धनगढीः सुदूरपश्चिम प्रदेश १४ औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार पहिलोपटक टिम च्याम्पियन बनेको छ।
१४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुदूरपश्चिम प्रदेश पहिलो भएको हो। काठमाडौंमा सम्पन्न प्रतियोगितामा ६ वटै प्रदेशलाई पछि पार्दै सुदूरपश्चिम पहिलो भएको हो। सुदूरपश्चिमले १९ स्वर्ण, १२ रजत र १८ कास्यसहित ४९ पदक जितेको हो।
यस्तै दोस्रो भएको बागमतीले ४५ र तेस्रो स्थान हासिल गरेको कर्णाली प्रदेशले ३१ पदक हात पारेको छ। प्रतियोगितामा कोशी प्रदेशले २६, लुम्बिनीले ३५, गण्डकीले २६ र मधेस प्रदेशले १८ पदक जितेको छ।
Facebook Comments Box