Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: काठमाडौंमा एक प्रहरी जवान मृत फेला परेका छन्। आज (शुक्रवार) राति प्रहरी जवान युवराज घिमिरे मृत अवस्थामा फेला परेका हुन्। दरबारमार्ग ट्राफिकमा कार्यरत उनी बालाजुस्थित मनमैजुमा मृत भेटिएको बताइएको छ। स्रोतका अनुसार उनी ड्युटी सकेर घरतर्फ जान लागेका थिए। अनुहारमा चोट देखिएका उनको प्रारम्भिक अनुसन्धानमा हत्या भएको हुनसक्ने प्रहरीको आशंका गरेको छ। उनी ट्राफिक पोसाकमै मृत फेला परेका हुन्। अहिले घटनास्थलमा प्रहरी खटिएको छ भने थपविस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपेश जोशीलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गरेको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह सूचना प्रविधि कम्प्युटरतर्फका डीएसपी जोशीलाई एसपीमा बढुवा सिफारिस गरेको हो। बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हाल डीएसपी जोशी साईवर व्यूरो साईबर फरेन्सिक शाखामा कार्यरत छन्।

Read More

धनगढीः काठमाडौंमा एक युवकमाथि खुकुरी प्रहार गरेको घटनामा सुदूरपश्चिमका विभिन्न जिल्लाका नौँ जना पक्राउ परेका छन्। कीर्तिपुर नगरपालिका–१० नयाँबजारमा दुई समूहबीच बुधवार झडप भएको थियो। झडपमा धारिलो हतियार खुकुरी प्रहार गरेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधवार पक्राउ परेका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न ठाउँमा डेरा गरी बस्ने अछामका २७ वर्षीय मोहन खड्का, २१ वर्षीय धुर्वबहादुर बिष्ट तथा २३ वर्षीय नविन भन्ने नृप भण्डारी रहेका छन्। बझाङ घर भएका २० वर्षीय उपेन्द्र सिंह, २१ वर्षीय सुनिल रोकाया तथा २१ वर्षीय सुदिप गिरी रहेका छन्। यस्तै बैतडी घर भएका २७ वर्षीय जयन्त धानुक, कैलालीका २०…

Read More

धनगढीः नापी कार्यालय धनगढीमा सेवाग्राहीबाट दिनदहाडै घुस लिने गरिएको खुलेको छ। नापीमा लेखापढी व्यवसायीमार्फत कर्मचारीको हातमा घुस रकम पुग्ने गरेको पाइएको हो। स्रोतका अनुसार कित्ताकाट तथा हालसाबिक गर्न आएका सेवाग्राहीबाट नापीका कर्मचारीले घुस खाने गरेका छन्। आज (शुक्रवार) मात्रै कित्ताकाट तथा जग्गा घटीबढी मिलान गर्न आएका घोडाघोडी नगरपालिका–१ कैलाशपुरका सेवाग्राही सर्पन विश्वकर्मा, धर्म विक र नन्दकला विकबाट नापी कार्यालय धनगढीका अमिनले घुस खाएको बताइएको छ। नापी कार्यालयको कोठा नम्बर ११४ मा साबिकको दरख गाविस हेर्ने अमिनले सेवाग्राहीबाट कित्ताकाट तथा जग्गा घटीबढी मिलाइदिने भन्दै १५ हजार घुस मागेका हुन्। लालपुर्जामा र फिल्डमा जादाको जग्गा घटीबढी देखिएकाले मिलाइदिने भन्दै अमिनले पैसा मागेको बुझिएको…

Read More

काठमाडौं: सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआइजी) कुमार न्यौपानेलाई दिइएको छ। हालै सुदूरपश्चिमको सशस्त्र प्रहरी बल, नेपाल न. ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीबाट सरुवा भएर गएका न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो। यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको भने सशस्त्र प्रहरी बल, नेपाल यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएको थियो।

Read More

धनगढी: बझाङको बित्थडचिर गाउँपालिकाको डुम्रे खोलामा बस खसेको छ। आज (शुक्रवार) बित्थडचिरको डुम्रे खोलाको नालीमा बस खसेको हो। बस नालीमा खसेकोमा अहिले निकालिएको बझाङ प्रहरीका डीएसपी भरत शाहले जानकारी दिए। उनका अनुसार बस दुर्घटना हुनबाट बचेको छ भने बसमा बाहेक अन्य क्षति भएको छैन। सो बस बझाङबाट काठमाडौं जानका लागि आइरहेको थियो।

Read More

काठमाडौं : प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको मागमा अडिग रहने निर्णय गरेको छ। आज बसेको कांग्रेस संसदीय दल बैठकले हिजोको संसद बैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको ठहर गरेको प्रमुख सचेतक रमेश लेखले जानकारी दिए।  बैठकपछि पत्रकारसँग बोल्दै कांग्रेस प्रमुख सचेतक लेखकले सहकारीको रकम ठगीमा गृहमन्त्री लामिछाने संलग्न रहेको पर्याप्त प्रमाण सार्वजनिक भएकोले उनीमाथि छानबिनको माग पुन जोडदार रुपमा राखिएको बताए। सरकार नै सहकारी ठगीमा लागेकालाई बचाउन लागिपरेको ठहर कांग्रेसले गरेको उनले जानकारी दिए। कांग्रेसले हिजो बैठक सञ्चालनको विषयलाई लिएर पनि ध्यानाकर्षण भएको जनाएको छ।

Read More

काठमाडौं : सभामुख देवराज देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा सभामुख घिमिरेले सदनको गतिरोध अन्त्यका विषयमा छलफल गरिरहेका हुन् । सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदबीच धकेला–धकेल भएको थियो । शुक्रबार बोलाइएको बैठक बस्नुअघि सभामुख घिमिरेले सहमतिको प्रयास गरेका हुन् । यसअघि शुक्रबार बिहान बसेको कांग्रेसको बैठकले आफ्नो अडान यथावत राख्ने निर्णय गरेको छ ।

Read More

काठमाण्डौ : भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा भोलि शनिवारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले जेठ ५ गते शनिवारदेखि जेठ ७ गते सोमवारसम्म रेलसेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिएका हुन । भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा ७ गते लोकसभाको चुनाव हुने भएकोले शनिवारदेखि सोमवारसम्म ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्ण रुपमा बन्द गर्न लागिएको हो । रेल्वे सेवा जेठ ८ गतेदेखि नियमित रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।

Read More

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाएका छन् ।    राप्रपा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, लोसपा, जनमोर्चा लगायतका विपक्षलाई छलफल लागि बोलाइएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।  पछिल्लो राजनीतिक घटनाक्रम, संसद्मा बिहीबार घटेको घटना र सरकारको काम कारबाहीबारे विपक्षी दलहरूबिच छलफल हुने बताइएको छ । 

Read More