Author: महेन्द्रनगर पोष्ट

बझाङ : बझाङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहँदा किशोर विवेक सागर निकै चर्चामा रहे। ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गरेपछि उनको चर्चाको शिखरमा पुगेका हो। खप्तडछान्ना गाउँपालिकास्थित खप्तड माविमा अध्ययनरत सागरले झोतामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको हाइजम्पतर्फ स्वर्णपदक जितेका हुन्। पाँच दशमलव छ फिट उचाइ जम्प गर्दै उनले स्वर्णपदक हात पारे। अहिले उनलाई ‘उड्ने चरो’ भनेर सामाजिक सञ्जालमा धेरैले प्रशंसा गरिरहेका छन्। एक फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘ओएमजी खप्तड (खप्तडछान्ना गाउँपालिका) को उड्ने चरो रहेछ त। प्वाँख फिटिङ गरेको छ कि क्या हो।’ त्यस्तै विकास जप्रेल नाम गरेका अर्का व्यक्तिले लेखेका छन्, ‘यो भाइ त चरो हो। चरोको…

Read More

काठमाडौं : एसीसी महिला प्रिमियर लिग क्रिकेटमा नेपालले मङ्गलवार माल्दिभ्सलाई २ सय १४ रनले हराएको छ। २ सय २८ रनको लक्ष्य पाएको माल्दिभ्स १३ रनमा अलआउट भयो। नेपालकी अस्मिना कर्माचार्यले ४ तथा पुजा महतो र रुबिना क्षेत्रीले ३/३ विकेट लिए। अस्मिनाले ४ ओभरमा ७ रन, रुबिनाले ३.५ ओभरमा २ रन र पुजाले ३ ओभरमा २ रन खर्चिएका थिए। माल्दिभ्सका ६ जनाले खाता खोल्न सकेनन्। मालदिभ्सले १३.५ ओभर मात्र टिक्न सक्यो। त्यसअघि मलेसियाको बाँगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनाएको थियो। नेपालकी पूर्वकप्तान रुविना क्षेत्री बेलबासेले ५९ बलमा १० चौका र ५…

Read More

डडेल्धुरा : डडेल्धुरा मेडिकल कलेजमा पढाइ सुरु भएको छ। आज (मंगलबार) देखि सुदूरपश्चिम विश्वविद्यालय मातहत रहेको मेडिकल कलेजमा पढाइ सुरु भएको हो। कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएसँगै कक्षा सञ्चालन गरेको मेडिकल कलेजका डिन डा. हेमनाथ जोशीले जानकारी दिए। उनका अनुसार, १० जनाको कोटा पाएकोमा अहिलेसम्म ८ जना विद्यार्थी भर्ना भएका छन्। आज भने तीन जना विद्यार्थी उपस्थित रहेका थिए। मेडिकल कलेज सञ्चालन हुनु खुसीको खबर भएको डडेल्धुरा अस्पतालका निमित्त मेसु डा. सन्तोष गुप्ताले जानकारी दिए। उनले सुदूरपश्चिम विश्व विद्यालयले देखाएको अठोटका लागि धन्यवाद समेत दिए। उनले आगामी तीन वर्षमा एमबीबीएस पढाइ सुरु गर्ने अठोट व्यक्त…

Read More

कैलाली: ‘बदनाम भएर के बाच्नु, सरी दिदी ममी’ भन्दै ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी शिक्षिका राजेश्वरी डडालका प्रेमी जगदिश कोट्टारीलाई चार वर्ष कैद सजाय सुनाइएको छ। धनगढीको दिपेन्द्र प्रहरी स्कुलकी शिक्षिका डडालको आत्माहत्या दुरुत्साहन सम्बन्धी मुद्दामा जिल्ला अदालत कैलालीले उनका प्रेमी कोट्टारीलाई चार वर्ष कैद सजाय हुने फैसला गरेको हो। जिल्ला अदालतका न्यायाधिश प्रदीपकुमार उपाध्यायको इजलाशले २६ माघमा फैसला गर्दै कोट्टारीलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको श्रेस्तेदार मानबहादुर बिष्टले जानकारी दिए। मृतकका परिवारलाई अभियुक्तबाट एक लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश समेत दिइएको उनले बताए। दार्चुलाको मार्मा गाउँपालिका–६ सितोली घर भएकी राजेश्वरी धनगढीको दिपेन्द्र प्रहरी…

Read More

धनगढी : कैलालीको एक विद्यालयमा शिक्षिकाबीच कुटाकुट भएको छ। जिल्लाको मोहन्याल गाउँपालिका- ७ कुहिनेको अरनिको आधारभुत विद्यालयमा शिक्षिकाबीच कुटाकुट भएको हो। विद्यालयकी प्रावि स्थाई दरबन्दीकी शिक्षिका देवकी जोशी र बालविकास शिक्षिका रिता बिष्टबीच कुटाकुट भएको हो। माघ २६ गते शुक्रबार विद्यालय समयमा दुबै शिक्षिकाबीच कुटाकुट भएको विद्यालयका प्राधानाध्यापक लोकराज धमलाले जानकारी दिए। बिष्टले आफ्नो औला काटेको जोशीले आरोप लगाइन्। जोशी अहिले आफूलाई असुरक्षा भएको भन्दै प्रअलाई जानकारी गराई धनगढी घरमा बसेको बताएकी छन्। विद्यालय व्यवस्थापन समितिले दुबे पक्षलाई छलफल गराईविवाद मिलाउन माघ २९ गते बैठक राखिएको समितिकी अध्यक्ष हस्तनाकुमारी माँझीले बताइन्। तर, उपस्थित नभएपछि बैठक स्थगित भएको उनको भनाइ छ।

Read More

धनगढी : सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’मा बिदा दिने सरकारको निर्णय खारेज गर्दा पनि कैलालीको एक वडा कार्यालयले आज कार्यालय बन्द गरेको छ। कैलाली गौरीगङ्गा नगरपालिका- ९ का वडाध्यक्ष राजकुमार थारूले एक विज्ञप्ति जारी आज बिदा रहेको जानकारी दिएका हुन्। उनले आज साँझ ७ बजे दीप प्रज्वलन गरेर जनयुद्ध दिवस मनाउने र आज वडा कार्यालय बन्द रहने जानकारी गराइएको दिएका हुन्। वडाध्यक्ष थारू माओवादी केन्द्रबाट निर्वाचित हुन्।गौरीगङ्गा नगरपालिकाका मेयर देवीदत्त कँडेल पनि माओवादीबाट निर्वाचित हुन्। नगरपालिकाले भने स्थानीय बिदा दिएको छैन्। तर, सोही नगरपालिकाको वडा कार्यालयले भने जनयुद्ध दिवस मनाउने र कार्यालय बन्द हुने सूचना जारी गरेको हो। हिजो कैलालीकै मोहन्याल…

Read More

काठमाडौं : गायिका एलिना चौहानको स्वर रहेको गीत ‘कट्टा हानिदिन्छु’ विरुद्ध उजुरी परेको छ। आफ्नो गीतबाट चोरी भएको दाबी गर्दै गायक विश्वराम कार्कीले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी दर्ता गराएका हुन्। कार्कीले आफ्नो गीत हुबहु कपी गरेर नेत्र अर्यालको शब्दमा ओबी रायमाझी युट्युब च्यानलबाट ल्याएको उजुरीमा उल्लेख छ। गायक कार्कीले आफ्नो गीत कपी गर्नेलाई प्रचलित कानुन अनुसार कारबाहीको गर्न माग गरेका छन्। उजुरीको विषयमा प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले आज दुवै पक्षलाई छलफलमा बोलाएको बुझिएको छ।

Read More

धनगढीः कञ्चनपुरमा विद्युतीय अपराधको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको भीमदत्त नगरपालिक-१८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका- १६ का दशरथ धानुकलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई सोमवार अनुसन्धानका लागि पक्राउ गरिएको कञ्चनपुर प्रहरीले बताएको छ। चन्द पूर्व प्रहरी हवल्दार हुन्। उनलाई कमेन्ट् गरेको आधारमा पक्राउ गरिएको बुझिएको छ। कञ्चनपुर प्रहरीले शनिवार पत्रकार ऐश्वर्य कुँवर र पुष्कर भट्टलाई समेत पक्राउ गरेको थियो। उनीहरूले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा प्रहरीका अपराधीक क्रियाकलापका बिरुद्ध समाचार तथा सामाजिक सञ्जालहरूमा विभिन्न आरोपहरू लगाएका थिए। उनीहरूका विरुद्ध कञ्चनपुर प्रहरीले विद्युतीय अपराधमा मुद्‍दा दर्ता गरेको छ।

Read More

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो। महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। त्यसै गरी, आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ।आज चाँदी ताेलाकाे १३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी सोमबार पनि साेहि मूल्यमा काराेबार भएकाे थियाे।

Read More

झापा : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका झापा जिल्ला सचिव प्रविण मिश्रलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ। इटहरीस्थित खनारबाट उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार पक्राउ परेको उनलाई प्रहरीले न्यायिक हिरासतमा राखेर अनुसन्धान अगाडी बढाइरहेको छ। उनको साथबाट डेटोनेटर ७ वटा, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने समानहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

Read More