Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन् । उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए । तलबभत्ता रोकिएपछि दैनिक जनजीवन चलाउन मुस्किल हुन थालेको उनीहरूको भनाइ छ । “आएको तलबभत्ताबाटै घर खर्चदेखि बालबालिकाको विद्यालयको शुल्कलगायत आधारभूत खर्चको जोहो गर्नुपर्ने बाध्यता छ । त्यो भन्दा अरु आयस्रोत हामीसँग छैन ।” गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी प्रमोद कठरियाले भने, “समयमा पैसा नआएपछि जनजीवन चलाउन समस्या हुन थालेको छ । घर–व्यवहार चलाउन मुस्किल हुँदै गएको छ भने बैंकको ब्याज तिर्न सकिएको छैन ।” सङ्घीय तहबाट स्थानीय तहमा समायोजन भएर आएका स्वास्थ्यकर्मीले पाउँदै आएको तलबभत्ता गाउँपालिकाले…

Read More

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फोन गर्दै स्वास्थ्यलाभ कामना गरेका छन् । उनले नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड आउँदै गरेको भन्दै उनले अघि बढाउने प्रस्तावमा आफ्नो पनि सहमति रहेको बताए । अस्वस्थताले केही दिनयता कोटेश्वर निवासमा आराम गरिरहेका नेपाललाई आइतबार साँझ ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाटै फोन गरेका थिए । ओलीले नेपाललाई फोन गर्दा प्रधानमन्त्री प्रचण्डसहित माओवादी र एमालेका केही नेता पनि साथै थिए । कुराकानीमा सहभागी माओवादी उपमहासचिव वर्षमान पुनका अनुसार आइतबार साँझ ओलीले नेपाललाई फोन गर्दै भने, ‘स्वास्थ्यलाभको कामना छ । म बाहिर जानुपर्ने भएकाले तपाईंलाई भेट्न आउन सकिनँ । प्रधानमन्त्रीजी त्यहाँ…

Read More

काठमाडौं : नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ। नेपालको कप्तानी रोहित पौडेल र नेदरल्यान्ड्सको स्कट एडवार्ड्सले गर्नेछन् । नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि जित्न चाहन्छ । नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनले हराउँदै उपाधि जितेको थियो । २०२२ को त्रिकोणात्मक टी-२० फाइनलमा भने नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराएको थियो । यस सिरिजमा नेदरल्यान्ड्स ४ खेलमा ५ अंकका साथ शीर्षस्थानमा रहेर फाइनल खेलेको हो । नेपाल ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो । नामिबिया…

Read More

धनगढी : दार्चुलाको महाकाली नगरपालिकामा सामाजिक तथा व्यवहार परिवर्तन सञ्चार र मानव केन्द्रित डिजाईन पद्धती सम्बन्धी तिन दिने तालिम भएको छ । युनिसेफ नेपालको सहयोग, महाकाली नगरपालिका दार्चुलाको सहकार्य तथा बास नेपालको आयोजनामा उक्त तालिम फागुन २१ गते देखि शुरु भएको हो । महाकालि नगरपालिकाका नगर प्रमुख नर सिंह चैसिरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख जैसिरले सामाजिक तथा ब्यवहार परिवर्तन कार्यक्रमले नगरको स्वस्थ्य सेवा सुधार र सुदृढीकरणमा सहयोग गरेको बताए । उनले परियोजना मार्फत हुने कार्यक्रमहरुमा सधै पालिकाले सहयोग गर्ने जनाए । यसैगरी स्वास्थ्य शाखा प्रमुख जय बहादुर फर्सबानले खोपको पहुँच शतप्रतिशत बालवालिका सम्म पुग्नुपर्ने कुराका शाखा लागि…

Read More

काठमाडौं : नयाँ गठबन्धन भित्रका दलहरूबीच गृह मन्त्रालय कसले लिने भन्नेमा विवाद देखिएको छ। नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय आफूहरूले नै पाउनुपर्ने अडान राखेका छन्। बालुवाटारमा आज बसेको गठबन्धन बैठकमा गृह मन्त्रालयमा एमाले र रास्वपाले दाबी गरेका हुन्। माओवादीले भने गृह मन्त्रालय आफूहरूले नलिने प्रष्ट पारेको थियो। एमाले र रास्वपाले गृहमा दाबी गरेपछि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले यो विषय छलफलबाट मिलाउन आग्रह गरेको स्रोतको भनाइ छ। ‘तपाईंहरूले छलफल गरेर गृह कसले लिने मिलाउनुहोस्, माओवादीको दाबी छैन,’ प्रधानमन्त्री दाहालको भनाइ थियो।

Read More

काठमाडौं : नयाँ गठबन्धनका चार दलबीच ८ बुँदे सहमति भएको छ । एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भने उपाध्यक्ष एमालेले पाउनेछ । मन्त्रालय भागबण्डा आपसी सहमतिमा गर्ने चार दलको निर्णय छ । ‘त्यसरी बाँडफाँट गर्दा मन्त्रालयहरुको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने’ सहमतिको तेस्रो बुँदामा भनिएको छ, ‘नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरुसँग सम्वाद अघि बढाउने ।’ साझा न्यूनतम कार्यक्रम बनाउने, चार दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र शान्ति प्रक्रिया सहमतिका आधारमा अबिलम्ब टुंगाउने, संघीय कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तलका सरकारलाई प्रभावकारी बनाउने पनि चार दलबीच सहमति भएको छ…

Read More

धनगढी : दार्चुलामा पक्राउ गर्न गएका बेला प्रहरीलाई नै आक्रमण गर्ने युवक समातिएका छन्। आज (सोमबार) प्रहरीले फरार रहेका जिल्लाको महाकाली नगरपालिका-१ दहका २३ वर्षीय उमेश कुँवर खलंगाबाट समातिएका हुन्। माघ ७ गतेका दिन उनले २ जना प्रहरीलाई चक्कु प्रहार गरेर फरार भएका थिए। उनले चक्कु हानेर ड्युटीमा गएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्ना घाइते भएका थिए। उनले आफ्नी बुढीलाई कुट्ने गरेको निवेदन आएकोमा सामुदायिक प्रहरी बाङ्गाबगरबाट ती दुई प्रहरी उनलाई नियन्त्रणमा लिन गएका थिए। तर, प्रहरी पुग्दासम्म पनि उमेशले पत्नीलाई चक्कु समातेर लखेट्दै थिए। सोही क्रममा प्रहरी पुगेको र उनकी पत्नीलाई बचाउने क्रममा प्रहरीलाई चक्कु…

Read More

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीसहित केन्द्रीय सदस्य शेखर कोइरालालाई निवास बूढानिलकण्ठमा बोलाएर पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन्। सोमबार बिहान बूढानिलकण्ठमा भएको छलफलमा सभापति देउवाले प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नियत नै धोका दिने रहेको निष्कर्ष पनि सुनाए। सुरूमा संघीय सरकारमा पार्टीबाट नेतृत्व गरेर गएका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन टुट्नुअघिका घटनाक्रमबारे ब्रिफिङ गरेका थिए। कोशीमा नेकपा (एमाले) का ३९ सांसदसँग मिलेर कांग्रेसका ८ सांसदले केदार कार्कीलाई मुख्यमन्त्री बनाएको, माघ ११ को राष्ट्रिय सभा चुनावमा माओवादी उम्मेदवार चम्पादेवी कार्कीलाई हराएको र तीन महिनादेखि संघीय सरकारका मन्त्री फेर्न…

Read More

काठमाडौं : संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा दर्ता भएको छ । दर्ता भएको विधेयकअनुसार अब निजामती कर्मचारी बन्न पुरुषको हकमा ३२ र महिलाका लागि ३७ वर्ष प्रस्ताव गरिएको छ । यसअघि पुरुषको हकमा ३५ र महिलाको हकमा ४० वर्ष उमेर तोकिएको थियो । “राजपत्र अनंकित वा सहायक तहको पदमा १८ वर्ष उमेर पूरा भएको,” विधेयकमा लेखिएको छ, “राजपत्रांकित वा अधिकृत तहको पदमा २१ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ ।” विधेयकमा थप लेखिएको छ, “पुरुष उमेदवारको हकमा २१ वर्ष र महिला उमेदवारको हकमा ३७ वर्ष उमेर पूरा नभएको ।” संघीय मामिलामन्त्री अनिता…

Read More

धनगढी : सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले पठाएको पत्र सामाजिक विकास मन्त्रालयमा अलपत्र परेको छ । प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका निर्देशक डाक्टर निरज अर्याललाई जिम्मेवारीबाट हटाउन भन्दै शुक्रबार पठाएको पत्रमा सोमबारसम्म पनि कारबाही अगाडी बढेको छैन् । डा.अर्याललाई जिम्मेवारीबाट हटाउन कुनै ठोस कारण नभएपछि मन्त्रालयका कर्मचारीहरु उनी विरुद्ध टिप्पणी उठाउन कर्मचारी तयार छैनन् । मुख्यमन्त्री कार्यालयले पठाएको पत्रमा कारबाही अगाडी बढाउन भन्दै निमित्त सचिव गणेश बहादुर सिहले प्रशासनका शाखा अधिकृत भुवन जोशीलाई तोक लगाएका थिए । तर जोशी टिप्पणी उठाउनु पर्ने भएपछि विदामा बसेको बताईएको छ । उनले डाक्टर अर्याललाई हटाउने सहमतिका लागि मुख्यमन्त्री कार्यालय पठाउने दोस्रो टिप्पणी नउठाउने…

Read More