Author: महेन्द्रनगर पोष्ट

धनगढी : धनगढीका समाजसेबी युवा ब्यवसायी मिलन कुवँरले अभिनेता पूर्णविक्रम (पल) शाहको जन्मदिन मनाएका छन् । ब्यवसायी कुवँरले कैलालीको बौनियामा रहेको साहारा घरमा रहेका असहायलाई खाना खुवाएर अभिनेता शाहको जन्मदिन मनाएका हुन् । साहारा घरमा एकछाक खाना खुवाएर जन्मदिन मनाएको व्यवसायी कुवँरले बताए । उनले भने जन्मदिनमा असहायहरुको सेवा गर्न पाउँदा खुशी लागेको बताए ।

Read More

धनगढीः बाजुरामा एम्बुलेन्स दुर्घटनामा परेको छ। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको एम्बुलेन्स बिहिवार वडा नम्बर ३ मा बिहान दुर्घटना भएको हो। स्थानीय जय शाहीलाई लिन गएको एम्बुलेन्स गाउँपालिकाको जुकोट रिब्डा सडक खण्ड अन्तर्गत रिब्डा खोलामा दुर्घटना भएको छ। सुदूरपश्चिम प्रदेश ००१ झ ३९१ नम्बरको एम्बुलेन्स सडकबाट करिब १० मिटर तल खसेको हो। एम्बुलेन्समा चालक कृति कटेल र बिरामी शाही सकुशल रहेका छन्। दुर्घटनाबाट मानवीय क्षति नभए पनि एम्बुलेन्स सामान्य रूपमा क्षतिग्रस्त भएको बाजुरा प्रहरीले बताएको छ। वर्षातले सडक चिप्लो भएर एम्बुलेन्स सडक छेउको रुखमा अड्किएको हो।

Read More

काठमाडौँ : बाँके राष्ट्रिय निकुञ्जमा तस्कर र नेपाली सेनाबीच गोली हानाहान भएको छ। राप्तीसोनारी १, राजकोटस्थित निकुञ्ज क्षेत्रभित्र बुधबार तस्कर र सेनाबीच गोली हानाहान भएको हो। सेनाका अनुसार निकुञ्ज क्षेत्रभित्र प्रवेश गरी चोरीसिकारमा संलग्न व्यक्तिहरुले पहिले दुई राउण्ड गोली लुकीछिपी चलाएका थिए। त्यसपछि सेना र निकुञ्ज कार्यालयका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले चार राउण्ड जबाफी फायरिङ गरेको सेनाले जनाएको छ। सो ठाउँबाट बाह्रबोर हतियार १ नाल, भरुवा बन्दुक १ नाल, त्यसमा प्रयोग हुने गोली, खुकुरीका साथै बन्दोबस्तीका सामानहरू बरामद गरिएको सेनाले जनाएको छ।

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक किलो सुन बरामद भएको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार, पाइन्ट र लगाएको अन्य लुगाभित्र सुनको लेपन लगाएर ल्याएको अवस्थामा बरामद गरिएको हो । सुनसहित भारतीय नागरिक मोहमद जेसन पक्राउ परेका छन् । दोहाबाट मुम्बई हुँदै उनी अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं ओर्लिएका थिए । भन्सार जाँच पार गरिसकेको अवस्थामा सुनसहित मानिसलाई पक्राउ गरिएको एसएसपी शर्माले बताए । ‘शंकाको आधारमा सर्च गर्दा सुन भेटिएको थियो’, उनले भने । थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बरामद सुन र आरोपीलाई बुझाउने एसएसपी शर्माले बताए ।

Read More

धनगढी : नेकपा एमाले कैलालीको सुखडमा भइरहेको जिल्ला अधिवेशन जारी छ। अधिवेशनमा आकांक्षी धेरै भएपछि पटकपटक निर्वाचन समितिले तालिका संसोधित गरिरहेको छ। यसैबीच, सदस्य पदका आकांक्षी भरत शाहको चर्चा भने चुलिएको छ । शाह सदस्य पदका उम्मेदवार हुन्। उनी युवा राजनीतिका अभिभावकका रूपमा परिचित छन् । धनगढी उपमहानगरपालिका भूगोल युवामा उम्मेदवारी दिएका शाह अधिवेशन भरि चर्चामा छन्। कोरोन कहरका समयमा सामाझ कार्यक्रममा निकै सक्रिय रहेका उनको भूकम्पको विपत्तिको समयको योगदानको कारण उनको जित सुनिश्चित रहेको एमाले वृत्तमा चर्चा छ। उनी परिवर्तनको लागि युवा नाराका साथ अधिवेशनमा होमिएको बताउँछन्। पार्टी बलियो बनाउन युवाको अहम् भूमिका हुने भएकोले आफूले उम्मेदवारी दिएको उनको…

Read More

धनगढी : आफ्नै छोरीमाथि जबर्जस्ती करणीको प्रयासमा कारागार चलान भएका धनगढीका एक पूर्व प्रहरी अर्थात् रिटायर्ड सई जेलमुक्त भएका छन्। जिल्ला अदालत कैलालीद्वारा पुर्पक्षका लागि कारागार चलान भएका अन्दाजी ५० वर्षीय पन्त थरी रिटायर्ड सईले सफाई पाएर जेलमुक्त भएका हुन्। अदालत स्रोतकाअनुसार फागुन ८ गते न्यायाधीश प्रदीप कुमार उपाध्यायको इजलासले उनलाई सफाई दिएको हो। पीडित पक्षले भने आफूलाई नबुझिकन उनलाई सफाई दिएर जेलमुक्त गरेको आरोप लगाएको छ। यस्तै उक्त मुद्दामा पीडित पक्षको सरकारी वकिलले पनि लापरबाही गरेको आरोप छ। अब पीडित पक्षले जिल्लाको फैसलाविरुद्ध पुनरावेदन गर्ने तयारी गरिरहेको बताएको छ। गत असोजमा जिल्ला प्रहरी कार्यालय कैलालीमा ती रिटायर्ड सईले करणी…

Read More

धनगढी : त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजङ्ग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वविद्यालयको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेको जनाइएको छ । त्रिविको इतिहासमै पहिलोपटक खुला प्रतिष्पर्धाबाट उपकुलपति नियुक्त गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वको सिफारिस समितिले गत पुस २३ मा उपकुलपतिमा दरखास्त आह्वान गरेको थियो । दरखास्त दिएका ४२ जनाबाट उनीहरूले पाएको अंकका आधारमा १४ जना हुँदै तीन जना अन्तिम तीनमा छानिएका थिए । छनोटमा परेका चित्रबहादुर बुढाथोकी,केशरजंग बराल र टंकनाथ धमलाको नाम प्रधानमन्त्री एवं कुलपतिसमक्ष नियुक्तिका लागि सिफारिस गरिएको थियो । जसमा दोस्रो नम्बरका बराल उपकुलपति…

Read More

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले रु चार लाख मूल्य बढीका कुखुरा मारेर नोक्सानी पुर्याएका छन् । आज बिहान कुखुरा फार्मको तारजाली तोडेर भित्र पसेको भुस्याहा कुकुरको हुलले अण्डा दिने लेयर्स जातका छ सय कुखुरा मारिदिएको हो । सय बढी कुखुरा घाइते छन् । “बैंकबाट रु १२ लाख बढी कर्जा निकालेर एक हजार दुई सय अण्डा दिने कुखुरा पालेका थियौँ”, फार्म सञ्चालक आशाले भने, “दैनिक कुखुराले चार पेटी जति अण्डा दिँदै आएका थिए, भुस्याहा कुकुर फार्मभित्र छिरेर कुखुरा मारिदिएपछि निकै ठुलो नोक्सानी व्यहोर्न बाध्य भएका छौँ ।” फार्ममा पाँच सय जति कुखुरामात्रै बाँकी रहेको…

Read More

धनगढी : नेकपा एमाले कैलालीको अधिवेशनमा मतदान अनिश्चितकालका लागि स्थगित गरिएको छ । तेस्रो दिन बिहीबार दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म नेतृत्व चयनका लागि मतदान हुने तय गरिएको थियो तर साढे ५ बजे निर्वाचन कमिटीले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म मतदान स्थगित गरिएको जनाएको छ । प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले अर्को सूचना जारी नभएसम्ममा लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको जारी सूचनामा उल्लेख गरेका छन् । यसअघि मंगलबार र बुधबार पनि मतदानको तालिका सार्वजनिक गरिएको थियो तर अन्तिम समयमा आएर स्थगित गरिएको थियो । बिहीबार पनि मतदान हुने प्रतिक्षामा रहेका अधिवेशन प्रतिनिधिले अन्तिम समयमा आएर निर्वाचन कमिटीले…

Read More

काठमाडौं : बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् । बिहीबार उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीले सन्दीपलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न अनुमति दिएको उच्च अदालतका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए । बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो । बिहीबार सन्दीपले उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पुनरावेदन निवेदन र जेलबाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउँ भनी अर्को निवेदन दिएका थिए । सन्दीपलाई काठमाडौं जिल्ला अदालतले तोकेको ८ वर्ष कैद सजायमध्ये…

Read More