Author: महेन्द्रनगर पोष्ट

कैलाली : नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आज(आइतबार)बाट कैलालीको सुखडमा सुरु हुँदै छ।एमाले अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। बर्दगोरिया गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन पछि एमाले अध्यक्ष ओलीले जिल्ला अधिवेशन उद्घाटन गर्ने छन्। अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने एमाले कैलालीले बताएको छ। जिल्लाको नेतृत्व लिन तीन पक्षबिच आन्तरिक सङ्घर्ष चलिरहेको छ। अध्यक्ष पदका लागि यज्ञराज ढुङ्गाना, दुर्गा जोशी र डेजी पाण्डे गरी तीन जनाले दाबी गरेका छन्। ढुङ्गाना पूर्व प्रदेश कमिटी सचिवालय सदस्य हुन् भने जोशी कैलालीको कार्यवाहक अध्यक्ष र पाण्डे सचिव हुन्। उपाध्यक्षमा लोकेन्द्र शाही, मनराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट,…

Read More

कैलाली : कैलालीको टीकापुरमा एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ शान्तिनगरकी एक वर्षीया आरोही चौधरीको पानीमा डुबेर मृत्यु भएको हो। सृतना चौधरीकी छोरी आरोहीको शनिवार बाल्टीको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। नल्कामा भरेर राखिएको पानीको बाल्टीमा डुबेर आरोहीको मृत्यु भएको प्रहरीले बताएको छ। उनको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गर्दै छ।

Read More

कैलाली : कैलालीमा दुर्घटना हुँदा माेटरसाइकल चालक गम्भीर घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत गाैरीगंगा नगरपालिकाकाे शंकरपुरमा गाैरीगंगा-८ बडैयापुर बस्ने ३८ काे गाेपी नेपालीले चलाएकाे से६प९३ काे माेटरसाइकल ना ५ख ९६४६ काे  राेकिएकाे बसमा ठोक्किएको थियो। त्यसपछि सडकमा पल्टिएकाे अवस्थामा उनलाई विपरीत दिशाबाट आइरहेकाे ना६ख७४४३ नम्बरको बसले किचेको हो। कञ्चनपुरकाे भीमदत्त नगरपालिका-९ बस्ने ४३ काे पुष्कर भट्टले चलाएको उक्त बसका कारण गाेपी गम्भीर घाइते छन्। उनकाे धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Read More

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा ‘पेनलेस डेलिभरी’ सेवा सुरु भएको छ। उक्त प्रविधिलाई ‘एपिड्युरल एनेस्थेसिया’ भनिन्छ। बिहीबार पहिलोपटक परशुराम नगरपालिकाकी मिना गिरीले सोही प्रविधिबाट बच्चा जन्माएकी थिइन्। त्यस्तै शुक्रबार गन्यापधुरा गाउँपालिकाकी मनीषा बोहराले प्रसूति पीडाविनना नै सोही विधिबाटै बच्चा जन्माएकी छिन्। सोही प्रविधिबाट बोहराको बच्चालाई जन्म दिनका लागि डडेल्धुरा अस्पतालमा एनेस्थेसियोलोजिस्ट डा. रोमन कार्की र प्रसुती रोग विशेषज्ञ डा. स्मृति शाहीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटिएको थियो। एपिड्युरल एनेस्थेसियामार्फत बच्चा जन्माउँदा निकै सहज हुने रहेछ,’ बोहराले भनिन्, ‘प्रसव पीडा नै नहुने रहेछ। अन्य महिलालाई पनि यो प्रविधि प्रयोग गर्न आग्रह गर्दछु।’  पेनलेस डेलिभरीबाट बच्चा जन्माउँदा आमाले सहनुपर्ने पीडा कम हने डडेल्धुरा अस्पतालका…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र  गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा  र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति…

Read More

धनगढी : नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशन भोलिदेखि घोडाघोडी नगरपालिकाको सुखडमा हुँदैछ । अधिवेशनको पूर्व प्रधामन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भव्य समारोहकाबीच भोलि उद्घाटन गर्दैछन् । सहमतीमै नेतृत्व टुंग्याउने भन्दै एमाले कैलालीले ३ फागुनमा पदाधिकारीका आकांक्षीहरुबाट इच्छापत्र माग गरेको थियो । अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव दुई गरेर पाँच पदका लागि ५३ जनाले इच्छापत्र दर्ता गरिसकेका छन् । अध्यक्षसहितका पदाधिकारीमा सहमती खोज्न एमालेका नेताहरु छलफलमा रहेको बताइन्छ । जिल्ला अध्यक्षका लागि भने कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले इच्छापत्र दर्ता गराएका छन् । उनीहरुबीचमै सहमती खोज्न प्रयासमा माथिल्लो कमिटिका…

Read More

धनगढी : राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० ले सात प्रदेशमध्ये गरिबीको सबैभन्दा धेरै दर सुदूरपश्चिम प्रदेशमा देखिएको छ । कार्यालयका अनुसार यसअघिका तथ्याकंहरुमा गरिबीको सघनता कर्णाली प्रदेशमा भएपनि अहिले भने कर्णालीभन्दा सुदूरपश्चिम प्रदेशमा गरिबीको मात्रा धेरै देखिएको छ । सर्वेक्षणका अनुसार सदूरपश्चिममा ३४।१६ प्रतिशत, कर्णालीमा २६.६९ प्रतिशत, लुम्बिनीमा २४.३५ प्रतिशत, मधेश प्रदेशमा २२.५३ प्रतिशत, गण्डकी प्रदेशमा ११.८८ प्रतिशत, बाग्मती प्रदेशमा १२.५९ प्रतिशत र कोशीमा १७.१९ प्रतिशत गरिबीको दर रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयको घर परिवार सर्वेक्षण शाखाका निर्देशक तीर्थ चौलागाईले प्रदेशगत रुपमा गरिबीको मापन गरिएको यो पहिलो सर्वेक्षण भएको बताए । जीवनस्तर सर्वेक्षणमा गरिबीको…

Read More

धनगढी : दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको मार्मा गाउँपालिका–३ पारखडाका ३२ वर्षका जगतसिंह धामी सोही ठाउँ स्थित रिठाईनीको भिरमा शनिवार दिउँसो मृत अवस्थामा फेला परेका थिए। धामीको सुनचन्ना भन्ने ठाउँबाट घर फर्कदै गर्दा उक्त भिरमा लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ।

Read More

रौतहट : रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यु जारी भएको छ। जिल्ला प्रशासन कार्यालय, रौतहटका अनुसार शनिबार साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी भएको हो।  प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जारी गरेको विज्ञप्तिका अनुसार गत फागुन ३ गते सरस्वति मूर्ति विसर्जनको क्रममा भएको विवाद र झडपलाई लिएर आज फेरि झडपको स्थिति भएपछि कर्फ्यु जारी गरिएको हो। सर्वसाधरणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम र शान्ति भंग हुनसक्ने स्थिति देखिएपछि कर्फ्यु जारी गरिएको रेग्मीले बताए। ईशनाथको पूर्वमा जोकहा गाउँ, पश्मिमा सानो जोकहा गाउँ, उत्तरमा रामपुरखाप एपीएफ बीओपी र दक्षिणमा जयनगर प्रहरी चौकीसम्म कर्फ्यु जारी हुने प्रशासनले जानकारी गराएको छ।

Read More

धनगढी : कञ्चनपुरमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–७ टेडीयाका ४० वर्षीय हरिचन्द्र रानालाई जबरजस्ती करणी गरेको आरोपमा शनिबार दिउँसो प्रहरीले पक्राउ हो। रानाले ती महिलालाई माघ २३ गते बेलौरी नगरपालिका–७ पौलाहस्थित उखुबारीमा जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो। पीडित पक्षबाट प्रहरीमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले आरोपित रानालाई पक्राउ गरेको हो। घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More