी छन्। ‘हेर आकाशमा कालो बादल वरिपरि चादिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान कारण छ,’ उनले लेखेकी छन्। रेखाले आफ्नी छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन्। रेखाले २०७८ सालमा बलराम शाही ठकुरीसँग विवाह गरेकी थिइन्।

Read More

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ दम्पतीलाई पुत्र लाभ भएको छ। उनले श्रीमती कञ्चन निरौलाले मेडसिटी अस्पतालमा छोरालाई जन्म दिएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। नवजात शिशु र पत्नीसहितको तस्वीर राख्दै किरणले फेसबुकमा लेखेका छन्, ‘तपाईंहरु सबैको माया र आशीर्वादका लागि धन्यवाद ! हाम्रो सुन्दर संसारलाई खुसी बनाउँदै खुशीको सानो बन्डल आइपुगेको छ, यो संसारमा स्वागत छ हाम्रो जुनियर !’

Read More

धनगढी : कैलालीको घोडाघोडीस्थित दशरथ माध्यमिक विद्यालयका राहत शिक्षक महेश शाह नक्कली प्रमाणपत्रको अभियोगमा दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई दोषी ठहर गरी ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको अदालतका उपरजिष्ट्रार कार्कीले जानकारी दिए। भारतबाट प्राप्त गरेको इन्टरमिडियटको शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहविरुद्ध गत असोजमा मुद्दा हालेको थियो। तीनवटै फैसला आज विशेष अदालतका न्यायाधीशत्रय डाक्टर खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र रीतेन्द्र थापाको संयुक्त इजलासले गरेको हो। शिक्षक शाह सोही विद्यालयका पूर्वहेडसर समेत हुन्।

Read More

धनगढी : प्रहरी नायब निरीक्षक (सई) पवन साउद दोषी ठहर भएका छन्। उनलाई विशेष अदालतले ३ महिना कैद र ३० हजार रूपैयाँ जरिवाना भएको छ। इलाका प्रहरी कार्यालय मैनाखोर बर्दियामा कार्यरत उनलाई घूस लिइसकेको अवस्थामा अख्तियारले मंसिर १२ गते नियन्त्रणमा लिएको थियो। उनी बढैयाताल गाउँपालिका-६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत थिए। लागूऔषधको मुद्दा मिलाइदिन सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस माग गरेका थिए। उक्त सूचना अख्तियारले पाएपछि टोली खटिएको थियो। उनलाई अख्तियारले ३० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।

Read More