Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठक (नीति महाधिवेशन) सोमबारदेखि ललितपुरको गोदावरीमा जारी छ। महाधिवेशनमा देशभित्र र बाहिरबाट हजारौं महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा सुवेच्छुकहरूको सहभागिता रहेको छ। महासमितिमा विश्वका विभिन्न देशमा रहेका जनसम्पर्क समितिका प्रतिनिधिहरूले पनि सहभागिता जनाइरहेका छन्। उनीहरूले आफूहरू नेपाल र नेपालको राजनीतिप्रति गम्भीर रहेकाले कांग्रेस पनि आफूहरूका भावनाको सम्मान गर्न अग्रसर हुनुपर्ने धारणा राखेका छन्। नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले सञ्चारकर्मीसँगको कुराकानीमा पार्टीको एक अंगको रूपमा ४१ देशमा जनसम्पर्क समितिहरूले काम गरिरहेको बताए। ‘हामी ४१ देशमा क्रियाशील छौं। पार्टीका प्रत्येक विधि र निर्देशन अनुसार जनसम्पर्क समिति काम गरिरहेका छौं। देश दुखेको बेला हामी पनि दुख्छौं।…

Read More

धनगढी : राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थ पदाधिकारी (भीभीआईपी) को सवारीका कारण विशेषगरी राजधानी काठमाडौंमा बेलाबेला सडकमा व्यवधान आउने गरेको छ । आफ्नो महत्वपूर्ण कामका लागि हिँडेका सर्वसाधारण लामो समय जाममा अड्किन्छन् । सरकारले यसरी जनतालाई दुःख दिएको भन्दै बेलाबेलामा आलोचना पनि हुने गरेको छ । देशमा गणतन्त्र आइसक्दा पनि राजाको पालामा जस्तै सवारीको नाममा जनतालाई अनावश्यक दुःख दिएको टिप्पणी हुने गरेको छ । तर, सरकारले भने सुनेको नसुनेझैं गर्छ । अब भने सर्वोच्च अदालतले भीभीआईपीको सवारीका नाममा सडकमा व्यवधान नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले विपक्षी नेपाल सरकार, गृह…

Read More

धनगढी : देश बाहिर मिशन फोर्स कमाण्डर रहेका उपरथी निर्मलकुमार थापाले मंगलबार दर्ज्यानी चिन्ह लगाएका छन् । उनलाई प्रधानसेनापति प्रभुराम शर्माले एक समारोहबीच रथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रथीमा पदोन्नती भएका थापा बालाध्यक्षमा नियुक्त भएका छन् । रथी थापा संयुक्त राष्ट्र विच्छेदन पर्यवेक्षक बल (अनडोफ) मिशनमा हेड अफ मिशन तथा फोर्स कमाण्डरको रुपमा कार्यरत छन् । नेपाल सरकार, मन्त्रीपरिषद्को २५ माघको निर्णयले उनी रथीमा बढुवा भएका हुन् ।

Read More

धनगढी : कञ्चनपुरबाट लागुऔषध खैरो हिरोइन सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन । १० ग्राम लागुऔषध खैरो हिरोईन सहित भारत बरेली बस्ने ३५ बर्षीय रहिम अहमद पक्राउ परेका हुन । नेपाल प्रहरी प्रदेश कार्यालय सुदूरपश्चिम कञ्चनपुर र लागुऔषध व्युरोको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्था जिल्लाको भीमदत्त नगरपालिका ९ बह्रमदेवबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भई रहेको छ ।

Read More

काठमाडौं : भारतको उत्तर प्रदेशस्थित कन्स्टेबल भर्ती परीक्षाको प्रवेशपत्रमा बलिउड अभिनेत्री सन्नी लियोनीको तस्बिर आएको पाइएको छ । भारतको एक अनलाइनले यसबारे समाचार प्रकाशित गरेको छ । यूपी प्रहरीमा भर्ती परीक्षाको एउटा प्रवेश पत्रमा सन्नी लियोनीको नाम र तस्बिर आएपछि उक्त प्रवेशपत्र भाइरल बनेको छ। उक्त प्रवेश परीक्षामा दर्ता र रोल नम्बरमा चाहिँ उम्मेदवारकै छ । महोबा जिल्लाको रगौलिया बुजुर्ग गाउँका बासिन्दा धर्मेन्द्र कुमारले आफ्नो प्रवेश पत्रमा सन्नी लियोनीको तस्बिर कसरी आयो भनेर भिडिओमार्फत बताएका छन् । सुरुमा प्रवेशपत्र निकाल्दा त्यसमा आफ्नै फोटो र नाम मात्र रहेको तर पछि कसरी परिवर्तन भयो भनेर थाहा नभएको उनले बताएका छन् । अहिले…

Read More

काठमाडौं : लुम्बिनी प्रदेशका राप्रपा सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कपिलवस्तु क्षेत्र नम्बर ३ (२) का सांसद यादवसहित १९ जनाविरूद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याएर भ्रष्टाचार गरेको आरोपमा काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको हो। कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले कटान गरेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो। आर्थिक वर्ष २०७४/०७५ मा ठेकेदार समेतले ६ वटा कटान प्लटहरूको ३७ हजार क्यूफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराएको अख्तियारले जनाएको छ। कर्मचारीहरूसँग मिलेमतो गरी केही काठ लुकाएर नजिकैको स-मिललाई बिक्री गरी अनियमितता गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। उक्त उजुरीपछि…

Read More

काठमाडौं : क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल ए २ विकेटले विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । यो जितसँगै नेपालले ३ खेलको शृंखला १-१ को बराबरी गरेको थियो । पहिलो एक दिवसीयमा नेपाल ४ विकेटले पराजित भएको थियो । नेपाललाई जिताउन कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले । ७४ बलमा सन्दीपले ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए । ए टिमका कप्तान विनोद भण्डारी बिरामी भएकाले जोरा कप्तानी गर्ने अवसर पाएका थिए । यस्तै बसिर…

Read More

धनगढी: नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया सुरू भएकाे छ। जिल्ला निर्वाचन कमिटीले मतदाता नामावली प्रकाशन, दाबी विराेध लगायतका सूचना जारी गर्दै प्रक्रिया सुरू गरेकाे छ। आज साँझ ५ बजे मतदाताकाे अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवार फारम वितरणकाे प्रक्रिया अघि बढाइएको निर्वाचन कमिटीले जारी गरेकाे सूचनामा उल्लेख गरिएको छ। ७  बजे उम्मेदवारकाे नामावली प्रकाशन गरेर उजुरी तथा दाबी विराेधकाे काम सकेर राति सवा १० बजे अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन कमिटीले जनाएको छ। भाेलि बिहान १० देखि दिउँसो २ बजेसम्म मतदानकाे कार्यतालिका तय गरिएको छ। एमाले कैलालीमा सहमतिमै नेतृत्व चयन गर्ने नेताहरूकाे प्रयासले सार्थकता नपाएपछि निर्वाचन प्रक्रिया…

Read More

धनगढी : मंगलबार बिहान धनगढी विमानस्थलमा नेकपा एमाले सचिव लेखराज भट्ट र पूर्व उपाध्यक्ष भीम रावलबीच जम्काभेट भएको छ। भट्ट केन्द्रीय समितिको बैठकमा सहभागी हुन जाने र रावल वैधनाथ कोटीहोमको लागि अछाम जाने क्रममा भेट भएको हो। भेटका क्रममा दुई नेताहरुबीच रमाइलो गफ सुरु भयो। दुवैले एकअर्काको हालखबर घर परिवारको सन्चो बिसन्चो सोधे। रावलले भट्टलाई तपाईंको घरको महायज्ञ सकियो कि भनेर सोधे, अनि भट्टले महायज्ञ सकिएको छैन अछाम जाँदा मेरो घर पसेर प्रसाद ग्रहण गरेर जानूहोला भने। करिब आधा घण्टा सँगै बिताएका दुई नेताहरुले खुलेर गफ गरेका थिए। गफकै क्रममा भट्टले ठट्टा गर्दै रावललाई भने, ‘कमरेड अब पार्टी बनाउन एउटा…

Read More

सल्लेरी- पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ। गत माघ २२ गतेको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् ठप्प भएको हो। अहिले यो क्षेत्रमा सञ्चार सेवा ठप्प छ। एटीएम सेवासमेत प्रभावित बनेको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक कविन राईले बताए। अधिकांश विदेशी नगदका लागि एटीमएममा निर्भर हुने भएकाले समस्या भएको पर्यटन व्यवसायी बताउँछन् । नाम्चेमा विद्युत सेवा नभएपछि सो क्षेत्रमा पुगेका आफूहरूसमेत समस्यामा परेको प्रहरी निरीक्षक राईले जानकारी दिए। ‘हाम्रो सञ्चार सेवा पनि अहिले अवरुद्ध छ। विद्युत् नभएर मोबाइल चार्ज गर्न नपाएर सबै ठप्प छ’, उनले भने,…

Read More