Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : राष्ट्रिय भूमि आयोगले कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ। आज एक सूचना प्रकाशित गर्दै आयोगले ९७ जनाका लागि सर्वेक्षक पदमा दरखास्त आह्वान गरेको हो। योग्य उम्मेदवारले  फागुन १५ गतेभित्र आवेदन दिन सक्नेछन्।

Read More

कञ्चनपुर: माटोका भाँडाकुँडा बनाएर  शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका वीरपाल कुमालका तीन पुस्ता बितेका छन्। भारतबाट बसाइँ सरेर वीरपालका बाजे भीमपाल माटोका भाँडाकुँडा बनाउन सातदशक अघि यता आएका हुन्। बाजेले गर्दै आएको काम उनका बुबा चिरौँजीलालले पनि निरन्तरता दिए । अहिले त्यही काम वीरपालले सम्हादै आएका छन्। वर्षौंदेखि यहाँ बस्दै आएका उनीसँग चार कठ्ठा चार धुर जग्गाको २०२५ मा उपलब्ध गराइएको जग्गाधनी प्रमाणपत्र पनि छ। त्यो जग्गा निकुञ्ज विस्तारित क्षेत्रमा पर्दा उनले सट्टा भर्ना पाउन भने सकेका छैनन्। तत्कालीन पिपलाडी गाउँपालिकाको भत्तपुरीमा रहेको जग्गाको उनले सट्टा भर्ना नपाएका हुन्। ‘देशमा त्यस बेला सङ्कटकाल लागेको हुँदा विस्थापित हुनुपर्यो’ उनले भने, ‘जग्गाधनी प्रमाणपत्र भए पनि जग्गा पाउन…

Read More

दार्चुला : दार्चुला सदरमुकाम खलंगामा संकलन गरेको सहकारीको पैसा कोठबाटै चोरी भएको छ। सोमबार खलंगास्थित आर्मी गेट अगाडि डेरा गरी बस्ने ब्यास गाउँपालिका-६ की मञ्जु भट्टको कोठाबाट सहकारीमा जम्मा गर्नुपर्ने ३२ हजार रूपैयाँ चोरी भएको उनले बताइन्। केदारनाथ बचत तथा ऋण सहकारी संस्थाकी संकलनकर्ता भट्टको कोठामा रहेको झोलाबाट रकम चोरी भएको बताइएको छ। उनका अनुसार सहकारीमा जम्मा गर्नुपर्ने एक लाख १७ हजार रुपैयाँमध्ये ३२ हजार रुपैयाँ सोमबार साँझ चोरी भएको र मंगलबार बिहान साढे ६ बजेको समयमा उक्त रकममध्ये १४ हजार ढोका अगाडि राखेको पाइएको थियो। उनको निवेदनपछि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मधेस प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।  सुदूरपश्चिम प्रदेश ,कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

धनगढी : बिहे गरेको दुई वर्षसम्म पतिले आफूसँग शारीरिक सम्बन्ध नराखेको भन्दै भारतमा एक महिलाले उजुरी दिएकी छन् । बिहार राज्यको वैशाली जिल्लास्थित लालगंज थाना अन्तर्गतको एक गाउँमा बस्दै आएकी महिलाले अहियापुर थाना अन्तर्गत घर भएका पतिविरुद्ध उजुरी दिएकी हुन् । ती महिलाले दिएको उजुरीपत्रमा उल्लेख भए अनुसार उनीहरूको विवाह ३१ मई २०२१ मा भएको हो । विवाहपछि आफू पतिको घर गएको र दुई वर्षसम्म पनि पतिले आफूसँग शारीरिक सम्बन्ध नराखेको उल्लेख गर्दै उनले उजुरीमा यसबारे परिवारका अन्य सदस्यलाई जानकारी गराए पनि कसैले वास्ता नगरेको जनाएकी छन् । पतिलाई आफूले शारीरिक सम्बन्ध किन नराखेको भनेर सोध्दा उल्टै आफूमाथि कुटपिट तथा…

Read More

धनगढी : नेपाली सेनामा ‘जस्तो खायो, त्यस्तै निकाल्नुपर्ने’ फैसलाले तरंग मच्चिएको छ । दार्चुला–टिंकर सडक निर्माणका क्रममा आर्थिक घोटाला मच्चाउने अधिकृतका दर्जा घटुवादेखि जति हिनामिना गरेको हो, त्यसबाट केही रकम एकमुष्ट तिराउने गरी सैनिक विशेष अदालतले तलको आदेश सदर र हेरफेर गरेपछि त्यस्तो अवस्था आइलागेको हो । द्वन्द्वकालमा ४९ माओवादी बन्दी बेपत्ता बनाएबापत बेनामी कमाएको महाराजगञ्जस्थित भैरवनाथ ब्यारेकका गणपति तथा पश्चिम पृतना हेडक्वार्टरका लेफ्टिनेन्ट कर्णेल हरिबहादुर बोहरासमेतको हकमा पुस १२ गते समरी जनरल अदालतले सम्पत्तिसम्बन्धी कसुरबापत गरेको फैसलाअनुसार एक करोड ९४ लाख ६१ हजार ४ सय ३३ रूपैयाँ विकास निर्माण महानिर्देशनालयमार्फत राजश्व दाखिला भएको छ । उक्त मुद्दामा प्रतिवादी बनाइएका प्राविधिक…

Read More

काठमाडौँ : नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साउदी अरेबियामा सुरु वाफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। मंगलबार किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको समूह चरणको पहिलो खेलमा सिरियालाई ४–१ को गोल अन्तरले हराउँदै नेपालले च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको हो। खेलको पहिलो हाफमा ३–१ ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा १ गोल थप्यो। नेपालको जितमा अमिसा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले समान एक गोल गरे। एक गोल भने सिरियाले उपहार स्वरुप पायो। खेलको १० औँ मिनेटमा अमिसाले १८ यार्डबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भएको हो। १२ औँ मिनेटमा अनिता बस्नेतको कर्नर प्रहार सिधै गोलमा परिणत…

Read More

धनगढी : उत्तराखण्ड भाजपा प्रदेश अध्यक्ष महेन्द्र भट्ट राज्यसभामा निर्विरोध निर्वाचित भएका छन् । मंगलबार निर्वाचन आयोगका रिटर्निङ अफिसरले उनलाई विधानसभामा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । राज्यसभा सदस्यका लागि भट्टको मात्रै उम्मेदवारी परेको थियो । उम्मेदवारी फिर्ता लिने अन्तिम दिन उनको उम्मेदवारी सही देखिएपछि उनलाई निर्वाचित घोषणा गरिएको हो । यस्तै पार्टीका प्रदेश महासचिव सङ्गठन अजय कुमार, प्रदेश महासचिव आदित्य कोठारीलगायत पदाधिकारी तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । निर्वाचनपछि भट्ट प्रदेश पार्टीको मुख्यालय पुगेपछि उनलाई पार्टी कार्यकर्ताले न्यानो स्वागत गरेका थिए । सो अवसरमा उनले पार्टी नेतृत्वको विश्वास र जनताको अपेक्षालाई पूरा गर्न आफूले सक्दो प्रयास गर्ने बताए…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा निमित्त वन निर्देशक रहेका वेला घुस बार्गेनिङको भिडियो बाहिरिए पनि प्रदेशको संसदीय समितिबाट ‘क्लिन चिट’ पाएका डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टविरुद्ध भ्रष्टाचार मुद्दा चलेको छ। ६ वर्षअघि कपिलवस्तुको गौतम बुद्ध साझेदारी वनमा वैज्ञानिक वन कार्यक्रममार्फत भएको ३७ हजार क्युफिट काठ कटान प्रकरणमा अख्तियारले मंगलबार राप्रपा लुम्बिनीका सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध मुद्दा चलाउँदा भट्ट पनि प्रतिवादी छन्। भट्ट ०७४–७५ मा कपिलवस्तुका जिल्ला वन अधिकृत थिए। भट्ट विवादास्पद डिभिजनल वन अधिकृत (उपसचिव) हुन्। सुदूरपश्चिम प्रदेशका निमित्त वन निर्देशक रहेका वेला उनले मातहतका कार्यालय (डिभिजनल र सबडिभिजनल)बाट रकम असुली गर्ने गरेको भिडियो गत साउनमा बाहिरिएको थियो। भट्टले मादक…

Read More

काठमाडौं : शिक्षक सेवा आयोगले यसवर्ष प्राथमिक तहमा माग गरे अनुसार शिक्षक पदपूर्ति नहुने भएको छ । आयोगले २०७९ चैतमा काठमाडौंबाहेक ७६ जिल्लामा सात हजार ९५४ शिक्षक माग गरेको थियो । त्यस अनुसार गत २० जेठमा सामान्य र १३ असोजमा विषयगत परीक्षा सञ्चालन गरेको थियो । १३ असोजमा लिएको विषयगत परीक्षाको नतिजा सार्वजनिक गर्दा माग गरेभन्दा ६८३ जना परीक्षार्थी कम उतीर्ण भएका छन् । ७६ मध्ये ४३ जिल्लामा मात्र माग गरेअनुसार परीक्षार्थी उतीर्ण भएका छन् । उतीर्ण भएकाहरुको अन्तर्वार्ता २० फागुनदेखि जिल्ला शिक्षा समन्वय इकाइमा हुनेछ । कोशीमा इलाम र धनकुटामा मात्र माग संख्या अनुसार परीक्षार्थी उतीर्ण भएका छन् ।…

Read More