Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढीमा १२ जना जुवाडे पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका-१ पशुपती टोलमा कमल मल्लको टिनले छाएको १ तले घरमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरिएको हो। सोही ठाउँ बस्ने ४१ वर्षीय कमलराज अधिकारीसहित १२ जना पक्राउ परेका हुन्। उनीहरुलाई वडा प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नगद २७ हजार ६५ रुपैँया र १ गड्डी ताससहित पक्राउ गरेको बताएको छ।

Read More

बैतडी: बैतडीमा अटो दुर्घटनामा परी घाइते भएका चार जनामध्ये एकजनाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–२ की ४५ बर्षीया बसन्ती भनिने हरिना जोशीको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।दुर्घटनामा घाइते भएकी जोशीलाई जिल्ला अस्पताल बैतडीबाट धनगढी रेफर गरिएको थियो। धनगढी लैजाने क्रममा दशरथचन्द राजमार्गअन्तर्गत पाटन–खोड्पे सडकखण्डमा शुक्रबार साँझ ६ बजे उनको मृत्यु भएको हो।शुक्रबार दिउँसो साढे १२ बजेतिर महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–३ खोचलेक नजिकै सुपप्र ०१००१ ह ६०७० नम्बरको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। सिल्लेगडाबाट खोचलेकतर्फ जाँदै गरेको अटो सडकबाट एकसय मिटर तल खस्दा घाइते…

Read More

काठमाडौं: सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा पुगाइएको छ। जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै पूर्वगृहमन्त्री लामिछानेलाई शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरिएको थियो। बालाजुस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै पोखरा ल्याइएको हो। लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय, कास्कीमा राखिएको छ। लामिछानेलेलाई आज सार्वजनिक बिदा परेकाले आइतबार (भोलि) मात्रै अदालतमा उपस्थित गराइने छ।

Read More

काठमाडौँ: प्रतिपक्ष दलको शुक्रबारको बैठकमा सरकारलाई समर्थन गरेका लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी सहभागी भएपछि त्यसको तरंग बालुवाटार र बूढानीलकण्ठसम्म पुगेको छ। प्रतिपक्षको बैठकलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई टेलिफोन गरी चासो राखे भने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जानकारी लिएका थिए। लोसपा र नागरिक उन्मुक्ति नहुँदा सरकारलाई समस्या नपर्ने भए पनि उनीहरू प्रतिपक्षमा जाँदा अर्को राजनीतिक सन्देश जाने भएकाले गठबन्धनका दुई शीर्ष नेताले चासो राखेका हुन्। प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आफैंले टेलिफोन गरी लोसपा अध्यक्ष ठाकुर र उन्मुक्ति अध्यक्ष रञ्जिता श्रेष्ठलाई बैठकमा बोलाएका थिए। माओवादीले संसद् भवन नयाँ बानेश्वरमा बोलाएको बैठकमा सहभागीबारे…

Read More

धनगढी: सरकारले कैलालीमा रहेको टीकापुर विमानस्थल पुनः सञ्चालनको तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टीकापुर विमानस्थल सञ्चालन गर्न सरकार पूर्ण रूपमा तयार रहेको जनाएको हो। मन्त्रालयले एक पत्र लेख्दै  विमानस्थल सञ्चालनका लागि स्थानीय तहबाट दुवैतर्फको बाटो बन्द गरी उचित सरसफाइ गर्ने व्यवस्था मिलाइदिन टीकापुर नगरपालिकालाई आग्रह समेत गरेको छ।  शाखा अधिकृत अनिशा आचार्यद्वारा हस्ताक्षरित पत्रमा विमानस्थल मर्मतको लागि सडक बन्द गर्ने व्यवस्था मिलाउन नगरपालिकालाई आग्रह गरिएको हो। 

Read More

काठमाडौं: प्रतिनिधिसभा सदस्य रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन्। संविधानको धारा १०३ को उपधारा ६ मा प्रतिनिधि सभा सदस्य पक्राउ भएपछि तत्काल सदनको नेतृत्वकर्तालाई सूचना दिनुपर्ने व्यवस्था छ। अब प्रहरीले सभामुखलाई लामिछाने पक्राउ परेको जानकारी दिनेछ। लामिछानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा पक्राउ गरेको हो। तर, लामिछानेको सांसद पद तत्काल जाने छैन।प्रतिनिधिसभा नियमावलीको नियम २२५ मा प्रतिनिधिसभा सदस्यको पक्राउ र सांसद पद निलम्बन हुने सम्बन्धी व्यवस्था छ। नियमावली २२५ को उपनियम ३ मा प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी…

Read More

काठमाडौं: तत्कालीन गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ। लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो। त्यसपछि सिआइबीबाट प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको गएको टोलीले उनलाई पक्राउ गरेको हो। पार्टी कार्यालय वनस्थलीमा पक्राउ गर्न पुगेको प्रहरीसँग मिडियासँग छोटो प्रतिक्रिया दिने अनुमति पाएका लामिछानेले संक्षिप्त सम्बोधन गरेर प्रहरीसमक्ष आन्मसर्पण गरे। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई कारबाही सिफारिस गरेको थियो। समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन गएको भदौ ३१…

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको छ। उनलाई समात्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पार्टी कार्यालय, बनस्थली पुगेको छ। सीआईबीका प्रवक्ता समेत रहेका एसपी होबिन्द्र बोगटीको नेतृत्वमा टोली केहीबेर अघिमात्रै त्यहाँ पुगेको हो। सीआईबी प्रमुख एआईजी दीपक थापाले लामिछाने आजै समातिने र उनलाई पोखरा लगिने जनाए। आजमात्रै सहकारी ठगीमा अनुसन्धान गर्न लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले शुक्रबार लामिछानेसहित १४ जनालाई पक्राउ गर्न अनुमति दिएको हो। पक्राउ पुर्जी जारी भएकाहरुमा रवि लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक…

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो।  जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको एक प्रहरी अधिकृतले बताए। अदालतको अनुमतिपछि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरी तयारी छ। सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ। सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा असोज ६ मा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए। प्रहरीले जोशीको बयान लिइसकेको…

Read More

बैतडी: बैतडीमा अटो दुर्घटना भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेक नजिकै सुदूरपश्चिम प्रदेश ०१००१ ह ६०७० नम्बरको अटो शुक्रबार दिउँसो दुर्घटना भएको हो। अटो अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको छ। सिल्लेगडाबाट खोचलेकतर्फ जाँदै गरेको अटो दुर्घटना हुँदा गर्भवतीसहित चार जना घाइते भएका छन्। दोगडाकेदर गाउँपालिका–२ की २५ वर्षीया पार्वती जोशी, ४५ बर्षीया बसन्ती जोशी, २५ बर्षीया राजेन्द्र भाट र पुर्चौडी नगरपालिका–९ का २० बर्षीया हिरा सार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए। घाइतेमध्ये पार्वती जोशी गर्भवती रहेको खुलेको छ। घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। अटो चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–९…

Read More