धनगढीः दार्चुलाको मालिकार्जुन जात हेरेर फर्किरहेको जिप दुर्घटनामा हालसम्म ८ जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय दार्चुलाले अहिलेसम्ममा २ जना भारतीय नागरिकसहित ८ जनाको मृत्यु भएको पुष्टि गरेको हो। भारतको उत्तरप्रदेश राज्यको विजौर जिल्लाका ४५ वर्षका मोहम्मद सकिर, सोही ठाउँका १८ वर्षका मोहम्मद वसीम, दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर-५ का ३० वर्षका विरेन्द्र रावल र उनकी २८ वर्षीया श्रीमती शान्ति रावल, शैल्यशिखर नगरपालिका वडा नम्बर-९ का ४५ वर्षका दिलिप विष्ट, सोही ठाउँका ४५ वर्षीया मीना लेखक, बैतडीको डिलासैनी गाउपालिका वडा नम्बर-५ का ४५ वर्षीय विरेन्द्र सिह बोहरा र सोही ठाउँका १५ वर्षीय सुजिब बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको स्वागत गर्न नेपाली कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिले पार्टीपंतिलाई निर्देशन दिएको छ। जिल्ला सभापति भीमबहादुर साउदले सूचना जारी गर्दै शुक्रबार अपराह्न डडेल्धुरा बसर्पाकमा फूलमालासहित उपस्थित भई राणालाई भव्य स्वागत गर्न भनेका हुन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणा भोलि श्रीमान शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम छ। त्यसकारण जिल्ला पार्टी उनको स्वागतमा कस्सिएर लागेको हो। स्वागतको तयारीबारे जानकारी दिँदै साउदले भनेका छन्, ‘…महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, जिल्लाका पदाधिकारी तथा सदस्यहरु, पालिका कार्यसमिति, वडा कार्यसमिति, क्रियाशिल सदस्यहरु र आस्थावान महानुभावहरुमा डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।’ मन्त्रीको स्वागतमा फूलमालासहित उपस्थित हुन जिल्ला सभापतिले सूचना निकालेकोप्रति…
काठमाडौँ: सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ स्थायी ठेगाना भएकी कुमारी जानकी बोगटी रहेको नेपाल प्रहरीले साइबर ब्युरोले जनाएको छ। सामाजिक सञ्जालमा चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी चरित्रमा निर्मम आघात पुऱ्याएको साथै सामाजिक जीवनमा गम्भीर असर पुऱ्याउने कार्य गर्ने उजुरी प्राप्त भएसँगै अनुसन्धानका क्रममा बोगटीको संलग्नता खुलेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा उनलाई सुर्खेतबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ। उनलाई जिल्ला अदालत काठमाडौँबाट साइबर अपराधमा ५ दिन म्याद गरेर आवश्यक अनुसन्धान कार्य भइरहेको ब्युरोले जनाएको छ।
काठमाडौं: नेपाल प्रहरीका तीन जना डिएसपीको सरुवा भएको छ। एक जनालाई हेडक्वार्टरबाट पर्सा पठाउँदा वीरगन्ज र भैरहवाका दुई जनालाई हेडक्वार्टर तानिएको छ। बुधबार भएको काज सरुवामा मुख्यालयको सुपरीवेक्षण तथा अनुगमन महाशाखाका प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई जिल्ला प्रहरी कार्यालय पर्सा लगिएको छ। उताका दिपक भारतीलाई सुरक्षा सेवा व्यवस्थापन महाशाखा, नक्साल तानिएको छ। प्रहरीको मानव स्रोत विभागले गरेको सरुवामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका लक्ष्मी खनाललाई हेडक्वार्टरको महिला,बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा पुर्याइएको छ। उनीहरुलाई तत्काल काज खटाइएको कार्यालयमा हाजिर हुन जान निर्देशन दिइएको छ। स्रोतका अनुसार विवादमा तानिएपछि डिएसपीद्वयलाई हेडक्वाटर तानिएको हो। अन्य केही जिल्लामा पनि समस्या रहेका एसपी तथा…
धनगढी: धनगढीमा प्रहरीले ३६ किलाे चरेस बरामद गरेकाे छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहरालेबुधबार साँझ धनगढी उपमहानगरपालिका-५ काे लब्ली चाेकबाट प्लास्टिकसहित ३६ किलाे ६६५ ग्राम चरेस बरामद गरिएको जानकारी दिए। वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक याेगेश खत्री नेतृत्वकाे टाेलीले लब्ली चाेकमा माेटरसाइकल चेकजाँच गर्दा चरेस बरामद गरेकाे हाे। तर, चरेस बाेकेकाे १०७२ नम्बरको एनएस प्लसरका चालक र पछाडि सवार भने फरार भएका छन्। परिचय नखुलेका उनीहरूकाे खाेजी भइरहेको डीएसपी बाेहराले बताए।
धनगढी: कैलालीमा आफ्नै साथीकाे प्रेमिकामाथि जबरजस्तीकरणी गरेकाे आराेपमा एक युवक पक्राउ परेका हुन्। कैलारी गाउँपालिका-९ गदरिया डिगा भनिने २४ वर्षीय रनबिर रानालाई जबरजस्तीकरणी गरेकाे आराेपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार साेही ठाउँ बस्ने १६ वर्षीया नाबालिकालाई जबरजस्तीकरणी गरेकाे किटानी जाहेरीका आधारमा रानालाई पक्राउ गरिएको हाे। ती किशोरी उनकै मिल्ने साथीकाे प्रेमिका भएकाे पाइएको प्रहरीले जनाएको छ। युवतीकाे प्रेमी फाेटाे देखाएका आधारमा ती युवकले युवतीलाई फेसबुकमा साथी बनाएका थिए। उनीहरू दुवै जनाबीच फेसबुकबाटै चिनजान भएकाे खुलेकाे प्रहरीकाे भनाइ छ। २४ कात्तिककाे राति किशाेरीलाई उनकाे घर नजिकैकाे खेतबारी बाेलाएर जबरजस्तीकरणी गरेका थिए। किशोरी चिच्याएपछि स्थानीयले घटनाबारे थाहा पाएका थिए।…
कञ्चनपुरः कञ्चनपुुरमा एक युवक मृत फेला परेका छन्। जिल्लाको बेलौरी नगरपालिका बेलौरी नगरपालिका –१ मटैया स्थित निर्माणाधीन श्रीपुर खानेपानी ट्याङ्किमा कृष्णपुर नगरपालिका –२ वाणिका अन्दाजी २० वर्षीय यज्ञराज भट्ट मृत फेला परेका हुन्। बुधबार बिहानै ट्याङ्की नजिक भट्ट मृत फेला परेको प्रहरीले जनाएको छ। खानेपानीमा कार्यरत मजदुर भट्टको टाउको, खुट्टा र कम्मरमा चोट लागेको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। निर्माणाधीन ट्याङ्कीको छतमा उनको मोबाइल, टि–सर्ट र गन्जी समेत फेला परेको छ। भट्टको शव पोस्टमार्टमको लागी सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ।
काठमाडौ: कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफूलाई प्रत्यक्षदर्शी बताउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ताका क्रममा पन्तको हत्या भएको घटनाको आफू प्रत्यक्षदर्शी बताउने गोरखा घर भई काठमाडौं बस्ने नवराज अर्याललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार नियन्त्रणमा लिएको हो। सिआइबीले उनलाई मंगलबार चार घन्टा सोधपुछ गरेका थिए। बुधबार फेरि सिआइबीमा हाजिर हुन आउन भने पनि सम्पर्कबिहीन भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मोबाइल घरमै छाडेर हिँडेका उनलाई बुधबार दिउँसो नियन्त्रणमा लिइएको ब्युरोका एसपी होबिन्द्र बोगटीले जानकारी दिए। अन्तरवार्ताका प्रस्तोता पत्रकार ऋषि धमला पनि सिआइबी कार्यालय उपस्थित भएका छन्। धमला प्रस्तोता रहेको अन्तर्वार्ताकै क्रममा अर्यालले आफू प्रत्यक्षदर्शी भएको र अभियुक्त को हो…
काठमाडौं: कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका प्रत्यक्षदर्शी दाबी गरेका पुरूषलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोधपुछ गरेको छ। गोरखा घर भई काठमाडौं बस्दै आएका नवराज अर्याललाई सिआइबीले मंगलबार सोधपुछ गरेको ब्युरोका एसपी होबिन्द्र बोगटीले जानकारी दिए। सिआइबीले उनीसँग ३/४ घण्टा सोधपुछ गरेपछि कागज गराएर छाडेको थियो। उनलाई बुधबार पनि उपस्थित हुने सर्तमा सिआइबीले छाडेको थियो। तर बुधबार उनी सम्पर्कबिहीन भएका छन्। उनले मोबाइल घरमै छाडेर हिँडेको एसपी बोगटीले बताए। उनका अनुसार अर्यालले घटनाबारे बोलेका कुराहरू काल्पनिक देखिन्छन्। तथ्यगत कुराहरू केही छैन। अर्यालको भनाइ सान्दर्भिक नदेखिएको पनि प्रहरीको भनाइ छ। अर्यालको सवारी चालक अनुमति पत्रबारे प्रश्न उठेपछि ७७ सालमा बर्खास्त गरेको पनि…
धनगढीः सुदूरपश्चिम प्रदेशको निजामती सेवा नियमावली संशोधन गर्न माग गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले ल्याउन लागेको प्रदेश निजामती सेवा नियमावलीमा स्वास्थ्य क्षेत्रका चिकित्सकहरूले संशोधनको माग गरेका छन्। मुख्यमन्त्री कमलबहादुर शाह र सामाजिक विकास मन्त्री मेघराज खड्कालाई ज्ञापनपत्र बुझाउँदै सुदूरपश्चिम सरकारी चिकित्सक संघले सबै सेवाका चिकित्सकहरूले मेडिकल सुपरीटेन्डेन्ट हुन पाउनुपर्ने, सेती अस्पतालको ओएण्डएम सर्भे गरिनुपर्ने, सुदूरपश्चिम प्रदेशको लोकसेवा आयोगले स्वास्थ्य क्षेत्रका कर्मचारी भर्नाका लागि विज्ञापन गर्नुपर्ने लगायतका माग गरिएको छ। सुदूरपश्चिममा जर्नल हेल्थका चिकित्सकले मात्र मेडिकल सुपरीटेन्डेन्ट हुने व्यवस्था रहेको छ। दक्षता र अग्रजको हैसियतमा अन्य स्वास्थ्य समूहका व्यक्तिले पनि मेसु हुन पाउनुपर्ने माग गरिएको सरकारी चिकित्सक संघ (जीआडीेएएन)का अध्यक्ष डाक्टर खगेन्द्रराज…