Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिममा काजमा खटिएका चिकित्सक क्रमशः खेदिने क्रम जारी छ। केही महिना अगाडि बझाङ अस्पताल र अछाम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट भएर काम गरिरहेका २ चिकित्सकको काज फिर्ता भएर खेदिएका थिए। सो समयमा राजनीति र मेडिकल एवं निजी अस्पतालका माफियाको सक्रियतामा उनीहरुको काज फिर्ता गराइएको बताइएको थियो। जबकी उनीहरूले पहाडी दुर्गममा बसेर विशेषज्ञ सेवा प्रदान गर्दै आएका थिए। अहिले ती संघ अन्तरगत दरबन्दी भएका चिकित्सक काज फिर्ता भएर स्वास्थ्य मन्त्रालय गैसकेका छन्। यसै क्रममा अहिले पुनः एकपटक अर्का चिकित्सकको काज फिर्ता प्रकरण सतहमा आएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पताल कार्यरत डा. सुरेन्द्र बस्नेतको काज फिर्ता गराइएको बुझिएको छ। बस्नेतले माघ १८…

Read More

महेन्द्रनगर: नेकपा एमाले कञ्चनपुरको जिल्ला अधिवेशनका लागि आज शनिबार सबै वडामा प्रतिनिधि छनोट हुँदैछन् । जिल्ला कमिटी बैठकले तय गरेको मापदण्डअनुसार ९२ वटै वडाबाट खुला, महिला, युवा र आदिवासी जनजाति तथा पालिकास्तरबाट दलित प्रतिनिधि छनोट गरिने जिल्ला सचिव तथा प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजक पल्लबराज भट्टले जानकारी दिए । शनिबार भूगोलबाट प्रतिनिधि छनोट भएपछि जनसंगठनबाट प्रतिनिधि छनोट गरिने छन् । जिल्ला अधिवेशनमा झण्डै ५०० प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । अधिवेशनबाट जिल्ला पार्टीको नयाँ नेतृत्व चयन हुनेछ । नेकपा एमाले कञ्चनपुरले चैत १ र २ गते महेन्द्रनगरमा जिल्ला अधिवेशन गर्दैछ । अधिवेशनको उद्घाटनका लागि पार्टी केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री…

Read More

धनगढी : सत्ता गठबन्धन धर्मराउने चर्चा चलिरहेका बेला सुदूरपश्चिममा पनि गठबन्धन खटपट देखिएको छ। सुदूरपश्चिममा सत्तारुढ गठबन्धनमा रहेका दलहरुले नै सरकारको प्रतिनिधित्व गरिरहेको दल नेपाली काँग्रेसविरुद्ध मोर्चाबन्दी सुरु भएको छ। जसअनुरुप गठबन्धन दलहरु नागरिक उन्मुक्ति पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तयारी थालेका हुन्। तयारीमात्र होइन, भोलि धनगढीमा काँग्रेसबाहेकका गठबन्धन दलको गोप्य बैठक बसेर अब सरकार र सरकार प्रमुखसँग निर्णायक वार्ता गर्ने बताइएको छ। स्रोतका अनुसार भोलि अनौपचारिक बैठक बसेर सो निर्णय हुने छ। यसैक्रममा आजै सत्तारुढ दल नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका सांसद ओमविक्रम भाट (सरलले) सरकारले सरकारको समिक्षा गर्ने बेला आएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा…

Read More

धनगढी : कैलाली र कञ्चनपुरमा फरार प्रतिवादीहरु पक्राउ क्रमलाई तिव्रता दिईएको छ । दुवै जिल्लामा नयाँ एसपीहरु आएपछि जिल्लामा सुरक्षा व्यवस्था तैनाथ पारिएको छ । न्युन सजाय भएका तथा लामो समयदेखी फरार रहेका प्रतिवादीहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीले थप ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । यस अघि विभिन्न मुद्दाका १६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिसकेको थियो । यस्तै कञ्चनपुरमा प्रहरीलेपनि शुक्रबार मात्रै १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरुलाई आवश्यक कारवाहीका लागि अदालत र जिल्ला प्रशासन कार्यालयमा पेश गरिएको प्रहरीले जनाएको छ । कैलालीमा पक्राउ परेका फरार प्रतिवादीहरु १.…

Read More

काठमाडौं : नाइट क्लबकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । प्रहरीले सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पदम तामाङ छन् । प्रहरीका अनुसार तामाङसहित अर्का एक युवाले दरबारमार्गस्थित एक क्लबमा काम गर्ने युवतीलाई माघ २० गते काठमाडौंको गोठाटारस्थित एक होटलमा पुर्‍याएर बलात्कार गरेको खुलेको हो । पीडित युवतीको उजुरीको आधारमा तामाङ पक्राउ परेका हुन् । अर्का एक युवा फरार छन् । तामाङ क्बलकै युवतीहरूलाई राति घर पुर्‍याउने ट्याक्सी चालक हुन् । आफ्नै ट्याक्सीमा लिएका तामाङले मदिराले लठ्ठिएकी युवतीलाई होटलमा पुर्‍याएर बलात्कार गरेको खुलेको छ । उनीमाथि बलात्कार मुद्दामा प्रहरी वृत्त बानेश्वरले अनुसन्धान…

Read More

काठमाडौं : देशका ठूला राजनीतिक दलका प्रमुखहरू चितवन आउने भएपछि त्यहाँका सहकारी पीडितहरू बिहानैदेखि दौडधुपमा थिए। उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भरतपुरको एक होटलमा पुगेर आफ्ना समस्याहरू सुनाए। समस्याहरू लेखिएको ध्यानाकर्षणपत्र बुझाए। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसामु पनि समस्याहरू राखे। शुक्रबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हेलिकप्टरमार्फत चितवन आउने कार्यक्रम तय थियो। उनीहरू ओलीलाई भेट्न केही घण्टा विमानस्थलम कुरे। हेलिकप्टरबाट ओर्लिए लगत्तै ओलीलाई पत्र बुझाउँदै साहारा चितवन पीडित संघर्ष समितिका अध्यक्ष शालिग्राम दुवाडीले समस्या सुनाउन थाले। ‘हामीलाई जिबी राईले बर्बादै बनायो। हामी धेरैको पैसा डुबाएर भागेको छ।’ ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई संकेत…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सभा सासंद ओमबिक्रम भाट (सरल)ले प्रदेश सरकार दिशा बिहिन र कुहिरो भित्र हराएको कागजस्तो भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा पतिक्रिया व्यक्त गर्दै सरकारले जनताको पक्षमा काम नसकेको भन्दै सरकारबारे गम्भीर समिक्षा गर्नुपर्ने बेला आएको बताएका हुन। सरलले गठबन्धन भित्र छलफल गरेर उपयुक्त र सहि समाधान निकाल्न नसके र सरकार तयार नभए सरकारबारे गम्भीरतापूर्वक सोच्न बाध्य हुने समेत लेखेका छन् । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको एक बर्ष पूरा भइसकेको छ । यो एक बर्ष सरकार दिशा बिहिन र कुहिरो भित्र हराएको कगजस्तो भौतारिरहेको छर्लङ्ग छ । त्यसकारण सरकारबारे गम्भीर समिक्षा आजको आवस्यकता हो…

Read More

काठमाडौं : दरबारमार्गस्थित अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेसका निर्देशकसहित ३ जनालाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाले निर्देशक ऋषभ पावा, मार्केटिङ निर्देशक गुलाब सिंह र केज मेनेजर गौरब चोपडालाई पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेका हुन्। एटलान्टिक रिक्रियसन प्रालिको नाममा सञ्चालित ‘क्यासिनो प्यालेस’को भूमिगत तलामा उनीहरुले ‘अनलाइन जुवा’ सञ्चालन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई प्रहरीले माघ १८ मा अन्नपूर्ण होटल परिसरमा सञ्चालित क्यासिनोको अण्डरग्राउण्डबाट पक्राउ गरेको थियो। उनीहरु तिनैजना भारतीय नागरिक हुन्। उनीहरुविरुद्ध प्रहरीले राष्ट्रबैंक ऐन–२०५८ र अनलाइन जुवा खेलाएको कसुरमा अनुसन्धान गरेर प्रतिवेदन बुझएको थियो । क्यासिनो प्यालेसको अण्डर ग्राउण्ड…

Read More

काठमाडौं : निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल (आयोन)को अध्यक्षमा मनोज कार्की चयन भएका छन्। बिहीबार संघको २३ औं साधारण सभाले कार्कीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। संघका निवर्तमान महासचिव कार्की समिट एयरका प्रबन्ध निर्देशक हुन्। यस्तै, प्रथम उपाध्यक्षमा प्रतापजंग पाण्डे, दोस्रो उपाध्यक्षमा निमा नुरू शेर्पा, तृतीय उपाध्यक्षमा अनिल मानन्धर चयन भएका छन्। संघको महासचिवमा सुवास सापकोटा, सचिवमा मुरलीधर जोशी र कोषाध्यक्षमा रूपेश जोशी चयन भएका छन्। त्यस्तै कार्यसमिति सदस्यहरूमा सुवास अमात्य, उमेश पनेरू, बालकृष्ण पण्डित, प्रज्वल थापा, सचेन सुवेदी, उमेश आचार्य, फुर्वा छिरिङ, विजयसिंह श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। संघले आगामी दुई वर्षका लागि नयाँ…

Read More

धनगढी : सेती प्रादेशिक अस्पतालमा पहिलो पटक मृगौलाको पत्थरीको दूरबिन विधीबाट शल्यक्रिया सुरु भएको छ । विहीबार युरोलोजिष्ट डाक्टर जोनस तिवारीले अछामकि सेतु साउँदको दूरबिन विधीबाट शल्यक्रिया गरे । विहीबार तीन जनाको दूरबिनबाट शल्यक्रिया गरिएको छ । सेतु साउँद ३ वर्षदेखि मृगोलाको पत्थरीबाट पिडित थिईन । ‘साउद सहित विहीबार तीन जनाको दूरबिन पद्दतीबाट शल्यक्रिया भएको छ । हामीले ४ जना भर्ना गरेका थियौं, एकजनाको रगतमा समस्या देखिएकाले पछि गर्ने भनियो’ डाक्टर तिवारीले भने । प्रादेशीक अस्पतालमा युरोसर्जन डा.तिवारीको नेतृत्वमा एनेस्थेसियाका डा.पूर्ण राधा श्रेष्ठ र अप्रेशन टीमले शल्यक्रिया गरेको हो । मृगौलाको पत्थरी हातले भन्दा पनि दूरबिन विधीबाट गर्दा कम जोखिम…

Read More