Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : काठमाडौँको थापाथलीस्थित प्रसूति गृहबाट शुक्रबार शिशु अपहरण गरेर पक्राउ परेकी महिला अस्पताल भर्ना भएकी छिन्। काभ्रेको चौरीदेउराली घर भएकी २२ बर्सिया सविना श्रेष्ठकी २६ दिनकी छोरी चोरी गर्ने दैलेखकी मनकुमारी सिंह पाठेघरबाट रक्तस्राव भएपछि काठमाडौँको केएमसी अस्पताल भर्ना भएको काठमाडौँ प्रहरीले जानकारी दिएको छ। अनुसन्धानका लागि नियन्त्रणमा लिए पनि उनको पाठेघरबाट रक्तस्राव भएर बिरामी भएपछि अस्पताल भर्ना गरिएको काठमाडौँ प्रहरी परिसर प्रमुख भूपेन्द्र खत्रीले जानकारी दिए।

Read More

काठमाडौं : अमृत साइन्स क्याम्पस (अस्कल)मा अखिलका नेता कुटिएका छन्। शुक्रबार साँझ अखिलका स्थायी कमिटी सदस्य कमल जोशी कुटिएका हुन्। जोशी घाइते भएको प्रहरीले जनाएको छ। कलेजमा आयोजित कार्यक्रम सकेर फर्किने क्रममा जोशीमाथि कुटपिट भएको प्रहरीको भनाइ छ। जोशीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले काभ्रेका एक जनालाई पक्राउ गरेको छ। अस्कलमा विद्यार्थी संगठनबीच पटक-पटक झडप भइरहने गर्छ।

Read More

धनगढी : कञ्चनपुरमा ट्रक, टिप्पर र कार एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका – ५ गुलरीया बजारदेखि ५ सय मिटर पश्चिममा ट्रक र टिप्पर एक आपसमा ठोक्किँदा सँगसँगै गुडिरहेको कार पनि अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा परी कार सडकदेखि १० मिटर तल खसेको छ। दुर्घटनामा केहि व्यक्ति घाइते भएपनि विस्तृत विवरण भने आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय गुलरीयाका प्रमुख कर्ण बहादुर बोगटीले बताए। उनका अनुसार, घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।

Read More

सुदूरपश्चिम : सुँगुर, बुङ्गुरलगायतका पशुमा महामारीका रुपमा फैलिने ‘अफ्रिकन स्वाइन फिवर’ रोग भित्रिन नदिन कैलाली जिल्लाका सीमानाकामा निगरानी बढाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा शुक्रबार बसेको सरोकारवालाको बैठकमा यो रोग भित्रिन नदिन सीमानाकामा अवैध पैठारी तथा ओसारपसार नियन्त्रणका लागि निगरानी बढाउने निर्णय गरिएको हो । बैठकमा बङ्गुर तथा बङ्गुरजन्य पदार्थको ढुवानीमा पशु ढुवानी मापदण्ड २०६४ तथा भेटेनरी निरोगिताको प्रमाणपत्रसम्बन्धी प्रावधानलाई प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला सबैलाई अनुरोध गर्ने, कृषक तथा बङ्गुर व्यवसायीलाई जैविक सुरक्षाको विधि अवलम्बन गर्न उत्प्रेरित गराउने, पशु तथा पशुजन्य सामग्री तथा सवारी साधनको निर्मलीकरण गर्न लगाउने र आवश्यक सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने निर्णय गरेको छ…

Read More

धनगढी : धनगढीको एक होटलका म्यानेजर सम्पर्कविहीन भएका छन्। आज (शनिबार)देखि नयाराम होटलका म्यानेजर १९ वर्षीय भाष्कर भट्ट सम्पर्कविहीन भएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले भट्टको खोजी भैरहेको जानकारी दिए। डीएसपी चन्दका अनुसार, उनले कञ्चनपुरको डोकेबजारबाट अन्तिमपटक आमालाई फोन गरेर अब आउँदिन् भन्ने जानकारी दिएका थिए। त्यसपछि भने उनको मोबाइल अफ रहेको छ। भट्टकि आमाले बिशालनगर प्रहरीलाई खबर गरेपछि अहिले उनको खोजी कार्य जारी छ।

Read More

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भूकम्प पीडितका लागि २० लाख सहयोग गरेको छ। आईसीसी टी-२० विश्वकप-२०२४ को एसिया छनोटअन्तर्गत नेपाल र ओमानबीच भएको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम क्यानले सहयोग गरेको हो। प्रतियोगिताकै बेला गरेको बचा अनुसार उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको क्यानले जानकारी दिएको छ। गत कात्तिक १७ गते जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। उक्त भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति भएको थियो।

Read More

काठमाडौं : सर्ट भिडियो प्लेटफर्म टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय मान्न आलटाल गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले केही सेवा प्रदायकलाई स्पष्टीकरण सोधेको छ । प्राधिकरणका अनुसार, ती संस्थाहरूविरुद्ध कारबाही प्रक्रियासमेत अघि बढाइएको छ ।  अन्य इन्टरनेट सेवा प्रदायकलाई समेत सचेत गराउँदै प्राधिकरणले अटेर गरे दूरसञ्चार ऐन २०५३ बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ । प्राधिकरणले कतै टिकटक चलिरहेको भए content@nta.gov.np खबर गरिदिन इन्टरनेट सेवाग्राहीलाई आग्रह पनि गरेको छ । ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्घभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिररहेकाले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार…

Read More

बैतडी : बालविवाह तथा लैङ्गिक हिंसा रोक्न पाटन नगरपालिकाका धामी समूहलाई सक्रिय पारिने भएको छ। ग्रामीण भेगमा धामीझाँक्रीका कुरामा विश्वास गरिने भएकाले बालविवाह तथा लैङ्गिक हिंसा नियन्त्रण गर्न यस्तो उपाय अपनाइएको हो। सामाजिक विकास कार्यालय बैतडीको अगुवाइमा पाटन नगरपालिकामा गठन गरिएको प्रतिष्ठित धामी समूहले बालविवाह जस्ता प्रचलन नियन्त्रणका लागि धामीझाँक्रीसँग अन्तर्क्रिया गरिएको छ। सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शङ्करदत्त जोशीका अनुसार प्रतिष्ठित धामी समूहले जिल्लाका विभिन्न पालिकामा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। बालविवाह र लैङ्गिक हिंसाका कारण पर्ने असरका विषयमा धार्मिक अगुवाले जानकारी दिनुपर्ने भएकाले आफूहरू सचेतना अभियानमा सहभागी भएको प्रतिष्ठित धामी समूहका सचिव हरिप्रसाद जोशीले बताए। सामाजिक…

Read More

काठमाडौं : साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले समूह चरणको अन्तिम खेलमा आज प्यालेस्टाइनसँग खेल्दैछ। समूह बीबाट यसअघि नै दुवै टोली सेमिफाइनल पुगिसकेकोले आजको खेलले समूह विजेताको निर्णय हुनेछ। यो खेल जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ। उता प्यालेस्टाइनले पहिलो खेलमा इराकलाई ३-० र दोस्रो खेलमा सिरियालाई १-० ले हराएको थियो। प्यालेस्टाइनलाई पराजित गर्दै समूह विजेता बनेमा नेपालले सेमिफाइनलमा लेवानानसँग खेल्नुपर्नेछ। यदि प्यालेस्टाइनसँग पराजित हुँदै समूह उपविजेता बनेमा समूह ए को विजेता जोर्डनको सामना गर्नुपर्नेछ। साविक विजेता जोर्डन समूह ए मा तीनै खेल जित्दै समूह विजेता बनेर सेमिफाइनल पुगिसकेको…

Read More

काठमाडौं: नेपाल प्रहरीमा ४ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सहित ११ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) को अर्लि रिटायरको सूचीमा देखिएका छन्। प्रहरीको किताबखाना स्रोतका अनुसार ४ एआइजी र ११ डीआइजीहरु अर्लि रिटायरको सूचीमा देखिन्छन्। उमेर र ३० वर्षे सेवाहदको कारण उनीहरु सो सूचीमा परेका हुन्। जसमा एआइजी सन्दिप भण्डारी, मिरा चौधरी, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका छन्। यस्तै डीआइजीहरुमा भने विकासराज खनाल, सुरेन्द्र प्रसाद मैनाली, उमेशराज जोशी, पोषराज पोख्रेल, विष्णु कुमार केसी, यज्ञ विनोद पोखरेल, राजेन्द्रनाथ बास्तोला, किरण राणा, रामदत्त जोशी र भरतबहादुर बोहरा रहेका छन्। यी सबै २०८१ मा अवकाशमा जाने बताइएको छ । उसो त नेपाल प्रहरीमा…

Read More