Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा दैलेखका २९ वर्षीय लोकेन्द्रकुमार तिरुवा छन् । तिरुवाले प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर माघ ७ गते काठमाडौंको सुन्धारास्थित सिक्लेस गेष्ट हाउसमा लगेर बलात्कार गरेको पीडित युवतीले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । घटनाबारे अनुसन्धान सकेर जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भैसकेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : मकवानपुरकी एक बालिका बलात्कारको अभियोगमा सिन्धुलीका पूर्वमाओवादी लडाकु कमाण्डर पक्राउ परेका छन् । फागुन ४ गते १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा सिन्धुली मरिन गाउँपालिका ७ का हरि श्रेष्ठलाई पक्राउ गरिएको जिप्रका मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताए । उनलाई पहिलोपटक म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी भण्डारीले दिए । जनयुद्धकालमा प्रमोद नामले चिनिने श्रेष्ठ माओवादी जनमुक्ति सेनाको दोस्रो डिभिजन कमाण्डर थिए । उनी लडाकुलाई शिविरमा राखिएका बेला दुधौलीमा थिए ।

Read More

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमडौंको प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीलाई दिइएको छ । एसएसपी भूपेन्द्रबहादुर खत्रीले उनलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् । यसअघि प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहेका प्रहरी उपरीक्षक कुमोद ढुंगेलको जिल्ला प्रहरी कार्यालय पर्सा सरुवा भएका थिए । अधिकारी भने यसअघि सीआईबीको प्रवक्तामा थिए । जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुख भइसकेका अधिकारीले बागमती प्रदेश प्रहरी कार्यालयमा पनि प्रवक्ताकै जिम्मेवारीमा थिए ।

Read More

धनगढी : नेपाल पुलिस स्कुल धनगढी, कैलालीको ३८औँ वार्षिकोत्सव समारोहमा सोमबार सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो वार्षिकोत्सव समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दिलिप सिंह देउवाको पनि सहभागिता रहेको थियो । यस्तै कैलालीस्थित विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, सिनियर प्रहरी अधिकृतहरु, सैनिक आवासीय महाविद्यालयका प्रअ तथा प्रतिनिधी, पत्रकारहरु लगायत अभिभावकको उपस्थिति रहेको थियो ।

Read More

धनगढी : सरुवा भएर जिल्ला प्रहरी कार्यालय कञ्चनपुर आएका एसपीले आफ्नो कार्यभार सम्हालेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको फागुन १ गतेको पत्रनुसार सरुवा भएर कञ्चनपुर आएका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले आज फागुन ७ गते कार्यभार सम्हालेका हुन । एसपी जोशी लागु औषध नियन्त्रण ब्युरो, अपराध अनुसन्धान तथा कारवाही शाखा काठमाण्डौँबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको कार्यालय प्रमुख भएर आएका हुन । आज कार्यालयमा हाजिर भएका एसपी जोशीले मातहतका प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका छन् ।

Read More

काठमाडौं : भारतको रणजी ट्रफी खेल्ने टिमसँग नेपालले त्रिकोणात्मक टी ट्वान्टी सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार भारतीय टिमसँग नेपालले खेल्ने टी ट्वान्टी सिरिजको मिति सार्वजनीक गरेको हो । नेपालले गुजरात र बरोडासँग त्रिकोणात्मक टी ट्वान्टी सिरिज खेल्नेछ । सिरिजका सबै खेल गुजरातमा हुनेछ । मार्च २१ मा गुजरातविरुद्ध खेल्दै नेपालले टी ट्वान्टी सिरिजको सुरुवात गर्नेछ । डबल राउण्ड रोबिनका आधारमा शीर्ष दुई टिमले अप्रिल ७ मा फाइनल खेल्नेछन् । नेपालले भारतीय टिमसँग यसअघि मैत्रीपूर्ण सिरिजको प्रयास गर्दै आएको थियो । फ्रेन्ड्ससिप कप नाम दिईएको यो सिरिज क्यानको पहलमा सम्भव भएको हो । भारतीय क्रिकेटसँग जोडिन…

Read More

काठमाडौं : रेशम चौधरी राजनीतिक दलको सदस्य हुन योग्य रहेको वा नरहेको भन्ने विषय निर्वाचन आयोगमा पुगेको छ । अदालतबाट हत्या मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका बेला रेशम चौधरीले गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट माफी पाएका थिए । हत्या मुद्दामा दोषी ठहर व्यक्ति राजनीतिक दलको सदस्य वा पदाधिकारी रहन नमिल्ने कानुनी व्यवस्था छ । तर राष्ट्रपतिबाट माफी पाएका व्यक्तिको हकमा कानुनी हैसियत के हुन्छ भन्ने विषयमा सार्वजनिक रुपमा समेत चासो प्रकट भइरहेका बेला आयोग यही विषयमाथिको छलफलमा जुटेको हो । जेलबाट छुटेपछि राजनीतिक सक्रियता बढाएका चौधरीले आफ्नै सक्रियतामा खुलेको नागरिक उन्मक्ति पार्टी (नाउपा) को २७…

Read More

धनगढी : सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक भएको छ । सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ सार्वजनिक गर्दै सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घट्नामा नौ हजार ३८८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक भएको हो ।बिज्ञापन सन् २०२३ (२०७९ पुस १७ देखि २०८० पुस १५ गतेसम्म) मानव अधिकार उल्लङ्घनका घटनामा १४६ जना महिला र ८४२ पुरुष गरी जम्मा ९८८ जना पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी ज्यादतीका घटनामा सात हजार ७१६ महिला, दुई जना क्यु र ६८२ जना…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशलाई संस्थागत र बलियो बनाउनुको विकल्प नरहेको बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा आयोजना गरेको ‘राष्ट्रिय प्रजातन्त्र दिवस–२०८०’ प्रदेश स्तरीय मूल समारोह कार्यक्रममा उनले प्रदेशलाई संस्थागत बनाउनुपर्ने बताए । “प्रदेश सङ्घीयताको शासन व्यवस्था अनुसार स्थापना भएका हुन् । यसलाई बलियो र संस्थागत बनाउनुको विकल्प छैन । जतिसुकै समस्या र चुनौती भए पनि प्रदेश सरकारले सुशासनसहित समृद्धिलाई मूल लक्ष्य बनाएर अघि बढिरहेको छ”, मुख्यमन्त्री शाहले भने । संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई अङ्गिकार गरेको भन्दै उनले गणतन्त्रात्मक व्यवस्थामा नागरिकको जीवन पद्दति र शैलीमा पनि परिवर्तन ल्याउनुपर्ने बताए । “दिगो शान्ति, समृद्धि…

Read More

काठमाडौं: प्रहरी प्रभाग बलम्बुका इन्सपेक्टर सुरेन्द्र श्रेष्ठलाई काठमाडौं प्रहरी परिसर तानेर छानबिन गरिएको छ। आइतबार कार्यालयभित्रै उनले नै बोकेको पेस्तोलबाट गोली चलेको प्रकरणबारे परिसरमा नै तानेर छानबिन थालिएको हो। परिसरका अनुसार प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगा पौडेल नेतृत्वको समितिले घटनाबारे छानबिन थालेको हो। समितिमा अन्य दुईजना सदस्य छन्।  ड्युटी सकेर कार्यालय फर्किएका श्रेष्ठले पेस्तोल परीक्षण गर्दा एक राउन्ड गोली फायर भएको थियो। भुँइमा लागेको गोली उछिट्टिएर इन्स्पेक्टर श्रेष्ठकै बडिगार्ड र एक सेवाग्राहीको खुट्टामा लागेको थियो।

Read More