Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : वरिष्ठ महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै नेपाल राष्ट्र बैंकले निर्देशक थानेश्वर आचार्यलाई सेवाबाट बर्खास्त गरेको छ। चैत ६ देखि लागू हुने गरी आचार्यलाई सेवाबाट हटाइएको स्रोतले बतायो। ‘राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले उनलाई कर्मचारी विनियमावली अनुसार हटाएको छ,’ स्रोतले पुष्टि गर्‍यो। पटक–पटक कर्मचारी अनुशासन उल्लंघन गरेको भन्दै आचार्यलाई सेवाबाट हटाइएको हो। आचार्यले आफूलाई दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेर वरिष्ठ महिला कर्मचारीले प्रशासनसमक्ष उजुरी दिएकी थिइन्। आचार्यले गत २७ पुसमा केन्द्रीय बैंकका उच्च अधिकारीको ‘स्ट्रेस म्यानेजमेन्ट’ कार्यक्रममै उनीमाथि दुर्व्यवहार गरेका थिए। ती महिला कर्मचारीमाथि दुर्व्यवहार गरेपछि राष्ट्र बैंकले छानबिन समिति बनाएको थियो। छानबिन क्रममा दोषी देखिएका आचार्यलाई सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि…

Read More

काठमाडौं : राष्ट्रिय जनमोर्चाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई तुरुन्त पदबाट हटाउन माग गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक विज्ञप्ति जारी गरी लामिछाने गृहमन्त्री रहिरहँदा उनीसमेत आरोपित सहकारी ठगीको मुद्दा प्रभावित हुन सक्ने भन्दै तुरुन्त हटाउन माग गरेका हुन् । सूर्यदर्शन सहकारीका बचतकर्ताले पैसा फिर्ता नपाएको भन्दै प्रहरीमा सहकारीका पदाधिकारीसँगै रवि लामिछानेविरुद्ध पनि जाहेरी दिएका छन् । ‘गृहमन्त्री लामिछाने मुछिएको मुद्दाको छानबिन तथा अनुसन्धान गर्ने मन्त्रालयको उनलाई मन्त्री बनाउँदा त्यो कार्यबाट मुद्दा प्रभावित हुने खतरा हुन्छ । त्यसबाट सहकारीका पीडित बचतकर्ताहरुलाई अन्याय हुन जानेछ’, अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । राजमोले रवि लामिछानेले राजीनामा दिनुपर्ने कांग्रेसको…

Read More

डडेल्धुरा : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुरामा पैसा बाँडेर चुनाव जित्ने गरेको आरोप लगाएका छन्। आज (सोमबार) परशुराम नगरपालिकाको रंगमैदानमा एमाले डडेल्धुराको ९औं अधिवेशन उद्घाटन गर्न पुगेका ओलीले देउवाले खुलेआम पैसा बाँड्ने गरेको आरोप लगाएका हुन्। ‘नेकपा एमाले यहाँ दुई कारणले हार्छ। एउटा शेरबहादुर जीले जित्ने तरिका उहाँ खुलेआम पैसा बाँड्नुहुन्छ। टेलीभिजनले खुलेआम देखाएको हुन्छ,’ उनले भने, ‘सक्ताको दुरुपयोग गरेको हुन्छ। त्योभन्दा बढी के भनम्।’ त्यसैमा थप्दै उनले भने, ‘सागर भन्ने एउटा बावु आएका थिए। तिनलाई समर्थन गर्न देखेको थिए, मिस पवी भन्ने। मिस पवीले जोड गरेकै हुन्। विचारा एउटी मिस पवी…

Read More

काठमाडौँ : बागलुङमा सोमबार साँझ एउटा यात्रु बस दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार अन्य २५ यात्रु पनि घाइते भएका छन्। जिल्लाको निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा एउटा रात्रि बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो। यो दुर्घटनामा २० जना घाइते भएका छन्। रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस मध्यपहाडी लोकमार्गमा दुर्घटनाग्रस्त भएको हो। यो बस सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेको उद्धार जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजकुमार विकले बताए। प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न…

Read More

धनगढीः धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई एक जनाले ज्यान मार्ने धम्की दिएका छन्। नगर प्रमुख हमाललाई ह्वाट्सएपमा कल गर्दै राना थरका व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन्। राति ज्यान मार्ने धम्कीपछि नगर प्रमुख हमालले जिल्ला प्रशासनमार्फत सुरक्षा व्यवस्था गर्न निवेदन दिएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले नगर प्रमुखले निवेदन पेस गरेको बताए। उनले सो निवेदन जिल्ला प्रहरी कार्यालय पठाइएको बताए। नगर प्रमुखलाई दिएको धम्कीको विषयमा निवेदन प्रहरीमा आइपुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख पदमबहादुर विष्टले बताए। ‘धम्की दिने व्यक्ति यही मटियारको रहेछ, हामीले उनीसँग फोन सम्पर्क गरेका छौँ’, प्रमुख विष्टले भने, ‘उसले मेयर सापलाई खबरदार भन्ने…

Read More

काठमाडौं : सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पतालमा राखिने भएको छ । उनलाई जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद थप गर्दा अस्पताल राख्न आदेश गरेको स्रोतले बतायो । महराले आफू अस्वस्थ रहेकाले अस्पताल भर्ना हुन पाउनुपर्ने माग अदालतसमक्ष गरेका थिए । उनको अवस्थालाई हेरेपछि अदालतले माग स्वीकार गरेको हो । प्रहरीले अदालतबाट बाहिर ल्याउँदा महराले अस्वस्थताको लक्षण समेत देखाएका थिए । महराले हिँड्न नसकेको जस्तो छनक गरेपछि उनलाई प्रहरीले दुवैतिर समातेर गाडीमा राखेका थिए । अदालतको आदेशका कारण प्रहरीले आजै उनलाई अस्पताल भर्ना गर्ने तयारी गरेको छ । उनको बिमारीबारे खुल्न सकेको छैन ।

Read More

धनगढी : नेपाली कांग्रेसले बझाङ जिल्ला कार्य समितिले प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि १० जनाको नाम सिफारिस गरेको छ। आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि कांग्रेस जिल्ला कार्य समितिले प्रदेश समितिसमक्ष उम्मेदवार सिफारिस गरेको हो। उक्त निर्वाचन क्षेत्रका प्रतिनिधि तथा नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंह सवारी दुर्घटनामा निधन भएपछि रिक्त रहेको स्थानमा निर्वाचन हुन लागेको हो। जिल्ला कार्य समितिले स्वर्गीय मन्त्री सिंहका छोरा अभिशेक बहादुर सिहंसहित १० जनाको नाम सिफारिस गरेको हो । सत्यराज भण्डारी, शान्ती कुमारी बोहरा, जगतप्रसाद जोशी, नन्दकृष्ण जोशी, धुर्वराज उपाध्याय, बिष्णु कुमार सिहं, लोकेन्द्र बहादुर रोकाया, नारायण हमाल र अर्जुन स्याडाँलाई सिफारिस गरेको छ । निर्वाचन…

Read More

दार्चुलाको नौगाडमा बिरेन्द्र ठगुन्नाका १५ बाख्रा गोठबाटै बाघले खाएको छ ।नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टी मल्लाकपडेमा ठगुन्नाको गोठमा पसेर बाघले १५ वटा बाख्रा मारेको हो । बाघले मानिसलाई समेत आक्रमण गर्न खोजेको त्यहाका स्थानीयहरुको भनाइ छ ।

Read More

धनगढी : कैलालीमा यस बर्षको होली (फागु पूर्णिमा)लाई मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोध गरेको छ। जिल्ला प्रशासन कैलालीले एक सूचना जारी गर्दै चाडपर्व मनाउने नाममा अवाञ्छित क्रियाकलापहरु नगर्न र मर्यादित रुपमा होली खेल्न अनुरोध गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरित रङग नदल्न आग्रह गरेका छन्। होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उछृङ्खल क्रियाकलाप नगरी साँस्कृतिक पर्वलाई मर्यादित एवम् सभ्य रुपमा मनाउनुपर्ने प्रशासनले आग्रह गरेको छ। प्रशासनले कसैको इच्छाविपरीत रङ्ग लगाउने, बाटो अवरोध गरी सवारी साधनबाट सकम असुल्ने, लोला हान्ने, मादक तथा नशालु पदार्थ खुवाउने एवं मादक पदार्थ…

Read More

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आइपुगेका छन् । सोमबार ४ बजे नेपाल आइपुगेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरेका थिए । नेपाली क्रिकेट विकास गर्न सहयोग गर्ने उनले बताएका छन् । उनी चैत ८ सम्म नेपालमा बस्नेछन् । उनले नेपालमा टीयू र मूलपानी क्रिकेट मैदान भ्रमण गर्नेछन् । त्यस्तै नेपाल भ्रमणमा उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीलाई पनि भेट्ने कार्यक्रम छ । यी सबै सकेर चैत ८ मा फर्किनेछन् । उनी भारतबाट नेपाल आएका हुन् । वुमन्स प्रिमियर लिगको फाइनलमा दिल्ली क्यापिटल्स…

Read More