Author: महेन्द्रनगर पोष्ट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीसहित केन्द्रीय सदस्य शेखर कोइरालालाई निवास बूढानिलकण्ठमा बोलाएर पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन्। सोमबार बिहान बूढानिलकण्ठमा भएको छलफलमा सभापति देउवाले प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नियत नै धोका दिने रहेको निष्कर्ष पनि सुनाए। सुरूमा संघीय सरकारमा पार्टीबाट नेतृत्व गरेर गएका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन टुट्नुअघिका घटनाक्रमबारे ब्रिफिङ गरेका थिए। कोशीमा नेकपा (एमाले) का ३९ सांसदसँग मिलेर कांग्रेसका ८ सांसदले केदार कार्कीलाई मुख्यमन्त्री बनाएको, माघ ११ को राष्ट्रिय सभा चुनावमा माओवादी उम्मेदवार चम्पादेवी कार्कीलाई हराएको र तीन महिनादेखि संघीय सरकारका मन्त्री फेर्न…

Read More

काठमाडौं : संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा दर्ता भएको छ । दर्ता भएको विधेयकअनुसार अब निजामती कर्मचारी बन्न पुरुषको हकमा ३२ र महिलाका लागि ३७ वर्ष प्रस्ताव गरिएको छ । यसअघि पुरुषको हकमा ३५ र महिलाको हकमा ४० वर्ष उमेर तोकिएको थियो । “राजपत्र अनंकित वा सहायक तहको पदमा १८ वर्ष उमेर पूरा भएको,” विधेयकमा लेखिएको छ, “राजपत्रांकित वा अधिकृत तहको पदमा २१ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ ।” विधेयकमा थप लेखिएको छ, “पुरुष उमेदवारको हकमा २१ वर्ष र महिला उमेदवारको हकमा ३७ वर्ष उमेर पूरा नभएको ।” संघीय मामिलामन्त्री अनिता…

Read More

धनगढी : सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले पठाएको पत्र सामाजिक विकास मन्त्रालयमा अलपत्र परेको छ । प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका निर्देशक डाक्टर निरज अर्याललाई जिम्मेवारीबाट हटाउन भन्दै शुक्रबार पठाएको पत्रमा सोमबारसम्म पनि कारबाही अगाडी बढेको छैन् । डा.अर्याललाई जिम्मेवारीबाट हटाउन कुनै ठोस कारण नभएपछि मन्त्रालयका कर्मचारीहरु उनी विरुद्ध टिप्पणी उठाउन कर्मचारी तयार छैनन् । मुख्यमन्त्री कार्यालयले पठाएको पत्रमा कारबाही अगाडी बढाउन भन्दै निमित्त सचिव गणेश बहादुर सिहले प्रशासनका शाखा अधिकृत भुवन जोशीलाई तोक लगाएका थिए । तर जोशी टिप्पणी उठाउनु पर्ने भएपछि विदामा बसेको बताईएको छ । उनले डाक्टर अर्याललाई हटाउने सहमतिका लागि मुख्यमन्त्री कार्यालय पठाउने दोस्रो टिप्पणी नउठाउने…

Read More

काठमाडौं : तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले शपथ लिएका हुन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । त्यस अनुसार प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका हुन् ।

Read More

धनगढी : सशस्त्र प्रहरी बलका नायब उपरीक्षक (डिएसपी) मृत भेटिएका छन् । आज दिउँसो मोरङको धनपालथान गाउँपालिका–३ स्थित सशस्त्रका डिएसपी ४२ वर्षका उपेन्द्र बस्याल मृत अवस्थामा फेला परेका हुन् । उनी सोही ठाउँस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख थिए । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन दाहालले कार्यालय परिसरको स्टोर कोठाको सिलिङ्गमा झुण्डिएको अवस्थामा बस्यालको शव फेला परेको जानकारी दिए । उनका अनुसार प्रहरी कोठाभित्र प्रवेश गरेको छैन । परिवारका सदस्यलाई बोलाइएको छ । ‘बाहिरबाट हेर्दा झुण्डिएको देखिन्छ । तर,प्रहरी कोठाभित्र प्रवेश गरेको छैन । परिवारका सदस्यलाई बोलाएका छौं । र, उहाँहरु आएपछि मात्र भित्र पस्छौं,’ डिएसपी दाहालले भने…

Read More

धनगढी : बैतडी घर भएका सशस्त्र प्रहरीका सहायक हवल्दार दार्चुलामा मृत फेला परेका छन्। ३० वर्षीय सुरेन्द्रबहादुर बोहरा दार्चुलाको अपिहिमाल गाउँपालिका २ मा मृत फेला परेका हुन्। उनी श्रीमतीलाई भेट्न ससुराली गएका थिए। दुई/तीन दिन अगाडी बिदा लिएर गएका बोहरा आइतबार बिहान करिब ९ बजेतिर ससुराली नजिकै झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी शिव सिंहले जानकारी दिए। बोहराकी श्रीमती गाउँपालिका स्वास्थ्यमा कार्यरत थिइन्।बैतडीको पुर्चौडी नगरपालिका ३ घर भएका बोहरा कञ्चपुरको बह्रमदेवस्थित विओपीमा कार्यरत थिए।

Read More

बैतडी : बैतडीमा एक युवक मृत फेला परेका छन्। जिल्लाको दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको सुर्नया गाउँपालिका–२ सतबाँझमा आज (सोमबार) बिहान एक युवक मृत फेला परेका हुन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रिमका ३७ वर्षीय विरसिंह कुँवर मृत फेला परेका बैतडीका प्रहरी निरीक्षक नन्दराज जोशी जानकारी दिए। कुँवर आइतबार जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रमाणपत्र बनाउन आएका थिए। आइतबार अबेर सतबाँझ पुगेका र राति चिसोले कठ्याङ्ग्रिएर मृत्युु भएको प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Read More

धनगढी: सुदूरपश्चिममा पछिल्लो समय युवतीहरु लागुऔषधको दलदलमा फस्दै गएको प्रहरी रिपोर्टले देखाएको छ। प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका अनुसार पछिल्लो समय युवामात्र होइन, लागुऔषध प्रयोगकर्तामा युवतीको सँख्या पनि बढ्दै गएको छ। हिजोमात्रै कञ्चनपुरमा एक युवतीसहित २ जना लागुऔषधसहित पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार हिजो (आइतबार) भीमदत्त नगरपालिका-१२ की २० वर्षीया ललिता जोशी र सोही नगरको वडानम्बर १८ का २२ वर्षीय शिरिस बोगटी पक्राउ परेका हुन्। उनीहरुको साथबाट प्रहरीले प्लाष्टिकसहित ३.६५ ग्राम लागुऔषध (खैरो हिरोईन) बरामद गरेको थियो। स्रोतका अनुसार युवतीले ब्रा (गोप्य अंगभित्र सेतो प्लास्टिकभित्र बेरेर २ थान पुडिया) लुकाएको अवस्थामा लागुऔषध बरामद गरिएको हो। गोप्य सूचनाको आधारमा वरिष्ठ सई…

Read More

धनगढी : केन्द्रमा सत्तारुढ गठबन्धन फुटेर नयाँ समीकरण बनेसँगै प्रदेशमा पनि नयाँ सरकार बन्ने देखिएको छ। जसअनुसार सुदूरपश्चिममा पनि नयाँ सरकार बन्ने भएको हो। अहिलेको नेपाली काँग्रेस नेतृत्वको सरकार भङ्ग भएर नयाँ समीकरणको सरकार बनाउने तयारी थालिएको स्रोतको दाबी छ। हाल सुदूरपश्चिममा काँग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन्। अब फेरिएको समीकरणमा भने नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी गरेका छन्। तर नाउपाको मुख्यमन्त्री पाउने सम्भावना न्यून छ। जसअनुसार माओवादीका संसदीय दलका नेता मानबहादुर धामी अब सुदूरपश्चिमको नयाँ मुख्यमन्त्री बन्ने छन्। पूर्व वनमन्त्रीसमेत रहेका धामी दार्चुलाबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। उनी हालै खगराज भट्टलाई हटाएपछि माओवादी दलको…

Read More

काठमाडौं : बदलिएको सत्ता समीकरणमा देशको प्रमुख राजावादी शक्ति राप्रपा तत्काल सहभागी नहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपासँग छलफल नै गरेका छैनन् । हिजो प्रधानमन्त्रीले एमाले, रास्वपा, जसपाका शीर्ष नेताहरूलाई बालुवाटार बोलाएर कुराकानी गरेका थिए । तर, राप्रपालाई बोलावट आएन । राप्रपा प्रवक्ता मोहन श्रेष्ठ पार्टी अहिले आन्दोलनमा रहेकाले सरकारमा जाने विषयमा कुनै सोच नबनाएको बताए । उनले भने, ‘हामीलाई प्रस्ताव पनि आएको छैन र हामीले तत्काल सोच पनि बनाएका छैनौँ । हामी अहिले आन्दोलनकारी दल हौँ । राष्ट्रिय शक्तिका बीचमा नवीन समझदारीको आवश्यकता छ ।’

Read More