Author: महेन्द्रनगर पोष्ट

कैलाली: कैलालीको धनगढीका दुई युवक लागुऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१३ का ३० वर्षीय शिवदास राना र २० वर्षीय विरेन्द्र राना बिहीवार साँझ पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोष्ट शान्तीनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई धनगढी उपमहानगरपालिका–२ विश्वनाथ मन्दिर नजिकबाट १ ग्राम ५५०मिलिग्राम खैरो हेरोइनसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं : काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। सोमवारदेखि मौसम बदली हुँदै आएकामा हिजो काठमाण्डौ उपत्यकाकासहित पहाडी भेगमा पानी परेको हो। उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हिमपात भएको छ। काठमाण्डौ वरपरका डाँडामा पनि हल्का हिमपात भएको छ। आजदेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद्ले बताएका छन्। मौसमविद्का अनुसार पश्चिमबाट मौसममा सुधार हुँदै जानेछ भने कोशीसहित पहाडी भेगमा आज पनि बदलीको सम्भावना छ। आज दिउँसो कोशी र गण्डकीका पहाडी भेगका केही ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिजो दिउँसो काठमाण्डौमा मौसम खराबीका कारण हवाई उडान र अवतरणमा समस्या भएको थियो। पानी पर्न…

Read More

डोटी : जिल्ला अस्पतालमा सञ्चालित पाँचदिने निःशुल्क अर्थोपेडिक सर्जिकल शिविरबाट एक हजार छ सय ८५ जना लाभान्वित भएका छन्। जिल्ला अस्पताल डोटीमा आइतबारदेखि बिहीबारसम्म आयोजना गरिएको शिविरमा एक हजार छ सय ८५ जनाको स्वास्थ्य जाँच गरिनुका साथै ७७ जनाको शल्यक्रिया गरिएको थियो। शिविरको आयोजना गर्नुपूर्व एक हजार तीन सय बिरामी हेर्ने लक्ष्य आयोजकले राखेको थियो । शिविरबाट डोटीमा लामो समयदेखि आर्थिक अभावमा विभिन्न समस्या बोकेर बस्न बाध्य नागरिक लाभान्वित भएको जिल्ला अस्पताल डोटीका प्रमुख डा सुजातकुमार मण्डलले बताए। शिविरमा नेपाल अर्थोपेडिक अस्पताल काठमाडौँका सिनियर कन्सल्टेन्ट, वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा प्रकाश ज्ञवालीसहितको २५ जनाको टोलीले सेवा दिएको थियो। साथै हेन्डसर्जन डा क्याट्रिन हेगनले पनि सेवा दिएका थिए। मेड सोलुशन फाउण्डेसन स्विट्जरल्याण्डको सहयोग तथा…

Read More

महेन्द्रनगर : नेपाली सेनाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरमा ‘सेफ हाउस’ निर्माण थालेको छ। उक्त ‘सेफ हाउस’ को आज एक कार्यक्रमबीच दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर लिम्बू र श्रीदल गुल्मका गुल्मपति सेनानी राजीवजङ्ग ठकुरीले संयुक्त रुपमा शिलान्यास गरे। नेपाल–भारत सीमावस्तीका रुपमा रहेको कुतियाकवर बर्सेनि वर्खामा जोगबुढा र महाकाली नदीको बाढीको उच्च जोखिमका रहने गरेकाले उक्त क्षेत्रका बासिन्दाको सहजताका लागि श्रीदल गुल्म भगतपुर ब्यारेकले ‘सेफ हाउस’ निर्माण थालेको गुल्मपति सेनानी ठकुरीले जानकारी दिए। बर्षात्मा बाढी बस्तीमा पस्दा स्थानीय विस्थापित हुनेगरेकाले त्यसको रोकथामका लागि सेनाले दोधारा चादँनी नगरपालिकाको समेत सहयोगमा सेफ हाउस निर्माण कार्य अघि बढाएको नगरप्रमुख लिम्बूले बताए। यसबाट सैनिक र…

Read More

धनगढी : नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि छैटौं दिन आज (शुक्रबार) मतदान सुरू भएको छ । सुखडमा रहेकाे घाेडाघाेडी बहुमुखी क्याम्पसकाे सभाहलमा केहीबेर अघि मतदान सुरू भएकाे हाे। अध्यक्षका प्रत्यासी डेजी पाण्डेले पहिलो मत खसालेका हुन्। याे निर्वाचनमा पाँच सय ९१ जना प्रतिनिधिले मतदान गर्नेछन्। मतदान दिउँसो १ बजेसम्म चल्नेछ। एमालेकाे नेतृत्वका लागि कार्यवाह अध्यक्ष दुर्गाप्रसाद जाेशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगाना प्यानलसहित प्रतिस्पर्धामा छन्। ६ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले घाेडाघाेडीकाे सुखडमा नवाैँ अधिवेशनकाे उद्घाटन गरेका थिए। ओलीले नेतृत्वमा सहमति नजुटे भाेलिपल्टै निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए तर मंगलबार…

Read More

काठमाडौं : सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ। अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलन गरेर वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिए। उनले ती वालबालिकालाई एक हजार छ सय ७० खोप केन्द्रबाट खोप लगाइने बताए। पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने उनले बताए। बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ। यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुनेछन्। काठमाडौँ…

Read More

काठमाडौं : कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। कोषले शुक्रबार सूचना प्रकाशन गर्दै नवौंदेखि पाँचौं तहका विभिन्न पदका लागि कर्मचारी मागेको हो। कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उपप्रबन्धक एक/एक जना मागेको छ। सहायक प्रबन्धकमा १२ जना मागेको छ। जसमध्ये खुलबाट ७ जना, महिला र आदिवासी जनजातिबाट २/२ जना र मधेसीबाट १ जना नियुक्त हुनेछन्। त्यस्तै प्रशासनतर्फ १ जना र प्राबिधिकतर्फ १ जना सहायक प्रबन्धक मागिएको छ। पाँचौं तहको प्रशासनतर्फ प्रमुख सहायकका लागि १३ जना कर्मचारी मागिएको छ। जसमध्ये ८ जना खुलाबाट, महिला र आदिवासी जनजातिबाट २/२ जना र १ जना मधेसीबाट नियुक्त गरिनेछ।…

Read More

कञ्चनपुर : बजेट अभावका कारण राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम प्रभावित भएको छ। मुआब्जा वितरण र विकास खर्च बजेट सकिएपछि निर्माण रोकिने अवस्था आएको यहाँस्थित आयोजना कार्यालयका निर्देशक कुसाङ शेर्पाले बताए। उनले माग गरेभन्दा निकै कम बजेट प्राप्त भएकाले जमिन अधिग्रहण गर्न समस्या भएको बताए। आयोजनाको २८.८ किलोमिटरदेखि ४८.३ किमिसम्म मूल नहर निर्माणका लागि गत वर्ष पाँच वटा प्याकेजमा ठेक्का सम्झौता भएको थियो। तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भए पनि बजेट अभाव, रूख कटानमा समस्या र जमिन अधिग्रहण हुन नसक्दा काम हुन सकेको छैन। निर्देशक शेर्पाका अनुसार उन्नाइस किलोमिटर नहर निर्माणका लागि शुक्लाफाँटा नगरपालिकाको फुलेलीदेखि…

Read More

काठमाडौँ : कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। आज एक सूचना जारी गर्दै बैंकले आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको हो। स्थायी दरबन्दीको लागि विभिन्न पद गरी कुल ११२ जना कर्मचारी माग गरिएको छ। योग्यता पुगेका नागरिकले अनलाइनमार्फत आवेदन दिनुपर्ने बैंकले जनाएको छ। तोकिएको दस्तुर तिरेर चैत १ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ। दोब्बर दस्तुर तिरेर भने थप एक सातासम्म आवेदन दिन सकिने छ।

Read More

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरण रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ।  प्राधिकरणले आज एक सूचना जारी गर्दै रिक्त पदका लागि दरखास्त मागेको हो। दशौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ। योग्यता पुगेका उम्मेदवारले आगामी चैत्र १ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

Read More