Author: महेन्द्रनगर पोष्ट

अछामः अछाममा मल्लेखको एक किराना पसलमा चट्याङ्ग लागेर आगलागी भएको छ। मल्लेख गाउँपालिका-६ नम्बर वडाको नन्देश्वरी बस्ने ५५ वर्षीय दिपक बोहोराको २ कोठे किराना पसलमा गएराति १० बजेतिर चट्याङ्ग लागेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। आगलागीबाट अन्दाजी ७ लाखको क्षति भएको प्रहरीले जनाएको छ।

Read More

कैलाली : कैलालीको घोडाघोडी नगरपालिकाको जङ्गलमा विद्युतीय धराप थाप्ने थप ३ जना परेका छन्। पक्राउ पर्नेमा घोडाघोडी–४ बस्ने ४९ वर्षीय जितबहादुर चौधरी, ३८ वर्षीय सुधराम चौधरी र घोडाघोडी-५ बस्ने ४० वर्षीय राजकुमार चौधरी रहेका छन्। उनीहरूले जंंगली जनावरको सिकार गर्न गत माघ १० गते स्थानीय तुलसीपुर सामुदायिक वनमा थापेको धरापमा परि घोडाघोडी–१० का धनबहादुर शाहीको ज्यान गएको थियो भने मोहन्याल गाउँपालिका–३ का दुर्गा खत्री घाइते भएका थिए। घटनामा संलग्न घोडाघोडी–४ का मनीराम चौधरीलाई सुखड प्रहरीले यस अघि नै पक्राउ गरेको थियो। मनीराममाथि मुद्दा चलिरहेको छ। घटना अनुसन्धानमै रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले बताए। 

Read More

काठमाडौँ : दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो। केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेट जाँदा हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो। यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

Read More

अछाम : अछाममा बदेँलको आक्रमणबाट एक पुरुष घाइते भएका छन्। मंगलसेन नगरपालिका–६ का ४९ वर्षीय रामप्रसाद भण्डारी गम्भीर घाइते भएका हुन्। सोहि पालिकाको–७ को खेताडा टोलमा बस्तिमा छिरेको बदेललाइ लखेटने क्रममा आक्रमणमा परेर भण्डारी गम्भीर घाइते भएका हुन्। भण्डारीको अनुहार, तिर्घा, दुवै हात लगायत शरिका अन्य भागमा चोट लागेको प्रहरीले जनाएको छ। उनलाई जिल्ला अस्पताल अछामले सामान्य उपचार गरेर सुर्खेत प्रादेशिक अस्पतालमा रेफर गरेको छ।

Read More

बझाङ : सुदूरपश्चिम प्रदेशको गेम चेन्जर आयोजनाको रुपमा हेरिएको चैनपुर सेती जलविद्युत परियोजना मुख्य सुरुङ मार्गतर्फ जाने बाटो (अडिट टनेल) को निर्माणको काम सुरु भएको छ। नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने २ सय १० मेगावाट क्षमताको यो आयोजनाको रुमाली गाड र बस्टीको दुई वटा टनेल निर्माणको काम एकसाथ सुरु भएको हो। मुख्य सुरुङमा जान निर्माण हुने तीन वटा अडिट टनेल मध्ये तलकोट गाउँपालिका–३ रुमाली गाडमा एउटा र बस्टीमा २ वटा रहनेछन्। टनेल निर्माणको बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले उद्घाटन गरेका छन्। तीन मध्ये बस्टीगाउँको बस्तीनजिक रहेको अर्को सुरुङ भने स्थानीयले सिँचाई र रोजगारीको माग गर्दै विवाद गरेका कारण निर्माण…

Read More

कञ्चनपुरः कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासका स्थानीयवासी वन्यजन्तुको त्रासमा छन्। केही सातायतादेखि बस्तीमा चितुवा र जङ्गली हात्तीको बथान देखा पर्न थालेपछि स्थानीय त्रसित बनेका हुन्। बस्ती तथा उखुबारीमा चितुवा देखिन थालेपछि गाउँमा त्रास उत्पन्न भएको बेलौरी नगरपालिका–८ पचुइँका मनोज चन्दले बताए। “चितुवाले तीन वटा कुकुर खाएको छ। चितुवा देखिएपछि गाउँभर त्रास छ”, उनले भने, “बेलुकातिर घरबाहिर निस्कनै सकिदैँन। कतिबेला के हुन्छ भनेर डराइडराइ बस्नु परेको छ।” चन्दका अनुसार हुलाकी सडकअन्तर्गत पर्ने खप्टीनालादेखि पुचइँसम्म जोड्ने सडकमा स्थानीय हिँडडुल गर्न डराउने गरेका छन्। घना उखुबारी हुनाले सो क्षेत्रमा चितुवा तथा हिंस्रक जनावर लुक्ने गरेको उनले बताए। केही दिनअघि खप्टिनाला क्षेत्र भएर मोटरसाइकलमा…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। मंगलबार दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

धनगढी : आज फागुन ७ गते अर्थात प्रजातन्त्र दिवस । आजकै तिथि पारेर बोलाइएको बझाङको सुनकुडा माध्यामिक विद्यालयको अभिभावक भेलामा गजबको रमाइलो भएछ । विद्यालय व्यवस्थापन समिति गठन गर्न बोलाइएको अभिभावक भेलामा रोचक कुरा त यो छ कि ? त्यहाँ अभिभावक भन्दाबढी सुरक्षाकर्मी देखीए । सत्तापक्षका जनप्रतिनिधीहरुलाई सुरक्षा दिन बोलाइएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी मल्ल र प्रवक्ता हरिचन्द्र जोशीलाई दुई घेरामा सुरक्षा दिईरहेका थिए । उक्त तस्बीर अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ भने विभिन्न टिकाटिप्पणीहरु आइहरेका छन् । तर त्यो तस्बीर भन्दा त्यहाँ भएको आज दिउँसोको दृश्य (घटनाक्रम) साच्चिकै रोचक छन् । विद्यालयमा बोलाइएको अभिभावक…

Read More

धनगढी : डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन्। स्थानीय ठक्कर बहादुर खडायतले ७१ वर्षको उमेरमा श्रीमतीको सिउँदो भरेका हुन्। उनले सुर्खेतकी ६३ वर्षीया कुमारी भाटको सिउँदो भरेका छन्। ३ छोरी र एक छोरा भएको उक्त दम्पत्ती लामोसमय प्रेम सम्बन्ध थियो। उनीहरूबाट सन्तानसमेत भएपनि श्रीमतीको रूपमा घर भित्रिएकी भाटको खडायतले सिउँदो भने भरेका थिएनन्। तर, जोरायल ५ गड्सेरास्थित ज्यूनेबस्तास्थित वैयाल परिवारले सप्ताह महायज्ञको समारोहमा उक्त दम्पती वैवाहिक सूत्रमा बाँधिएको सप्ताह आयोजक समितिले जनाएको छ विवाहमा बेहुला/बेहुलीका पनातिसमेत सहभागी थिए भने यसलाई वैवाहिक रुपमा नौलो अभ्यास मानिएको छ।

Read More

काठमाडौं :  नेपालीहरू भारत भ्रमणमा जाँदा अब सजिलै भारतको सिम कार्ड खरिद गर्न पाउने भएका छन्। भारतको सञ्चार मन्त्रालयले सोमबार सूचना जारी गर्दै नेपाल र भुटानी नागरिकका लागि सजिलै सिम कार्ड खरिद गर्न सकिने व्यवस्थाबारेमा जानकारी गराएको हो । भारत भ्रमणमा जाँदा नेपालीले नागरिकता, भोटर कार्ड, पासपोर्टमध्ये कुनै एकबाट त्यहाँको सिम कार्ड खरिद गर्न पाउने जनाइएको छ । त्यस्तै भारतस्थित नेपाली दूतावासले जारी गरेको फोटोसहितको प्रमाणपत्रले पनि सिम कार्ड खरिद गर्न सकिने बताइएको छ ।

Read More