Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : इण्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत आज एक खेल हुदै छ । आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुदै छ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति ७स् ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा अहिलेसम्म दिल्ली क्यापिटल्सले ७ खेलमा ३ जित र ४ हार बेहोरेको छ र ६ अंकसहित छैटौं स्थानमा रहेको छ । त्यस्तै सनराइजर्स हैदरावादले ६ खेलमा चार जित र २ हारसहित ८ अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ । दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आइपिएलबाट क्रिकेटमा…

Read More

आजमिति २०८० साल वैशाख ८ गते शनिवार तदअनुसार अप्रिल १९तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको द्वादशी तिथी, मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : समय मध्यम छ । धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। पठनपाठनमा ध्यान बिग्रनसक्छ । साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। घर झगडाबाट बच्नुहोला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने…

Read More

काठमाडौँ : चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा ६४ हजार दुई सय ४१ जना पुरुष र छ हजार छ सय ९२ महिला रहेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए । उनले भने, ‘श्रम स्वीकृति लिनेमध्ये १३ हजार तीन सय ७३ जना अदक्ष अर्थात सीप नभएका, ५१ हजार तीन सय २८ जना सीप भएका, पाँच हजार छ सय ८४ जना अर्धदक्ष, चार सय ८२ जना व्यवसायिक…

Read More

काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा बैशाख १२ गते चीन जान लागेका छन् । उनी चिनियाँ गुप्तचर कार्यालयको निम्तोमा आगामी बुधबार चार दिनका लागि चीन जान लागेको बुझिएको छ । भ्रमण दलमा थापाकी पत्नीसहित एआइजी (सह अनुसन्धान निर्देशक) ओम जोशी र एसपी वासु सिग्देल पनि रहने छन् । थापाले यसअघि अमेरिका,भारत र दक्षिण कोरियाको भ्रमण गरिसकेका छन् ।

Read More

काठमाडौँ : बालेन शाह मेयर रहेको काठमाडौँ महानगरपालिकाले राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ५ हजार २२२ रुपैयाँ ८१ पैसा जरिवाना बैंक दाखिला गर्न पत्र पठाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ बमोजिम ट्राफिक आइल्याण्डमा पुगेको क्षतिको मर्मत गर्न २२२ रुपैयाँ ८१ पैसा र आन्दोलनका क्रममा जताततै फोहर गरेकोले फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३९ (१) बमोजिम ५ हजार रुपैयाँ जरिवाना तोकिएको पत्रमा उल्लेख छ । पत्रमा क्षतिपूर्ति र जरिवानाबापतको रकम बैंक दाखिला गर्न खाता नं. उपलब्ध गराइएको महानगरपालिकाले जनाएको छ । पार्टीले चैत २७ गते भृकुटीमण्डप केन्द्रित आन्दोलनको कार्यक्रम गरेको थियो ।

Read More

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन्। उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ, चितवनले भरतपुर महानगरपालिका–१० मा आयोजना गरेको पाँच दिने औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेलाको उद्घाटन कार्यक्रममा उनले विभिन्न समयमा बन्द भएका र रुग्ण उद्योग सञ्चालन कसरी गर्न सकिन्छ भने मिहीन ढङ्गले छलफल गरी नीति ल्याइने बताए। मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट प्रत्येक प्रदेशमा कम्तीमा पनि एउटा औद्योगिक क्षेत्र बिस्तारको कार्यक्रम ल्याइने जानकारी गराए। उनले भने, “उद्योगी व्यवसायीले निराश हुनुपर्ने स्थिति आउन नदिन सरकार…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश १४ औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार पहिलोपटक टिम च्याम्पियन बनेको छ। १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुदूरपश्चिम प्रदेश पहिलो भएको हो। काठमाडौंमा सम्पन्न प्रतियोगितामा ६ वटै प्रदेशलाई पछि पार्दै सुदूरपश्चिम पहिलो भएको हो। सुदूरपश्चिमले १९ स्वर्ण, १२ रजत र १८ कास्यसहित ४९ पदक जितेको हो। यस्तै दोस्रो भएको बागमतीले ४५ र तेस्रो स्थान हासिल गरेको कर्णाली प्रदेशले ३१ पदक हात पारेको छ। प्रतियोगितामा कोशी प्रदेशले २६, लुम्बिनीले ३५, गण्डकीले २६ र मधेस प्रदेशले १८ पदक जितेको छ।

Read More

काठमाडौं: नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) का ३ पद रिक्त भएका छन्। तत्कालीन दुई डीआइजीको एआइजीमा बढुवा र एक डीआइजी अनिवार्य अवकाशमा गएपछि ३ पद रिक्त बनेका हुन्। यस अगाडि ५ वैशाखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दीप भण्डारी र ७ गते (आज) देखि एआईजी मिरा चौधरी अनिवार्य अवकाशमा गएका छन्। यस्तै प्रहरी नायब महानिरीक्षक (डिआईजी) विकासराज खनाल पनि अनिवार्य अवकाशमा गएका हुन्। एआइजीद्वय भण्डारी र चौधरीको अवकाशसँगै उनीहरूको स्थानमा डीआईजीद्धय उमेशराज जोशी र भीमप्रसाद ढकाल बढुवा भएका छन्। तर, उनीहरुलाई दर्ज्यानी चिन्ह लगाउन बाकी छ। योसँगै रिक्त बनेका ३ डीआइजी पदमा पदपूर्ति एवं ३ एसएसपीको बढुवा गर्ने तयारी थालिएको…

Read More

काठमाडौं : राष्ट्रिय पेमेण्ट गेटवे प्रणालीमा अनियमितता गरेको आरोप लागेका नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गरेको छ । त्यस्तै, उद्योग मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहित आठ जनाले सफाइ पाएका छन् । पौडेलले संस्थाको प्रमुखको हैसियतमा प्रणाली खरिदका लागि २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ भुक्तानी दिन निर्देशन दिएको र सञ्चालनमा ल्याउनुपर्ने प्रणाली थन्काएर सरकारको स्रोतको दुरुपयोग गरेको ठहर छ । आदेशमा भनिएको छ, ‘प्रतिवादीले संस्थाको प्रमुखको हैसियतमा भुक्तानी दिने आदेश गरी २३,२७,५८,०७७ भुक्तानी गरेको देखिन्छ । उक्त रकम भुक्तानी गरी…

Read More

धनगढी: कैलालीमा भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिँदा एक जना साइकलयात्री घाइते भएका छन्। गोदावरी नगरपालिका-५ गेटास्थित ६ लेन सडकमा नजिकै यूपी ३२ एनपी १०४३ भारतीय नम्बरको कारले ठक्कर दिँदा साइकलयात्री घाइते भएका हुन्। घाइते हुनेमा कैलारी गाउँपालिका-७ का तुलसीराम चौधरी रहेका इलाका प्रहरी कार्यालय मालाखेती जनाएको छ। घाइते चौधरीको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको र कार चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Read More