Author: महेन्द्रनगर पोष्ट

काठमाडौं  :  राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा टुंडिखेलमा प्रवेश नदिइएपछि पत्रकारहरूले क्यामरा डाउन गरेर विरोध जनाएका छन् । मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिएको हो । सूचना तथा प्रसारण विभागको कार्डलेसमेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गरेका हुन् । समारोहको निमन्त्रण पत्र लिएर आउन भनिएको छ ।

Read More

धनगढी : कैलालीको धनगढीका एक बालक बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका–५ मटियारी बस्ने पन्चोदय स्कुलमा कक्षा ७ मा अध्यनरत १३ वर्षीय रमित कठायत बिहीवारबाट बेपत्ता भएका हुन्। ३ गते बेलुका ४ बजेको समयमा कसैलाई नसोधी घर बाट निस्केको र अहिलेसम्म सम्पर्कमा नआएको पारिवारीक स्रोतले जनाएको छ। बालकलाई कसैले देखे वा फेला पारेमा सम्पर्क नम्बर ९८५८७८४८१८ र ९८६८४४२८१६ मा सम्पर्क गर्न तथा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

Read More

काठमाडौं : काठमाडौंमा कार चलाइरहेका एक मधेसी युवालाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको धनगढी घर भइ हाल काठमाडौं बस्दै आएका प्रवीण श्रेष्ठ रहेका छन्। शनिबार राति वीरगञ्ज घर भई कुलेश्वर बस्ने अंकित गुप्तालाई उनले नागरिकता माग्दै दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त भिडिओमा श्रेष्ठले, ‘नेपाली नागरिकता छ कि छैन ? नेपाली नागरिकता छ कि छैन ? मेरो गाडी ठोक्किएको भए तैँले तिर्छस् ? आइडी हेर्छस् डीएसपीको ? लगेर थुन्दिऊँ ?’ भन्दै धम्काएको देखिन्छ। त्यो घटनापछि गुप्ताले दिएको जाहेरीको आधारमा प्रवीण श्रेष्ठ पक्राउ दरबारमार्ग प्रहरीले जनाएको छ। पक्राउ परेका प्रवीण श्रेष्ठलाई अभद्र व्यवहार कसुरका…

Read More

काठमाडौँ : मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित भएको छ । विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको आइतबार बसेको बैठकले दुबै विश्वविद्यालयको उपकुलपतिका लागि जारी गरिएको दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको हो । समितिले गत २६ माघमा सूचना प्रकाशन गरेर उपकुलपतिमा दरखास्त आह्वान गरेको थियो । समितिले दरखास्त दिने समयावधि सकिनै लाग्दा प्रक्रिया स्थगित गरेको हो ।

Read More

कैलाली : कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। कैलारी गाउँपालिका-३ शिबरत्नपुरबाट १ ग्राम ९५० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँ बस्ने २८ वर्षीय युवक सुरज लौकुस्मलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले सुरजको साथमा लागुऔषध फेला पारी उक्त पदार्थसहित उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

बैतडी : बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरवपालिका- ४ जर्गका ३० वर्षिय विष्णु लोहारको मलेसियामा मृत्यु भएको हो। शुक्रबार राति कोठामा सुतेका उनी शनिवार बिहान मृत फेला परेका बताइएको छ। उनी मलेसियाको पेनाङ राज्यको जेसीवाइसी कम्पनीमा काम गर्दथे। ६ वर्ष मलेसियामा काम गरेर घर आएका उनी यो वर्षको दशैँ मनाएर फेरि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए। अर्कोपटक घर आउँदा बिहे गर्ने सोच बनाएर गएका बिष्णु कहिल्लै नआउने गरि अस्ताएपछि गाउँ शेकमा डुबेको छ।

Read More

दार्चुला : दार्चुलामा ट्याक्टर दुर्घटना भएको छ। नौगाड गाउँपालिका-२ सुन्नमुन्न स्थित भित्री सडकखण्डमा ग्वाल्लेक निर्माण सेवा कम्पनीको सिमेन्ट बोकेको सुदूरपश्चिम प्रदेश ०२००१ त १४२९ नम्बरको ट्याक्टर ब्रेक फेल भई दुर्घटना भएको हो। दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही निर्माण सेवा कम्पनीका ओभरसियर धनुषा नारायण नगरपालिका-५ गमरखोली बस्ने  ३२ वर्षीय राम सागर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको हो।

Read More

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टातार गरेको दाबीहसित मुद्दा दायर गरेपछि पूर्वसचिव भीम उपाध्यायले प्रतिक्रिया जनाएका छन् । हाल अमेरिकामा रहेका उनले मेलम्चीमा कुनै गल्ती नगरेको दाबी गरेका छन् । उनले  मिटिङमा चिया खाजा त्यो पनि शाकाहारीबाहेक केही नखाएको जिकिर गरेका हुन् । उनले ०७३ कार्तिकदेखि ०७४ भदौ १२ गतेसम्म आफूले खानेपानी मन्त्रालयको सचिव पदमा १० महिना काम गरेको र त्यसकै हैसियतमा मेलम्ची बोर्डको पदेन अध्यक्ष रहेको जानकारी दिएका छन् । त्यस अवधिमा आफूबाट कुनै प्रकारको अनियमितता नभएको दाबी उनको छ । “म ३ करोड नेपालीका सामु ढुक्कसँग भन्छु, मबाट देशहितको कामबाहेक मेलम्चीमा कुनै गल्ती गरेको थिएन, छैन…

Read More

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि भएको बताएका हुन् ।  राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले  प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको स्मरण गरेका छन् ।  ‘विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशताविरूद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणाम स्वरूप मानवअधिकार…

Read More

काठमाडौं : प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले विभिन्न अफर ल्याएको छ । टेलिकमले साबिक बमोजिमको फ्रि रिसोर्स अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा दिन लागेको हो । यस्तै, ३० दिन सम्म सो रिर्सोस चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने जनाइएको छ । यस्तै, एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको वार्षिक ‘वान टाइम’ प्याकेज र कम्बो वार्षिक ‘वान टाइम’ प्याकेजमा सहुलियत प्रदान गरिएको छ । कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ । यस अन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस…

Read More