Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको महासमिति बैठक (नीति महाधिवेशन) आजदेखि ललितपुरको गोदावरीमा प्रारम्भ हुँदै छ। महासमिति बैठक आज सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यसूची रहेको छ। महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्थाका बारेमा प्रतिवेदन पेस गर्ने र लेखा समिति संयोजक श्याम घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गर्ने कार्यसूची छ। तर, यहीबीचमा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले फरक प्रस्ताव पेस गर्ने भएका छन्। महर महासमिति बैठकमा पार्टी उपसभापति र महामन्त्रीहरूले पेस गर्ने राजनीतिक दस्ताबेजसँग सन्तुष्ट छैनन्। त्यसैले…

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीबाट सरुवा भएर गएका एसपी (प्रहरी उपरीक्षक) देवेन्द्रबहादुर पाल कार्यालयबाट बिदा भएका छन्। पाल सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, कैलालीमा काज सरुवा भई गएका हुन्। उनी हिजो गएकोमा आज (सोमबार) नयाँ जिप्रका कैलालीको प्रमुखका रुपमा एसपीपदमबहादुर बिष्ट आएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कैलालीको कार्यालय प्रमुखको जिम्मेवारीमा आएका बिष्टले आज पदभार ग्रहण गरेका हुन्। यस्तै एसपी बिष्टले कार्यालयको निरीक्षण एवं मातहत कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यवसायीक निर्देशन दिएको बताइएको छ।

Read More

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुदूरपश्चिम प्रदेशका जिल्ला सभापतिहरूसँग छलफल गरेका छन् । महासमिति बैठक बस्नुअघि नेता कोइरालाले जिल्ला सभापतिहरूसँग आवश्यक छलफल गरेका हुन् । महासमितिको बैठक आजदेखि तीन दिनसम्म चल्नेछ । कोइरालाको सचिवालय बालुवाटारमा भएको छलफलमा समसामयिक राजीतिक घटनाक्रम, महासमिति बैठक लगायत विषयमा कुरा भएको एक जिल्लाका सभापतिले जानकारी दिए । छलफलमा अछामका पुष्प शाह, कञ्चनपुरका पदम बोगटी, बैतडीका चतुरबहादुर चन्द, डडेल्धुराका भीम साउद, बाजुराका रामसिंह रावल, बझाङका खड्ग बोहोरा, डोटीका नरेन्द्रसिंह थापा लगायतका कांग्रेस नेताहरू उपस्थित थिए ।

Read More

धनगढी: दार्चुलामा एक प्राध्यापकमाथि हातपात भएको छ। फागुन ३ गतेका दिन दार्चुला बहुमुखी क्याम्पसका स्ववियु सभापति कृष्ण धामीले प्राध्यापक डम्मर साउँदमाथि हातपात गरेका हुन्। एमाले निकट अनेरास्ववियुका स्ववियु सभापति धामीले आफूलाई परीक्षामा चिट चोर्न नदिएको भन्दै हातपात गरेको प्राध्यापक साउँदले जानकारी दिए। उनका अनुसार धामीली चिट चोरिरहेको बेला सुरुमा ५ मिनेटका लागि कापी खोसिएको र पछि मोबाईलबाट चिट चोरिरहेको पाइएपछि खोस्न खोज्दा लफडा भएको हो। प्राध्यापक साउँदले चिट नचोर्न भनेपछि धामीले हलभित्र हान्न खोजेका थिए तर बाहिर आएर आफूमाथि हातपात गरेको प्राध्यापकको भनाई छ। स्ववियु सभापति धामी स्नातक तह सातौं सेमेस्टर (बिएड) मा अध्ययनरत छन्। धामीले हातपात गरेको विषय सोही…

Read More

कञ्चनपुर : कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशि रहेको छैटौं अरनिको सैनिक कप २०८० उपाधि आयोजक अरनिको युवा क्लबले जितेको छ । प्रतियोगिताको अन्तिम खेलमा आयोजक अरनिको युवा क्लबले त्रिभुवन युवा क्लबलाई ट्राईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै छैटौं उपाधि जितेको हो । अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएको खेलमा मध्यन्तर अघि अरनिको युवा क्लबका लागि डिफेन्डर दिपेन सिहंले १ गोल सहितको खाता खोलेको थियो । लगत्तै मध्यन्तर पश्चात त्रिभुवन युवा क्लबका खेलाडी प्रमोद तामाङले पनि त्रिभुवनका लागि १ गोल गर्दै खेललाई बराबरीमा पुर्याएको थियो । मध्यान्तरपछि त्रिभुवन युवा क्लबले गोल फर्काए पश्चात् खेल निकै नै रोमाञ्चक बनेको थियो । बराबर…

Read More

काठमाडौं काठमाडौंमा कार चलाइरहेका एक मधेसी युवालाई दुर्व्यवहार गरेर पक्राउ परेका व्यक्ति रिहा भएका छन्। कैलालीको धनगढी घर भइ हाल काठमाडौं बस्दै आएका प्रवीण श्रेष्ठ पक्राउ परेका थिए । शनिबार राति वीरगञ्ज घर भई कुलेश्वर बस्ने अंकित गुप्तालाई उनले नागरिकता माग्दै दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसपछि श्रेष्ठ र विपक्षी चालकलाई प्रहरीले विवादबारे छलफल गराएको थियो। छलफलपछि मिलापत्र भएको एक प्रहरीले बताएका छन्। उक्त घटना लाजिम्पाटको होटल साङ्ग्रिला अगाडी भएको थियो। ओभरटेक गरेको भन्दै प्रवीण श्रेष्ठले अंकित गुप्तालाई वाक्यपिच्छे अपशब्द बोल्दै धम्काएका थिए। प्रवीण श्रेष्ठले आफू प्रहरीको डीएसपी भन्दै धम्क्याएका थिए।

Read More

काठमाडौं  :  राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा टुंडिखेलमा प्रवेश नदिइएपछि पत्रकारहरूले क्यामरा डाउन गरेर विरोध जनाएका छन् । मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिएको हो । सूचना तथा प्रसारण विभागको कार्डलेसमेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गरेका हुन् । समारोहको निमन्त्रण पत्र लिएर आउन भनिएको छ ।

Read More

धनगढी : कैलालीको धनगढीका एक बालक बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका–५ मटियारी बस्ने पन्चोदय स्कुलमा कक्षा ७ मा अध्यनरत १३ वर्षीय रमित कठायत बिहीवारबाट बेपत्ता भएका हुन्। ३ गते बेलुका ४ बजेको समयमा कसैलाई नसोधी घर बाट निस्केको र अहिलेसम्म सम्पर्कमा नआएको पारिवारीक स्रोतले जनाएको छ। बालकलाई कसैले देखे वा फेला पारेमा सम्पर्क नम्बर ९८५८७८४८१८ र ९८६८४४२८१६ मा सम्पर्क गर्न तथा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

Read More

काठमाडौं : काठमाडौंमा कार चलाइरहेका एक मधेसी युवालाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको धनगढी घर भइ हाल काठमाडौं बस्दै आएका प्रवीण श्रेष्ठ रहेका छन्। शनिबार राति वीरगञ्ज घर भई कुलेश्वर बस्ने अंकित गुप्तालाई उनले नागरिकता माग्दै दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त भिडिओमा श्रेष्ठले, ‘नेपाली नागरिकता छ कि छैन ? नेपाली नागरिकता छ कि छैन ? मेरो गाडी ठोक्किएको भए तैँले तिर्छस् ? आइडी हेर्छस् डीएसपीको ? लगेर थुन्दिऊँ ?’ भन्दै धम्काएको देखिन्छ। त्यो घटनापछि गुप्ताले दिएको जाहेरीको आधारमा प्रवीण श्रेष्ठ पक्राउ दरबारमार्ग प्रहरीले जनाएको छ। पक्राउ परेका प्रवीण श्रेष्ठलाई अभद्र व्यवहार कसुरका…

Read More

काठमाडौँ : मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित भएको छ । विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको आइतबार बसेको बैठकले दुबै विश्वविद्यालयको उपकुलपतिका लागि जारी गरिएको दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको हो । समितिले गत २६ माघमा सूचना प्रकाशन गरेर उपकुलपतिमा दरखास्त आह्वान गरेको थियो । समितिले दरखास्त दिने समयावधि सकिनै लाग्दा प्रक्रिया स्थगित गरेको हो ।

Read More