Author: महेन्द्रनगर पोष्ट

धनगढी : दार्चुलाको महाकाली नदीमा भारतीय नागरिक मृत फेला परेका छन्। जिल्लाको महाकाली नगरपालिका–५ ठड्याकाठो सडकदेखि एक सय मिटर तल महाकाली नदीमा भारतका २५ वर्षीय प्रेम सिंह नेगीको शव फेला परेको हो। प्रहरीका अनुसार भारतको विथौरागढ चैसिल धारचुला जिप्टीका नेगीको शव बिहिवार दिउँसो नदीको ढुङ्गाको बिचमा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय, दार्चुलाले घटनाको विषयमा थप अनुसन्धान गर्दैछ।

Read More

सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन् । यसअघि गत फागुन १२ देखि ३० गते सम्मको १८ दिन २६ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो ।  कोरोना सङ्क्रमित बढ्दै गएपनि यो रोगको रोकथाम र निगरानीका लागि त्यति चासो देखिएको पाइदैन । कोरोना भाइरसको सङ्क्रमण बढेको भए पनि यसको रोकथाममा त्यति चासो नदेखाइएको गौरीफन्टा सीमानास्थित ‘हेल्थ डेस्क’का अहेब गणेश साउदले बताउनुभयो । हेल्थ डेस्कमा एन्टिजेन विधिबाट कोरानाको नमुना जाँच हुने गरेको छ ।“देशका अरु नाकामा यो रोगका सङ्क्रमित देखिएका…

Read More

धनगढी : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालयले बिहीबार साँझ केजरीवाललाई उनको निवासबाट पक्राउ गरेको हो। समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई शुक्रबार नै पीएमएलए अदालतमा पेश गरिनेछ। ईडीले सोधपुछका लागि उनको हिरासत खोज्नेछ। अहिले दिल्लीका मुख्यमन्त्रीको निवास बाहिर ठूलो संख्यामा अर्धसैनिक बल र दिल्ली पुलिसका जवानहरू उपस्थित छन्। मुख्यमन्त्री निवासबाहिर आम आदमी पार्टीका कार्यकर्ताको भीड लगातार बढिरहेको छ । यससँगै आम आदमी पार्टीले यस विषयमा सर्वोच्च अदालतको ढोका ढकढक्याइरहेको छ ।

Read More

काठमाडौं: काठमाडौंमा एक प्रहरी जवान मृत फेला परेका छन्। आज (बिहीबार) काठमाडौंमा प्रहरी जवान प्रकाशचन्द्र जोशी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। स्रोतका अनुसार उनी काठमाडौंमै कार्यरत थिए। यता, प्रहरी प्रधान कार्यालयका प्रहरी प्रवक्ता डीआइजी भीम ढकालले भने मृत्युको ठ्याक्कै कारण नखुलेको र आन्तरिक पारिवारिक कुरा भएकाले खुलाउन नमिल्ने जानकारी दिए। मृतक जवानको स्थायी घर सुदूरपश्चिमको बझाङ भएको बुझिएको छ। अन्दाजी २९ वर्षीय जवान जोशीले केही समय अगाडी दोस्रो विवाहसमेत गरेको बताइएको छ। बहुविवाहकै कारण उनी समस्यामा परेको स्रोतको बुझाई छ। तर यसमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ।

Read More

धनगढी : धनगढीसँग सीमाना जोडिएको भारतीय बजार वनगाउँमा एक नेपाली महिलाको नाङ्गो भिडिओ खिचिएको छ। लुगा खरिदका लागि वनगाउँ गएकी महिलाको पसलमा काम गर्ने युवाले नाङ्गो भिडिओ बनाएका हुन्। वन गाउँमा रहेको नयन एण्ड सन्स कपडा पसलमा काम गर्दै आएका सत्यम गुप्ताले एक नेपाली महिलाको नाङ्गो भिडिओ बनाएको भन्दै पक्राउ गरिएको छ। उनले कपडा पसलको लुगा फेर्ने ठाउँमा अँध्यारो भएकाले महिलालाई मोबाइल दिएका थिए। मोबाइलमा बत्ती बालेर महिलालाई दिएका गुप्ताले भिडिओसमेत बनाएको फेला परेको हो। उनले नेपाली महिलाको कपडा फेर्दै गरेको नाङ्गो भिडिओ बनाएका हुन्। भारतीय प्रहरीमा नेपाली महिलाले खबर गरेपछि उनलाई नियन्त्रणमा लिइएको छ। उनीसँगै पसलका सञ्चालक निरज गुप्तालाई…

Read More

धनगढी : कैलालीमा चोरीको स्कुटर नम्बर परिवर्तन गरेर चलाइरहेको अवस्थामामा एक युवती समातिएकी छन् । बिहीबार दिउँसो गौरीगंगा नगरपालिका १ चौमालामा सुपप्र ०१००११प२७५३ नम्बरको स्कुटर नम्बर परिवर्तन गरेर चलाइरहेको अवस्थामा टीकापुरकि सन्ध्या चन्दलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर बरालले चन्दलाई स्कुटर चलाइरहेको अवस्थामा चन्दलाई नियन्त्रणमा लिइएको बताए । चन्दले सुरूमा श्रीमान आशिष खड्काको आमा सरिताले स्कुटर किनिदिएको बताएकी थिईन् तर ब्लुबुक देखाउनुस भन्दा नसकेपछि श्रीमानले किनेको बताएकि थिईन् । तर इन्जिन र चेसिस नम्बर चेक गर्दा उक्त स्कुटर स्थानीय धर्म बुढाको चोरीको भएको प्रहरीले जनाएको छ । अहिले सन्ध्या…

Read More

काठमाडौं : गृह मन्त्रालयले आमसञ्चार माध्यमका विषय निगरानी र कारबाही चलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई गरेको परिपत्र सच्याएको छ । ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बिहीबार पठाएको परिपत्रमा अनलाइन तथा छापा सञ्चार माध्यमको अनुगमन र कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा डेस्क राख्ने उल्लेख थियो । तर उक्त परिपत्र सार्वजनिक भएसँगै विरोध सुरु भएको थियो । त्यसपछि बिहीबार साँझ नै गृह मन्त्रालयले अर्को विज्ञप्ति जारी गरी सञ्चार माध्यमको निगरानी र कारबाही गर्ने विषय परिपत्रमा समावेश नभएको स्पष्टीकरण दिएको छ । ‘मिति २०८० चैत ६ गते मन्त्रालयबाट यससम्बन्धी परिपत्र नभएको र सञ्चार माध्यममा प्रकाशित सरोकारलाई समेत मध्यनजर गरी मस्यौदामा उल्लेख भएका उक्त बुँदाहरु…

Read More

काठमाडौं : सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ३० भदौ २०७८मा सरकारले कांग्रेससम्बद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको थियो । त्यसअघि तत्कालीन सरकारले एमाले नेता देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो । सत्ता गठबन्धन फेरिएसँगै नयाँ आयोग गठन गर्ने गरी सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको हो । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने गरी गठन भएको भूमि आयोगले पछिल्लो समयमा विभिन्न ठाउँमा लालपूर्जा वितरण थालेको थियो । स्थानीय तहहरुबाट भूमिहीन दलित,…

Read More

काठमाडौं : गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई २१ बुँदे निर्देशन जारी गरेको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुधबार शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन जारी गरेका हुन्। सबै प्रमुख जिल्ला अधिकारीहरूलाई शान्ति सुरक्षा तथा अपराध नियन्त्रण गर्न निर्देशन दिइएको छ। जिल्लामा हुने गैरकानुनी गतिविधिहरूलाई पूर्णतया निस्तेज गर्न तीन महिनाको अल्पकालीन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने र त्यसअनुसार मातहत इकाइहरूलाई निर्देशन दिने भनिएको छ। जिल्लाभित्र बढी अपराध हुने क्षेत्रहरूको पहिचान गर्ने, त्यस्तो क्षेत्रमा सुरक्षा निगरानी तथा आकस्मिक चेकजाँच, गस्ती, पट्रोलिङ बढाउन पनि निर्देशन दिइएको छ। सामाजिक सञ्जालको मर्यादित…

Read More

काठमाडौं : एकल महिलालाई बिहे गर्ने आश्वासन दिई ठगी गरेको र शोषण गरेको आरोपमा प्रहरी प्रधान कार्यालयका एक प्रहरी अधिकारी कारबाहीमा परेका छन्। सवारी महाशाखामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) मदन तामाङलाई मङ्गलबार निलम्बन गरिएको हो । उनले एक महिलालाई विभिन्न आश्वासन दिएर ५४ लाख रुपैयाँ ठगी गरेको छानबिनबाट पुष्टि भएपछि निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए। पीडित महिलाले छ महिना अगाडि नै उजुरी दिएकोमा बल्ल छानबिन र कारबाही अघि बढेको हो। सइ तामाङकी श्रीमतीले समेत ठगीमा सहयोग गरेको छानबिनबाट खुलेको छ। पीडित एकल महिलालाई तामाङले आफू अविवाहित रहेको भन्दै झुक्याएका थिए। प्रेमको नाटक गरेर उनले…

Read More