धनगढी : देश बाहिर मिशन फोर्स कमाण्डर रहेका उपरथी निर्मलकुमार थापाले मंगलबार दर्ज्यानी चिन्ह लगाएका छन् । उनलाई प्रधानसेनापति प्रभुराम शर्माले एक समारोहबीच रथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रथीमा पदोन्नती भएका थापा बालाध्यक्षमा नियुक्त भएका छन् । रथी थापा संयुक्त राष्ट्र विच्छेदन पर्यवेक्षक बल (अनडोफ) मिशनमा हेड अफ मिशन तथा फोर्स कमाण्डरको रुपमा कार्यरत छन् ।
नेपाल सरकार, मन्त्रीपरिषद्को २५ माघको निर्णयले उनी रथीमा बढुवा भएका हुन् ।
Facebook Comments Box