Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ । नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले १५ ओभरमा कुनै पनि विकेट नगुमाई ८१ रन बनाएको छ । क्यानडाका ओपनर नवनित धालिवाल ३८ र एरोन जोन्सन ३७ रन बनाउँदै क्रिजमा छन् ।  नेपालले सोमपाल कामी, रिजन ढकाल, कुशल मल्ल, सूर्य तामाङ र आकाश चन्द गरी पाँचजना बलरलाई प्रयोग गरिसकेको छ । तर, कुनै पनि बलरले विकेट लिन सकेका छैनन् । क्यानडाविरुद्धको दोस्रो खेलबाट नेपाली यू-१९ टोलीका तिब्रगतिका बलर आकाश चन्दले सिनियर टोलीमा ‘डेब्यू’ गरेका छन् । यसअघि बिहीबारको खेलमा सूर्य तामाङ र रिजन ढकालले सिनियर टोलीबाट ‘डेब्यू’ गरेका थिए ।  कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले टस जिती पहिले ब्याटिङको…

Read More

काठमाडौं: कञ्चनपुरका पत्रकार पुष्कर भट्ट समातिएका छन्। प्रहरीले शनिबार बिहान भट्टलाई पक्राउ गरेको हो। प्रहरीविरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै उनलाई समातिएको बताइएको छ। पत्रकार भट्टले फेसबुकमा कञ्चनपुर प्रहरीका प्रमुख एसपी कमल थापा लगायतका विषयमा लेखेका थिए। सोही विषयको उजुरी आएकोमा विद्युतीय अपराध अन्तरगत भट्टलाई समातिएको डीएसपी प्रकाश डाँगीले बताए।भट्टले विगतदेखि प्रहरीले गर्ने गरेका अत्याचारका बारेमा लेख्दै आएका थिए।

Read More

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शनिबार नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले हराएको छ ।  टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १४।१ ओभरमै केवल दुई विकेट गुमाएर ९५ रन बनाउँदै विजय लक्ष्य पार गर्‍यो । नेपालको जितमा कप्तान इन्दु बर्मा र सीता रानामगरले उत्कृष्ट साझेदारी गरे । इन्दुले ४० रनको योगदान गरिन् । उनले केवल ३३ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काइन् । सीताले अविजित ३६ रन जोडिन् । उनले ३८ बलको…

Read More

धनगढी : आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन्। आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ। ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ। भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र…

Read More

काठमाडौं : नेपालले क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा टस हारेर पहिला फिल्डिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिला ब्याटिङको निर्णय लिएपछि नेपालले फिल्डिङ गरेको हो । नेपालले आजको खेलमा आकाश चन्दलाई डेब्यु गराएको छ । आजको खेलमा कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी र हेन्त धामी बेन्चमा छन् । नेपालले तीन परिवर्तन गरेको छ । आकाशले डेब्यु गरेका छन् भने अनिल शाह र देव खनाल टोलीमा फर्किएका छन् । आरिफ, ललित र कुशल बेन्चमा छन् । नेपाल पहिलो खेलमा उत्कृष्ट पुनरागमनका साथ ७ रनले विजयी भएको थियो । नेपाल लगातार…

Read More

धनगढीः धनगढीमा एक भारतीय पुरुष मृत अवस्थामा फेला परेका छन्। भारतको लखिमपुरका ५५ वर्षीय अर्जुन बर्मा आज ( शुक्रवार) मृत अवस्थामा फेला परेका हुन्। बर्मा धनगढी उपमहानगरपालिकाको–१६ बेहडाबाबाका भिखुराम चौधरीको घरमा बस्दै आएका थिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपाल प्रहरीले फैसला कार्यान्वयनका क्रममा पाँच हजार तीन सय ६४ जनालाई पक्राउ गरी रु एक अर्ब १९ करोड जरिवाना असुल गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा पाँच हजार तीन सय ६४ जना फरार प्रतिवादी पक्राउ परेका छन्। साथै उनीहरूलाई तोकिएको रु एक अर्ब १९ करोड ८४ लाख ४९ हजार तीन सय ६१ जरिवाना असुल उपर गरिएको छ। उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भन्दा करिब तीन सय १३ प्रतिशतले बढी हो। सो अवधिमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट ५४ जना, काठमाडौं उपत्यकाबाट ६ सय १३ जना,…

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मालाई दिइएको छ। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले डीआईजी अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालय स्थित प्रदेश समन्वय विभागमा सरुवा गरेर विमानस्थलमा शर्मालाई ल्याएका हुन्। विमानस्थलमा कार्यरत एसएसपी दीपशम्शेर जबरालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरिएको छ। कृष्णहरि शर्मा पोखरेल बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएका हुन्। माघ १२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत छायाँलाल मोक्तान र प्रहरी कर्मचारीबिच कुटाकुट भएपछि त्यहाँको अवस्था ‘असामान्य’ बनेको छ।

Read More

बैतडी: बैतडीमा चितुवाले एक किसानले पालेका १५ बाख्रा एकैदिन मारेको छ। जिल्लाको सिगास गाउँपालिका- ५ ढुंगाड गजेलीका लालबहादुर धामीले पालेका १५ बाख्रा चितुवाले मारेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। उनका अनुसार, धामीले सञ्चालन गरेको मिलन बाख्रा फार्ममा विहीबार राति चितुवा पसेर बाख्रा मारेको हो। रातिको समयमा फार्मको झ्यालबाट छिरेर चितुवाले बाख्रा मारेको हो। चितुवाले १२ ओटा बाख्रा मारेर फार्ममै छाडेको र ३ ओटा बाख्रा फार्ममा नभेटिएका उनले बताए।

Read More

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणीय टी–२० सिरिजको खेल तालिका सार्वजनिक गरेको छ। नेपालसहित नामिबिया र नेदरल्याण्डस बीच हुने यो सिरिज २७ फेब्रुअरीदेखि ५ मार्चसम्म हुने छ। यो सिरिज आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणीय सिरिजपछि हुने छ। लिग–२ सिरिज २५ फेब्रुअरीसम्म हुने छ। सिरिजको पहिलो खेल फागुन १५ गते नेपाल र नामिबिया बीच हुने छ। डबल राउण्ड रोबिनका आधारमा हुने सिरिजमा फागुन १६ गते नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुने छ। त्यस्तै फागुन १८ गते नेपालले नामिबियासँग पुन प्रतिस्पर्धा गर्ने छ। लिग चरणको अन्तिम खेलमा फागुन १९ गते नेदरल्याण्ड्ससँग नेपालले खेल्ने तालिका रहेको छ।

Read More