Author: महेन्द्रनगर पोष्ट

महेन्द्रनगर: नेपालको कञ्चनपुरसँग सीमानाका जोडिएको भारतको गड्डाचौकीस्थित ७ नम्बर पिलर नजिकै एक युवकको शव फेला परेको छ। भारतीय प्रहरीले नेपाल प्रहरीलाई जानकारी दिएअनुसार आज मंगलबार दिउँसो बैतडी घर भएका ३४ वर्षीय नरेश चन्दको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेशराज जोशीले बैतडीको मेलौली नगरपालिका-३ घर भएका चन्द भारतीय भूमिमा मृत फेला परेको जानकारी दिए। उनका अनुसार चन्द २/३ दिन अगाडिमात्रै भारत जान्छु भएर महेन्द्रनगर आएका थिए। तर, उनी आज भारतपट्टी सीमाक्षेत्रमा मृत फेला परेको बताइएको छ। अहिले भारतीय प्रहरीले उनका आफन्तलाई बोलाएर घटनाको अनुसन्धान थालेको छ।

Read More

काठमाडौं : मधेश प्रदेश प्रहरी कार्यालय र मातहतका १० प्रहरीलाई (हेडक्वाटर) झिकाएर अनुसन्धान थालिएको छ। शंकास्पद आर्थिक कारोबार गरेको पाइएपछि थप अनुसन्धान गर्नुपर्ने भन्दै १० जनालाई हेडक्वाटर नक्साल तानेर छानबिन अघि बढाइएको हो। स्रोतका अनुसार जिम्मेवारी खोसेर हेडक्वाटर तानिएकाहरु जवानदेखि सईसम्मका कर्मचारी छन्। तानिनेहरुमा मधेश प्रदेशका ९ जना र कोशी प्रदेशका १ जना गरी १० जना छन्। छानबिनका लागि हेडक्वाटर तानिनेहरुमा धनुषाको सीमा प्रहरी चौकी दुवहीमा कार्यरत सई चन्द्रप्रसाद यादव, सप्तरीको मोहवा प्रहरी चौकीमा कार्यरत असई उपेन्द्रप्रसाद यादव, जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत बरिष्ठ हवल्दार निरजकुमार साह, हवल्दार बच्चेलाल यादव छन्। त्यसैगरी इलाका प्रहरी कार्यालय निजगढका हवल्दार शैलेन्द्रप्रसाद कुर्मी, जानकी…

Read More

धनगढी : नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ । बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर कायम भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । काठमाडौं–सिमरा छोटो दुरीमा रहेकोमा ४५ रुपैयाँ र काठमाडौं–धनगढीसम्म २ सय २० रुपैयाँ सम्म घटेको छ । नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइटमा एक सय ७० रुपैयाँ, भद्रपुरमा एक सय ५० रुपियाँ, विराटनगरमा एक सय २०, जनकपुरमा ६५, पोखरामा ८०, भरतपुर ५०, पोखरा ८० रुपियाँ र भैरहवामा १०५ रुपैयाँले घटेको छ ।

Read More

धनगढी : जापानिज इन्सेफलाइटिसको संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ। लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट जिल्लाको घोडाघोडी नगरपालिकामा दुई जनाको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय कैलालीले घोडाघोडी नगरपालिकाका ९ वर्षीय बालक र ६० वर्षीय पुरूषको जापानिज इन्सेफलाइटिसको संक्रमणबाट मृत्यु भएको बताएको छ । यस्तै, जिल्लाको गौरीगङ्गा, घोडाघोडी र धनगढी उपमहानगरपालिकामा थप चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले बताइन् । उनले गौरीगङ्गामा ६ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा १ जना एक ४६ वर्षीय महिला र धनगढीमा ५ महिनाको बालकमा संक्रमण पुष्टि भएको बताइन् । संक्रमितको उपचार विभिन्न अस्पतालमा भइरहेको निमित्त प्रमुख…

Read More

काठमाडौं: नेपालको सिनेक्षेत्रमा कुनै बेला सुदूरपश्चिमका केही हस्तीहरुको दबदवा थियो। नायक तथा खलनायक पात्र बिराज भट्ट, पुस्कर भट्ट, स्वेता खड्का लगायतहरुको राम्रै नाम थियो। तर पछिल्लो समय उनीहरू हराउँदै गए। पुनः सुदूरपश्चिमबाट उदाएका केही युवापुस्ताका नायकहरु चर्चामा छन्। नायक पुष्प खड्का पछिल्लो समय सिने क्षेत्रमा राम्रै जमिरहेका छन् भने बिराजले आफ्नो छोरालाई डेब्यु गराइरहेका छन्। यस्तै लामो समय सिने क्षेत्रमै काम गरिरहेका दार्चुलाका युवा पुस्ताका लोकप्रिय नायक प्रकाश कुँवरले पनि चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएका छन्। कुँवरले चलचित्र तथा कला क्षेत्रमा दर्जनौं अनुकरणीय कामहरु गरिसकेका छन्। उनै कुँवर अहिले महानायकको उपमा पाएका राजेश हमालसँग चलचित्र खेलिरहेका छन्। कुँवरले…

Read More

धनगढी: भलिबल खेलका प्रमुख प्रशिक्षक जगदीश प्रसाद भट्टको बिदाई गरिएको छ।कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा प्रमुख प्रशिक्षक भट्टको बिदाई गरिएको हो। कञ्चनपुर जिल्ला खेलकुद समिति र खेलकुद कर्मचारी संघको आयोजनामा भट्टको सम्मान तथा बिदाई गरिएको बताइएको छ। भट्टलाई कार्यालयमा दोसल्ला ,कदरपत्र र मायाको चिनो दिएर बिदाई गरिएको थियो। भलिबल खेलाडी हुँदै विस २०५४ सालदेखि राष्ट्रिय खेल भलिबल खेलकुद क्षेत्रमा प्रशिक्षक हुँदै तीन दशक कञ्चनपुरमा बिताएका भट्टलाई आज बिदाई गरिएको खेलकुद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरीले बताए। भट्ट राष्ट्रिय खेलकुद परिषदबाट यहीँ २०८१ भाद्र ०९ गते गरेको निर्णयअनुसार राष्ट्रिय खेल भलिबलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। त्यसपछि आज उनको बिदाई गरिएको हो। सम्मान तथा…

Read More

धनगढी : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण नसकिँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । सुदूरपश्चिम प्रदेशको ‘रेफरल’ अस्पतालको रुपमा रहेको सो अस्पतालको निर्माणाधीन भवन सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या भएको हो । अस्पतालको भवन अधुरै हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष नरबहादुर शाहले बताए । उनले भने, ‘निर्माण कम्पनीको लापरबाहीका कारण भवन निर्माण ढिलाइ भएको छ । धनगढी बजारको मुख्य सडक विस्तारका क्रममा ओपीडी भवन भत्काउनु परेपछि भवन अभाव भएको हो । जसले गर्दा सेवा प्रवाहमा समस्या भएको छ ।’ सहरी विकास मन्त्रालय अन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइले ०७४ कात्तिकमा १३ करोड…

Read More

धनगढी : बझाङको खप्तडछान्ना गाउँपालिका-६ पुजारीगाउँकी ५२ वर्षीया कलादेवी थापा भारतको नयाँ दिल्लीस्थित हेम्स अस्पतालमा छटपटाइ रहेकी छिन् । क्यान्सरबाट पीडित कलादेवी विगत ६ महिनादेखि हेम्स अस्पतालमा उपचाररत छिन्। आर्थिक अभावका कारण उनको उपचारमा कठिनाइ भइरहेको छ, जसले गर्दा उहाँको जीवन संकटमा परेको छ। परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर छ। पाँच वर्षअघि उनका श्रीमानको बिरामी भएर निधन भएपछि घरको खर्चको व्यवस्थापनमा झन् कठिनाइ भएको छ। यस अवस्थामा, थापाको परिवारले उपचार खर्च जुटाउन नसक्ने छ, जसले गर्दा उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ। थापाको उपचारका लागि देश तथा विदेशमा रहेका परोपकारी व्यक्तित्वहरूलाई सक्दो सहयोग गरिदिन हार्दिक अपिल गरिएको छ।…

Read More

काठमाडौँ : परराष्ट्रमन्त्री आरजु राणा देउवाले राजदूत सिफारिस समावेशी नभएकोमा माफी मागेकी छिन्। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मंगलबारको बैठकमा यसबारे सांसदहरुले प्रश्न उठाएका थिए। त्यसको जवाफमा राणाले भनिन्, ‘राजदूत नियुक्ति समावेशी भएन, अर्को नियुक्तिमा दलित र मुस्लिमलाई ल्याउने छौं। यसपटक समावेशी भएन, आई एम सरी।’ १८ मुलुकका लागि राजदूत प्रस्ताव गर्दा दलित, मधेशी र मुस्लिम समुदायबाट शून्य प्रतिनिधित्व रहेको भन्दै प्रश्न उठिरहेको छ। यसैबीच अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले समावेशिताबारे आगामी दिनमा ख्याल गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। समितिले ‘नेपालको संविधानको प्रस्तावना, धारा ४२ र धारा २८२ को व्यवस्था र राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५…

Read More

काठमाडौं : नेपाली कांग्रेसका नेता शंकर भण्डारी र पूर्वप्रहरी संगठन प्रमुख मञ्चका सदस्यहरुले सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । उनीहरुले छुट्टाट्टै विज्ञप्ति निकालेर मन्त्री गुरुङलाई कारबाहीको माग गरेका हुन् । मन्त्री गुरुङले गत शनिबार पोखरामा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रहरी महानिरीक्षकको ‘जिभ्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । प्रहरी महानिरीक्षक विरुद्धको अभिव्यक्तिपछि पृथ्वीसुब्बाको आलोचना भइरहेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सांसद भण्डारीले विज्ञप्ति जारी गर्दै मन्त्री गुरुङलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । यस्तै पूर्वप्रहरी संगठन प्रमुख मञ्चले पनि आज विज्ञप्ति जारी गर्दै पृथ्वीसुब्बालाई कारबाही गर्न…

Read More