Author: महेन्द्रनगर पोष्ट

धनगढी : एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा संसदीय दलका नेता दीर्घबहादुर सोडारीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले दल नेता सोडारीको नेतृत्वमा सरकार गठन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । सत्ता गठबन्धनमा संकट आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन तयार भएका थिए । त्यसअनुसार एकीकृत समाजवादीका दल नेता सोडारीले बुधबार बिहानै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका थिए । तर केन्द्रबाट निर्देशन नआएको भन्दै एमाले नेताहरू बिहान बैठकमै गएनन् । सत्ता गठबन्धनका नेताहरूले सोडारीलाई मुख्यमन्त्री बनाउन एमाले नेताहरू तयार नभएको बताएका छन् । तर सुदूरपश्चिममा एमाले संसदीय दलका नेता राजेन्द्र…

Read More

धनगढी : भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका छन् । बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका बन्द गरिएका हुन् । भारतमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गर्दै सीमानाका बन्द गरिएका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । ‘यही वैशाख ७ गते उत्तराखण्ड र चम्पावतमा हुने लोकसभा सामान्य निर्वाचन हुँदैछ’, उनले भने, ‘उक्त निर्वाचनलाई दृष्टिगत गर्दै मंगलबार साँझ ६ बजेदेखि वैशाख ७ गते शुक्रबार साँझ ७ बजेसम्म नाका बन्द गरिएका हुन् ।’ उक्त अवधिमा सीमानाकामा पूर्ण रुपमा आवतजावत बन्द रहेको प्रजिअ शर्माले बताए । सुरक्षा संवेदनशीलताका कारण नाका बन्द गरिएको उनको भनाइ छ । सीमा…

Read More

काठमाडौं । बाँकेको जमुनाह नाकाबाट भारत लैजाँदै गरेको चुरोट प्रहरीले बरामद गरेको छ ।प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाहबाट करिब एक लाख ५८ हजार ७२० मूल्य बराबरको १२८० प्याकेट खुकुरी चुरोट बरामद गरेको हो । चुरोटसहित ढुवानीमा संलग्न तीन जना व्यक्ति पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।बरामद भएको चुरोटसहित पक्राउ परेका तीनै जनालाई भन्सार कार्यालय पठाइएको छ । अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले चुरोट बरामद गरेको हो ।

Read More

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । उनलाई सजाय भुक्तानीका लागि अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ । दावालाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गरेको थियो । उनलाई पाँच वर्ष कैद र पाँच हजार जरिवाना तोकिएको थियो । तर, उनी सजाय भुक्तान नगरी फरार थिए । दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दाका फरार अभियुक्त हुन्न ।

Read More

काठमाडौं । दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस सल्यानको बागचौर नगरपालिका वडा नं २ ठिनबाङ खोलामा दुर्घटना भएको छ । रा १ ख २०८५ नम्बरको बस ठिनबाङ खोलाको पुलबाट खस्दा १३ यात्रु घाइते भएका छन् । घाइतेको थारमारे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Read More

काठमाडौँ ।नेकपा माओवादी केन्द्रका दुई दर्जन नेता चीन जान लागेका छन । महासचिव देव गुरुङको नेतृत्वमा दुई वटा उडानबाट सिचुआन प्रान्तको छन्तु प्रस्थान गर्न लागेका हुन । सिचुआन एअरलाइन्सको उडान नम्बर ३ यु ३९०२ मा पौने १२ बजे १५ जना र १२ः०५ बजे एअर चाइनाको उडान नम्बर सिए ०४३८ मा नौ जनाको यात्रा प्रबन्ध मिलाइएको छ । सिचुआन एअरलाइन्सको उडानमा महासचिव गुरुङ,अमृता थापा,परशुराम तामाङ, कमला रोका,अगष्तराज अधिकारी, विकास ढकाल,देवकी कार्की र विमला केसी जान लागेका हुन । सोही उडानमा जगत बिएस,गीता गहतराज,ईश्वरचन्द्र ज्ञवाली,गायत्री गुरुङ,दिपेन्द्र रोकाया,गणेश शाही र देवेन्द्रकुमार यादव पनि छन । मध्यान्ह १२ः०५ बजेको एअर चाइनाको उडानमा भने कृष्णकुमार…

Read More

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले चार जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका ४ जना प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चेक अनादर मुद्दामा एक हजार जरिवाना ठहर भएका धनगढी-१५ का नरसिंह चौधरी र कुटपिट मुद्दामा ५ हजार जरिवाना ठहर भएका भानु चौधरी रहेका छन् । त्यस्तै बहुविवाह मुद्दामा १ बर्ष २ महिना ८ दिन कैद सजाय ठहर भएका घोडाघोडी-९ का हरिलाल भण्डारी र लागूऔषध खैरो हिरोइन मुद्दामा १ महिना १० दिन कैद सजाय ठहर भएका जानकी-६ का ललित कडायत रहेका…

Read More

धनगढी : अछाममा आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट भएका छन् । जिल्लाको चौरपाटी गाउँपालिका ७ मार्कुखोला बस्ने रतन बोगटीको घरमा आगलागी भएको हो । आगलागीबाट घर भित्र रहेका नगद, सुनचाँदीका गहना, लत्ताकपडा, अन्नपात, भाँडाकुडा लगायतका सामानहरु जलेर नष्ट भएका छन् । आगलागीबाट मानविय र चौपाया क्षेती केहि नभएको । आगलागीबाट भएको क्षेतीको बिबरण आउन बाँकी रहेको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

धनगढी : कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ ट्राफिक चौराह नजिकबाट, बालुवाघाटबाट र गोदावरी न.पा.१ महेन्द्रनगर रोडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ५८ हजार ५ सय९० बराबरको प्याज,गुट्खा,पास्ता,लेडिज कुर्ती,सुपारी,चकलेट लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । यसैगरी, गोदावरी न.पा. १ धनगढी रोड स्थित सब्जी मण्डी नजिकबाट अबैंध रुपमा भन्सार छलि गरि ल्याएका ५लाख ५४ हजार ५ सय बराबरको ११ सय किलोग्राम प्याज र ८ वटा मोटरसाईकल सहित जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.७ बस्ने बर्ष ४० को राम अवतार रानालाई बिशेष सूचनाको…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले एकीकृत समाजवादीका दिर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नगर्ने अडान लिएको छ । आफ्नो दलले मुख्यमन्त्री नपाएपछि कांग्रेससँग समीकरण गरेर समाजवादीले सुदूरपश्चिममा केन्द्रीय सत्ता गठबन्धनविरुद्ध विद्रोह गरेपछि उत्पन्न हलचल मंगलबार थामथुम भए पनि बुधबार बिहानैदेखि पुनः खटपट देखिएको छ । गठबन्धनका शीर्ष नेताहरुबीच मंगलबार बिहान सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी भएपनि एमालेले मुख्यमन्त्रीमा दाबी पेस गर्ने व्यक्तिका विषयमा चासो राखेपछि अन्यौलता उत्पन्न भएको स्रोतले जनाएको छ । मंगलबार एकीकृत समाजवादीको नेतृत्वमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता पक्ष) र स्वतन्त्र सांसदको समर्थनमा बुधबार बिहान दाबी पेस गर्ने तयारी गरिएको थियो । एकीकृत समाजवादी सुदूपश्चिमले संसदीय…

Read More