डडेल्धुराः सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ मंसिर १२ गते लाग्ने भएको छ। हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ। मंसिर ११ गते रतेडी र १२ गते दिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ। छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुन्छ। डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पूजा–आराधना गर्न पुग्छन्। देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : ललितपुर प्रहरीले जुवा खालबाट पक्राउ गरेका ८ जनालाई शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा उपस्थित गराउने भएको छ। मंगलबार ललितपुर महानगरपालिका-१५ हात्तीवनस्थित क्लासिक टावर ब्लक ‘ए’ को १६ औं तलाबाट नेपाली सेनाका पूर्वउपरथि होम लावतीसहित ८ जनालाई पक्राउ गरेको थियो। प्रहरीले विशेष सूचनाको आधारमा खालबाट झन्डै १७ लाख रुपैयाँसहित ८ जनालाई पक्राउ गरेको थियो। जसमध्ये सेनाका पूर्वउपरथि लावती पनि परेका थिए। अन्य भने व्यवसायीहरू हुन्। उनीहरूलाई जरूरी पक्राउ पुर्जी दिएर प्रहरीले हिरासतमा राखेको छ। तिहारको सार्वजनिक बिदा भएकाले शुक्रबार उनीहरूलाई प्रशासनमा हाजिर गराउने तयारी छ।
दार्चुला : दार्चुलाकाे नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार गाउँपालिकाको गाडी दुर्घटना भएको छ। जिल्लाकाे नौगाड गाउँपालिका-२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश न ३-०२२ च ५१२९ नम्बरको बोलेरो जीप नौगाड गाउँपालिका-३ बगड जामिरमा दुर्घटना भएको हो । जीप दुर्घटना हुँदा चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको बताइएको छ। घाइते दुबैलाई उपचारका लागि धनगढी लगिएको छ। उक्त जीप नौगाड गाउँपालिकाले भाडामा लिएको थियो ।
धनगढी : कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित डिलासैनी क्लिनिकमा उपचारका क्रममा मृत्यु भएका बालकका परिवारजनले क्लिनिक सञ्चालकमाथि कारबाही र क्षतिपूर्तिको माग पूरा नभएसम्म शव नउठाउने अडान लिएका छन्। ज्वरो आएपछि मंगलवार साँझ डिलासैनी क्लिनिकमा उपचारका लागि लगिएका गोदावरी नगरपालिका–५ गेटाका भरत ऐरका चार वर्षीय छोरा सम्राट ऐरको क्लिनिक सञ्चालक दिनेश धामीका भाई नविन धामीले सुई लगाए लगत्तै मृत्यु भएको थियो। सुई लगाएपछि अचेत भएका ऐरलाई धामीले स्कुटरमा राखेर तत्काल माया मेट्रो अस्पताल पुर्याएका थिए। त्यहाँ पुर्याउनुअघि नै बालक ऐरको मृत्यु भइसकेको थियो। मृतकका परिवाजननले दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै शव उठाउन नमानेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा बुधवार…
काठमाडौँ : नेपाल प्रहरीले तिहारमा छिटफुट घटनाबाहेक समग्रमा मुलुकभरको आपराधिक घटना सामान्य रहेको जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार तिहारमा विगतको तुलनामा कम आपराधिक घटना भएका छन् तर सडक दुर्घटना भने केही बढेका छन्। तिहारको समयमा देशभर सडक दुर्घटना बढेको प्रहरीको अनुमान छ। दीपावलीमा केही ठूला आगलागीका घटना पनि भएका छन्। विगतका वर्षमा भन्दा यसवर्ष बढी जुवा तास खेल्ने पक्राउ परेका छन्। प्रवक्ता कडायतले तिहार आजसम्मै भएको र देशभरबाट तथ्याङक सङ्कलनको कार्य भइरहेकाले एक-दुई दिनभित्रै तिहारको घटनाको विवरण आउने अपेक्षा गरे।
कञ्चनपुर : दुई दशकदेखिको जग्गा अंश सम्बन्धिको विवाद दुई दिनमै मिलापत्र भएपछि शुक्लाफाँटा नगरपालिका– १२ देखतभूली अग्लीपट्टीका इतवरीया राना निकै खुसी भएका छन् । नगरपालिकाको न्यायिक समितिले उनको उजुरी आएको दुई दिनममै अंश पाउने गरी विवादको टुङ्गो लगाइदिएको थियो । झण्डै तीस वर्षअघि राना परिवार बस्दै आएको दुई बिघा दर्ता भएको जग्गा र तीन बिघा ऐलानी जग्गा दोदा नदीले कटान गरी बगाएको थियो । “जग्गा कटान भएको दुई दशकपछि नदीले बहाव परिवर्तन गर्दै जग्गा भएर बग्न छाडेपछि चारजना बुवाको अंश लाग्ने जग्गामा तीन जना बुवाका छोराहरुले खेती गर्न थालेका थिए” रानाले भने, “मैले अंश माग्न खोज्दा गालीगलौज र कुटपिट गर्न…
काठमाडौं : बर्दियामा एक युवकको हत्या भएको घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। लक्ष्मी पूजाको राति गुलरिया नगरपालिका-६ का २३ वर्षीय वरुण घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरिएको बर्दियाका एसपी सुधिरराज शाहीले जानकारी दिए। घटनामा संलग्न ३ जना अझै फरार रहेको र उनीहरूको खोजी भइरहेको उनले जानकारी दिए। प्रहरीले पक्राउ पर्नेको नाम भने गोप्य राखेको छ।
काठमाडौं : फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल आज राति ९ बजे सुरु हुनेछ। नेपाल रहेको समूहमा यूएईका साथै बहराइन र यमन रहेका छन्। वरीयताका आधारमा यूएई बलियो टोली हो। नेपालको दोस्रो खेल भने मंसिर ५ गते घरेलु मैदान दशरथ रंगशालामा हुनेछ। अबको आठ महिनामा नेपालले छनोटका ६ खेल खेल्नेछ र एक प्रकारले राष्ट्रिय टिम ब्यस्त जस्तै हुनेछ। पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो। लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २-१ ले विजयी हुँदै दोस्रो चरणको यात्रा तय गरेको हो।
काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा बिहीबार अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दैछन्। यी दुई टोलीबीचको खेल भारतको कोलकातास्थित इडेन गार्डेन मैदानमा दिउँसो सवा २ बजे शुुरु हुनेछ। आजको विजेता टोलीले फाइनलमा भारतसँगको भेट पक्का गर्नेछ। अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच भएका पछिल्ला पाँच एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले ४ खेल जितेको छ भने अस्ट्रेलियाले एक मात्र जितेको छ। यसअघि गएराति सकिएको खेलमा भारतले न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ। भारत जारी प्रतियोगितामा अपराजित रहँदै उपाधि नजिक पुगेको हो।
काठमाडौँ : जिल्ला कारागार सिन्धुलीमा एक जना कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–१० घर भएका विमल मगर छन्। ३० वर्षीय विमलको शव पोस्टमार्टमका लागी सिन्धुली अस्पतालमा राखिएको सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए। भाइटिकाको दिन कारागार परिसरमा देउसी खेलेर उनी सुतेका थिए। राति अचानक उनले छाती दुःखेको अन्य कैदीबन्दीहरुलाई बताएका थिए। स्कुलको गाडी चालक विमल सवारी ज्यान मुद्दामा भदौ २२ मा पक्राउ परेका हुन्। सिन्धुली जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको एसपी सिलवालले जानकारी दिए।